• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

कालिगण्डकी करिडोरको गैँडाकोट–बुलिङटार खण्डमा पहिरोको उच्च जोखिम

  •   सोमबार, जेठ १८, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गैँडाकोट । राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोर अन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोट–बुलिङटार सडकखण्ड पहिरोको उच्च जोखिममा परेको छ। मनसुन सुरु भएसँगै यस करिडोरको गैँडाकोट–बुलिङ क्षेत्र अन्तर्गतका विभिन्न तीन प्रमुख स्थानमा पहिरोको उच्च जोखिम बढेपछि स्थानीय बासिन्दा र यात्रुहरू चिन्तित बनेका छन्।

    पहाडी भेगका नागरिकका लागि ‘लाइफलाइन’ मानिएको यो सडकखण्डका जोखिमयुक्त तीन स्थानमा वर्षायाममा सामान्य पानी पर्नासाथ लेदोसहितको पहिरो खस्ने र सडक नै भासिने समस्या देखिँदै आएको छ। विगतका वर्षहरूमा पनि सोही क्षेत्रमा ठूला–ठूला पहिरो जाँदा हप्तौँसम्म यातायात ठप्प हुने गरेको थियो।

    बुलिङटार गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारीले करिडोर आयोजनाको ढिलासुस्ती र अस्थायी मर्मतका कारण पहाडी क्षेत्रका जनताले वर्षेनी सास्ती खेप्नुपरेको बताउनुभएको छ।”गैँडाकोट–बुलिङटार खण्डका यी तीनवटा मुख्य क्षेत्रमा पहिरोको जोखिम यति धेरै छ कि, सामान्य वर्षा हुनासाथ पहाड पूरै थुनिने अवस्था आउँछ,” अध्यक्ष सुनारीले भन्नुभयो, “बर्खा लागेपछि डोजरले ढुङ्गा-माटो पन्छाउने काम मात्र गरेर हुँदैन।

    गाउँपालिकाको स्रोत र साधनले यो ठूलो पहिरो रोक्न सम्भव छैन। त्यसैले कालिगण्डकी करिडोर आयोजनाले नै यहाँ बजेट छुट्याएर दीर्घकालीन र स्थायी प्रकृतिको पर्खाल वा प्रविधि जडान गर्नुपर्छ। यसतर्फ आयोजनाको ध्यान बेलैमा जाओस्।”

    गैँडाकोट नगरपालिकाका प्रवक्ता एवं वडा नं. ३ का अध्यक्ष शिबकान्त तिवारीले हरेक वर्ष एउटै ठाउँमा पहिरो खसिरहँदा पनि आयोजनाले दिगो समाधान नखोजेको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ। “बर्खामा पहिरो सोहोर्ने र हिउँदमा फेरि त्यही ठाउँमा माटो खार्ने चक्रले राज्यको लगानी मात्र बालुवामा पानी भइरहेको छ,” प्रवक्ता तिवारीले भन्नुभयो, “गैँडाकोट वडा नं. ३ को क्षेत्र र यस आसपासका यी ३ वटा जोखिमयुक्त स्थानमा अब ‘टालटुले’ मर्मतले पुग्दैन। हामीले नगर कार्यपालिका र वडाको तर्फबाट पनि आयोजनालाई घच्घच्याइरहेका छौँ। आयोजनाले तत्काल वैज्ञानिक र दिगो इन्जिनियरिङ समाधान तर्फ कदम चाल्नुपर्छ।”
    भौगोलिक रूपमा कमजोर रहेको यस क्षेत्रमा वर्षाको समयमा जुनसुकै बेला ठूलो पहिरो खस्न सक्ने भन्दै स्थानीय प्रशासन र जनप्रतिनिधिहरूले चालक तथा यात्रुहरूलाई विशेष सतर्कता अपनाउन अपिल गरेका छन्।

    लगातार पानी परेको बेला वा रातको समयमा अत्यावश्यक कामबाहेक यात्रा नगर्न र यात्रामा निस्कनुअघि सडकको ताजा अवस्था बुझ्न अनुरोध गरिएको छ। नागरिकको सुरक्षित यात्रा गर्ने अधिकार सुनिश्चित गर्न करिडोर आयोजनाले अब बहानाबाजी नगरी तत्काल ठोस कदम चाल्नुपर्ने दबाब बढेको छ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.