• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

पुरुषको तुलनामा दोब्बर महिलालाई थाइराइड

  •   सोमबार, जेठ ११, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । पुरुषको तुलनामा महिलालाई थाइराइड बढी हुने विशेषज्ञहरुले बताउनु भएको छ । यहाँका इण्डोक्राइमोलोजिष्ट (हर्माेनरोड विशेषज्ञ) हरुले हमर्नकै कारण महिलाहरुमा यो समस्या बढी हुने बताउनु भएको हो ।

    चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालका इण्डोक्राइमोलोजिष्ट डा. सौरव खतिवडाले १५ देखि २० प्रतिशत महिलाहरुलाई हाईपर थाइरोडिजमको सम्भावना हुने बताउनुभयो । उहाँले भन्नुभयो “पुरुषमा त्यसको आधा जतिलाई मात्रै हुन्छ । अर्थात् पुरुषहरुमा ५ देखि ८ प्रतिशत हाराहारीलाई मात्रै हाइपर थाइरोडिजम (उच्च थाइराइड) को समस्या हुन्छ ।”

    उहाँले घाँटीको अगाडि तलपट्टी हुने सानो ग्रन्थीलाई थाइराईड भनिने बताउँदै यसमा दुई वटा भाग हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो “यसले शरीरलाई आवश्यक पर्ने महत्वपूर्ण हर्माेन उत्पादन गर्दछ । यो हर्माेन हाम्रो दैनिक जीवनमा धेरै महत्वपूर्ण छ ।” थाइराइड हर्माेनले बच्चाको दिमागको बृद्धि विकासदेखि बयस्क मानिसमा काम गर्ने जाँगर, स्फूर्ति, मुटुको कामका लागि, खाना पचाउने, शरीरको मोटोपनलाई सन्तुलनमा राख्ने काम गर्ने डा. खतिवडाको भनाई छ ।

    थाइराईड हर्माेन कमी भएमा केही लक्षणहरु देखिने भन्दै उहाँले हर्माेन बढी हुँदा केही किसिमका लक्षणहरु देखिने बताउनुभयो । उहाँले भन्नुभयो “थाइराईड ग्रन्थी कहिलेकाही आफै दुख्ने समस्या पनि आउँछ । थाइराईडमा कहिलेकाहीं ट्यूमर पनि पलाउँछ । ट्यूमरहरुमा सबैभन्दा सजिलै उपचार गर्न सकिने भनेको थाइराईडको ट्यूमर हो ।”

    थाइराइड बढ्यो भने आत्तिने, हात काप्ने, मुटु ढुकढुक हुने, गर्मी धेरै महसुस हुने देखिने बताउँदै डा. खतिवडाले भन्नुभयो “यसलाई दुब्लाउने थाइराईड भनेर चिनिन्छ । यसमा टि थ्रि, टि फोर भन्ने हर्माेन बढेको हुन्छ भने टिएसएच घटेको हुन्छ ।” उहाँले यस्ता बिरामीलाई थाइराईड हर्माेन घटाउने औषधि दिनुपर्ने बताउनुभयो ।

    घाँटी दुख्दैमा थाइराईड नहुँने भन्दै उहाँले कहिलेकाहीं थाइराइड क्यान्सरमा परिणत हुन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो “घाँटीमा गाँठागुँठी जस्ता लाग्यो भने त्यसको अल्ट्रासाउण्ड गरेर क्यान्सर हो होइन, पत्ता लगाउनु पर्छ । कहिलेकाहीं ट्स्युमरको परीक्षण गरेर पनि क्यान्सर पत्ता लगाउनु पर्छ ।” यदि क्यान्सर पहिचान भयो भने शल्यक्रिया र रेडियोथेरापी गरेर निको पार्न सकिने उहाँको भनाई छ ।

    पुष्पाञ्जली अस्पतालका फिजिसियन डा. भोजराज अधिकारी महिलाहरुमा धेरै थाइराइडको समस्याहुने बताउनुहुन्छ । साधारणतया मानिसहरुलाई थाइराईड हर्माेन घट्ने र बढ्ने समस्या हुने भन्दै उहाँले भन्नुभयो “जब शरीरमा थाइराईड हर्माेन कम हुन्छ (घट्छ), तब टिएसएच परीक्षण गर्दा बढेर आउँछ । यसलाई हामीले घट्ने थाइराईड भन्छौं । अथवा टि थ्रि, टि फोर घटेको हुन्छ, अर्थात् नर्मलभन्दा तल हुन्छ । यस्तो थाइराईडलाई सुस्त हुने अथवा मोटाउने थाइराईड भनेर पनि चिनिन्छ ।” यसले केहीलाई थकाई लाग्ने कसैकसैलाई खुट्टा सुन्निने, अनुहार फुस्रो हुने, कपाल झर्ने समस्या पनि आउन सक्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “थाइराइडको समस्या छ भने दैनिक बिहान एक घुट्की पानीसँग एउटा चक्की औषधि खाएमा राम्ररी नियन्त्रणमा आउँछ ।”

    महिलाहरुमा प्रसुतीदेखि लिएर २५ देखि ५० वर्षको उमेरमा बढी थाइराइड देखिने उहाँको भनाई छ । उहाँका अनुसार महिनावारी वन्द हुनेभन्दा अगाडीको समयमा थाइराईड हर्मनको धेरैजसोमा कमी देखिने गर्दछ ।

    इन्डोक्राइमोेलोजिष्ट (मधुमेह, थाइराइड र हर्मन रोग बिषेशज्ञ) डा. उमनाथ अधिकारी महिलाहरुमा थाइराईट बढी देखिने भन्नुको कारण अटो इम्युनिटि बढी हुने बताउनुहुन्छ । उहाँले पुरुषको तुलनामा अटो इम्युनिटि बढी हुने भएकाले महिलाहरुमा थाईराईड बढी देखिने बताउनुभयो ।

    महिलाहरुमा अटो युम्युनिटीले बाथरोगहरु धेरै देखिने भन्दै उहाँले पुरुषमा कम देखिने बताउनुभयो । उहाँले भन्नुभयो “थाइराईड वढेपछि महिनावारी गडवढ हुन्छ । महिलाहरुमा अटो इम्युनिटिका कारण हर्मोनले थाईराइडको मात्रा बढी हुन्छ ।” महिलाहरुमा शरीर, दुख्ने, शरीर गल्ने र मोटाउने जस्ता लक्ष्यण थाइराइडले देखाउँने उहाँको भनाई छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.