• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

चितवनमा ८६ वटा एम्बुलेन्सले मात्रै गरे अद्यावधिक

  •   बुधबार, जेठ ०६, २०८३ मा प्रकाशित
  • फाइल फोटो
    • अ
    • अ
    • अ

    चितवन । जनस्वास्थ्य कार्यालय चितवनले जिल्लाभर सञ्चालनमा रहेका एम्बुलेन्सहरूको अद्यावधिक प्रक्रिया अघि बढाएको छ । कार्यालयले गत वैशाख २६ गते सूचना जारी गर्दै सबै एम्बुलेन्सलाई सात दिनभित्र विवरण अद्यावधिक गर्न निर्देशन दिएको थियो । सो निर्देशनपछि जिल्लाका ९३ वटा दर्ता भएका एम्बुलेन्समध्ये ८६ वटाले मात्रै अद्यावधिक गराएका छन् । अद्यावधिक भएका सवारीमध्ये दुईवटा शववाहनसमेत रहेका छन् ।

    कार्यालयका प्रमुख निर्मल घिमिरेका अनुसार अद्यावधिकका लागि आएका एम्बुलेन्समध्ये अधिकांश ख र ग वर्गका रहेका छन् । जिल्लामा हाल क वर्गका एम्बुलेन्स सञ्चालनमा नरहेको उहाँले जानकारी दिनुभयो । अद्यावधिक भएका एम्बुलेन्समध्ये १२ वटा ख वर्गका र ७४ वटा ग वर्गका रहेका छन् ।

    एम्बुलेन्स सञ्चालन निर्देशिकाअनुसार क वर्गका एम्बुलेन्समा भेन्टिलेटरसहित मेडिकल अधिकृत, एचए वा स्टाफ नर्सको व्यवस्था अनिवार्य हुन्छ । यस्तै ख वर्गका एम्बुलेन्समा एचए वा स्टाफ नर्सको सेवा उपलब्ध हुनुपर्छ भने ग वर्गका एम्बुलेन्सले अक्सिजनसहित बिरामी ओसारपसार गर्ने आधारभूत सेवा मात्र प्रदान गर्छन् ।

    अद्यावधिक गरिएका एम्बुलेन्समध्ये १७ वटा स्वास्थ्य संस्थाबाट सञ्चालित छन् भने १७ वटा नेपाल रेडक्रस सोसाइटी अन्तर्गत रहेका छन् । बाँकी ५२ वटा विभिन्न प्रतिष्ठान, ट्रस्ट तथा अन्य संस्थाबाट सञ्चालन हुँदै आएका छन् । जनस्वास्थ्य कार्यालयका अनुसार अद्यावधिक गर्न आएका एम्बुलेन्समध्ये २९ वटाले १० वर्ष सेवा अवधि पूरा गरिसकेका छन् । एम्बुलेन्स सञ्चालन निर्देशिका २०८२ अनुसार १० वर्षभन्दा पुराना एम्बुलेन्स नवीकरण गर्न नमिल्ने व्यवस्था रहेको प्रमुख घिमिरेले बताउनुभयो ।

    जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको निर्णयअनुसार अद्यावधिक प्रक्रिया सञ्चालन गरिएको हो । समितिले जिल्लाका सबै एम्बुलेन्समा जिपिएस जडान गरी सञ्चालन गर्न निर्देशन दिएको छ । हाल अद्यावधिक भएका एम्बुलेन्समध्ये ४२ वटामा जिपिएस जडान गरिएको भए पनि प्रयोगमा नरहेको पाइएको छ । त्यस्तै ४४ वटा एम्बुलेन्समा अझै जिपिएस जडान गरिएको छैन ।

    पालिकागत विवरणअनुसार भरतपुर महानगरपालिकामा सबैभन्दा धेरै ४३ वटा एम्बुलेन्स सञ्चालनमा रहेका छन् । त्यसपछि खैरहनी नगरपालिकामा १६ वटा, कालिका नगरपालिकामा १० वटा तथा राप्ती नगरपालिकामा ६ वटा एम्बुलेन्स रहेका छन् । रत्ननगर नगरपालिका र इच्छाकामना गाउँपालिकामा तीन–तीन वटा एम्बुलेन्स सञ्चालनमा छन् भने माडी नगरपालिकामा दुई वटा एम्बुलेन्स रहेका छन् । साथै अन्य जिल्लामा दर्ता भएर भरतपुर क्षेत्रमा सञ्चालनमा रहेका तीन वटा एम्बुलेन्स पनि रहेको कार्यालयले जनाएको छ ।

    जनस्वास्थ्य कार्यालयले अद्यावधिक नगरी सञ्चालन भइरहेका एम्बुलेन्सलाई तत्काल विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । कार्यालयका अनुसार अद्यावधिक नगरी सञ्चालन गरिएका एम्बुलेन्समाथि स्थानीय प्रशासनमार्फत कारबाही प्रक्रिया अघि बढाइनेछ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.