• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

रत्ननगरमा निःशुल्क आँखा शिविर: ४६७ जनाले लिए सेवा, मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया हुने

  •   शनिबार, जेठ १६, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन  । ‘पर्यटकीय सहर, समुन्नत रत्ननगर’ भन्ने मूल नारालाई आत्मसात गर्दै रत्ननगर नगरपालिका वडा नम्बर १ ले आयोजना गरेको बृहत् निःशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ। रत्ननगर–१ बकुलहरस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालय परिसरमा सञ्चालन गरिएको शिविरबाट ४६७ जना स्थानीय नागरिकले प्रत्यक्ष स्वास्थ्य सेवा प्राप्त गरेका छन्।

    भरतपुर आँखा अस्पताल को प्राविधिक सहयोगमा आयोजित शिविरमा आँखाको पावर परीक्षण, रोग पहिचान, उपचार परामर्श तथा निःशुल्क औषधि वितरण गरिएको थियो। साथै मोतियाबिन्दु लगायत विभिन्न नेत्ररोगको पहिचान गरी आवश्यक बिरामीलाई थप उपचारका लागि सिफारिस गरिएको थियो।

    कार्यक्रमलाई सम्बोधन गर्दै रत्ननगर नगरपालिकाको स्वास्थ्य शाखाका सह–संयोजक बासुदेव सापकोटा ले दृष्टि मानव जीवनको आधारभूत आवश्यकता भएकाले सबै नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन नगरपालिका निरन्तर सक्रिय रहेको बताए। उनले स्वास्थ्य क्षेत्रमा रत्ननगर नगरपालिकाले उत्कृष्ट सेवा प्रवाह गर्दै आएको उल्लेख गर्दै विपन्न नागरिकको उपचारका लागि विभिन्न अस्पतालसँग समन्वय गरी उपचार कोष सञ्चालन गरिएको जानकारी दिए।

    शिविरमा वरिष्ठ नेत्र सहायक सुवास सापकोटा ले आवश्यक परेका बिरामीलाई निःशुल्क चश्मा उपलब्ध गराइने तथा मोतियाबिन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिने बताए। परीक्षण गरिएका नागरिकमध्ये २२ जनामा मोतियाबिन्दुको समस्या देखिएको थियो। तीमध्ये १९ जनालाई थप उपचार तथा शल्यक्रियाका लागि सोही दिन भरतपुर आँखा अस्पताल पठाइएको अस्पतालले जनाएको छ। शल्यक्रिया, औषधि तथा चश्माको सम्पूर्ण व्यवस्था निःशुल्क गरिएको छ।

    शिविरमा आँखा रातो हुने, चिलाउने, आँसु बगिरहने र मासु पलाउने जस्ता समस्याबाट पीडित बिरामीलाई आवश्यक परामर्शसहित औषधि वितरण गरिएको थियो। कार्यक्रममा सभाध्यक्ष तथा वडा अध्यक्ष कुलप्रसाद सापकोटा ले जनसहभागिताले आफूलाई उत्साहित बनाएको बताउँदै आगामी दिनमा प्रत्येक तीन महिनामा यस्ता शिविर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।

    शिविरमा १०० जनालाई नजिकको दृष्टिका लागि निःशुल्क चश्मा वितरण गरिएको थियो। वडा कार्यालयको यस पहलले आर्थिक अभावका कारण उपचारबाट वञ्चित स्थानीय नागरिकलाई ठूलो राहत पुगेको सहभागीहरूले बताएका छन्। कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, सामाजिक अगुवा तथा महिला स्वास्थ्य स्वयंसेविकाको उल्लेखनीय सहभागिता रहेको थियो।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.