• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  •   शनिबार, जेठ ०९, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर (नवलपरासी)। चितवन र नवलपुर हुँदै बग्ने गहिरो नदी नारायणीमा चलिरहेको डुङ्गा शुक्रबार साँझ अचानक पल्टियो । सशस्त्र प्रहरी बलको सुरक्षाकर्मी सवार भएको याफ्टिङ डुङ्गा नारायणी नदीमा एक्कासि पल्टिएपछि मान्छे उद्धारका गुहार माग्दै थिए ।

    नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित नारायणी नदीमा जब यो दृश्य देखियो तब मान्छे नदी किनारमा जम्मा हुन थाले । नारायणी नदीमा भएको यो घटना कुनै भवितव्य दुर्घटना नभइ विपद् प्रतिकार्य अभ्यासका लागि सुरक्षाकर्मी आफैले गराएको कृत्रिम अभ्यासको घटना हो । नवलपुरमा रहेको सशस्त्र प्रहरी बल नम्बर ३१ गुल्म हेडक्वाटरले जिल्लाको कावासोतीमा रहेका सरोकारवालालाई ‘समुदायमा आधारित विपद् प्रतिकार्य तथा खोज उद्धार’सम्बन्धी दिएको प्रशिक्षणमा सुरक्षाकर्मीले डुङ्गा पल्टाएका हुन् ।

    डुङ्गा पल्टिएपछि पल्टिएको डुङ्गालाई कसरी सुल्टो बनाएर ज्यान जोगाउने भन्ने विषयमा नदीमा नै सुरक्षाकर्मीले अभ्यास गरेर देखाएका थिए । योसँगै उनीहरुले नदीमा कसरी सुरक्षित हुन सकिन्छ भन्ने विषयमा घरेलु सामग्रीले तयार पारिएका जीवन सुरक्षित पार्ने विधिसमेत प्रदर्शनी गरेका थिए । तालिमका क्रममा सुरक्षाकर्मीले घरवरिपरि फालिएका विभिन्न सामग्रीलाई सङ्कलन गर्दै बाढी तथा डुबान क्षेत्रबाट सुरक्षित स्थानमा जान मिल्ने उपकरणको तयारीबारे समुदायलाई जानकारी दिएका थिए ।

    तालिमका प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी बल नम्बर ३१ गुल्म हेडक्वाटर नवलपुरका सशस्त्र प्रहरी निरीक्षक रामचन्द्र खड्काले खोलामा कसरी उद्धार गर्ने, कसरी सुरक्षित रहने तथा घरेलु उपकरण प्रयोग गरेर कसरी खोलामा डुब्नबाट जोगिन सकिन्छ भन्नेबारे प्रशिक्षण दिनुभएको थियो । खड्काले प्लाष्टिकका बोत्तल, जर्किन, सवारीसाधनको ट्युब, केराको थम्बा (बोट), सुकेको बाँसको सामग्रीलगायतबाट नदीमा तैरिने सामग्री निर्माण गरी बाढी तथा डुबानजन्य विपद्बाट जोगिने उपायबारे समुदायलाई जानकारी गराउनुभएको थियो । उहाँले नदीजन्य विपद्मा परेका समुदायका उद्धारका लागि याफ्टिङ डुङ्गा लैजाँदा त्यसलाई कसरी सञ्चालन गर्ने र कसरी मानिसलाई उद्धार गर्ने भन्नेबारे सहभागीलाई जानकारी गराउनुभएको थियो ।

    कारितास नेपालको आयोजनामा बिहीबारदेखि सुरु भएको उक्त प्रशिक्षणमा कावासोती नगरपालिकाका ३० जना सरोकारवालाको सहभागिता रहेको संस्थाका वरिष्ठ जिल्ला अधिकृत सुजन गौलीले जानकारी दिनुभयो । चार दिनसम्म सञ्चालन हुने तालिममा कावासोती नगरपालिकाको वडा नम्बर १ देखि १७ सम्मका विपद् व्यवस्थापन समितिका सदय तथा सामुदायिक वन, विद्यालय, युवा क्लब, स्वास्थ्य संस्था, सामुदायिक प्रहरी र नगरप्रहरीको सहभागिता रहेको गौलीले बताउनुभयो । प्रशिक्षणका क्रममा सशस्त्र प्रहरी बलको टोलीले सहभागीलाई एलपी ग्यासको सिलिण्डरमा आगलागी भएमा नियन्त्रण लिने उपाय, दुर्घटनामा घाइतेको उद्धार तथा नदीमा हुने विपद्मा उद्धारका अभ्यास गराइने उहाँले बताउनुभयो ।

    तालिममा सहभागी प्रशिक्षणपश्चात समुदायमा फर्किएर विपद्को समयमा खोज तथा उद्धारको काममा खटिने गौलीको भनाइ छ । सशस्त्र प्रहरी बलले विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा समुदायमा रहेका व्यक्तिलाई विपद् प्रतिकार्य अभ्यास गराउँदै आएको सशस्त्र प्रहरी बल नम्बर ३१ गुल्म हेडक्वाटर नवलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मण बरालले बताउनुभयो । नवलपुरका धेरै पालिका मनसुनजन्य विपद्को जोखिममा रहेका भन्दै समुदायका हरेक व्यक्तिलाई यसप्रकारको तालीम आवश्यक रहेको बताउनुभयो ।रासस

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.