• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

जंगलको काखमा ‘संयोजन एग्रो फार्म’ : कुशुमटारमा व्यवसायिक बाख्रापालन फष्टाउँदो,फार्मस्टेको नयाँ गन्तव्य

  •   मङ्गलबार, जेठ १९, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नारायणगढ–मुग्लिङ सडकखण्डको जुगेडी बजारबाट दाहिनेतर्फ एउटा सानो कच्ची बाटो उकालो लाग्छ । सडक छाडेर करिब पाँच किलोमिटर भित्र पसेपछि वातावरण फेरिन थाल्छ । शहरको भीड, धुलो र कोलाहल हराउँदै जान्छ । जंगलको शान्त सुगन्ध मिसिएको हावा, चराचुरुङ्गीको आवाज र हरियालीको घेराबीच अचानक देखापर्छ— संयोजन एग्रो फार्म हाउस । भरतपुर महानगरपालिका वडा नं. २९ कुसुमटारमा फैलिएको यो फार्म हाउस कुनै सामान्य कृषि फार्म जस्तो लाग्दैन । करिब दुई विगाहा सात कठ्ठा क्षेत्रफलमा फैलिएको यो ठाउँमा पुगेपछि मानौं जंगलभित्रको कुनै प्राकृतिक रिसोर्टमा आइपुगेको अनुभूति हुन्छ ।

    तर, यो ठाउँको विशेषता केवल सुन्दरता मात्रै होइन, मेहनत, सपना र संघर्षको कथा पनि हो । यो फार्मका सञ्चालक हुन् अधिवक्ता सूर्यबहादुर बोहोरा । पेशाले कानुन व्यवसायी भए पनि उनको मन भने प्रकृतिसँग गाँसिएको छ । त्यसैले अदालतको बहससँगै उनले कृषि र पशुपालनलाई जीवनको अर्को अभियान बनाएका छन् । २०६८ सालतिर बाख्रापालन गर्ने उद्देश्यले कुसुमटारमा जग्गा खरिद गरेका बोहोराले विस्तारै आफ्नो सपनालाई ठूलो आकार दिन थाले । अहिलेसम्म फार्ममा करिब एक करोड रुपैयाँ लगानी भइसकेको छ । फार्ममा व्यवसायिक बाख्रापालन, लोकल कुखुरापालन र माछापालन भइरहेको छ । कुनै समय फार्ममा ३५० भन्दा बढी बाख्रा थिए । अहिले संख्या केही घटे पनि बाख्रापालन अझै मुख्य आकर्षण बनेको छ । सुधारिएको खोर, खुला वातावरण र प्राकृतिक चरिचरनले यहाँ हुर्किएका खसीबोका निकै स्वस्थ देखिन्छन् । फार्ममा चल्लासहित करिब दुई सय हाराहारीमा लोकल कुखुरा छन् । यहाँ पुग्ने पाहुनाहरूले आफूले मन परेको लोकल भाले आफैं छानेर समात्न सक्छन् ।

    यही अनुभवले फार्मलाई अन्य ठाउँभन्दा फरक बनाएको छ । माछापालन पनि उत्तिकै आकर्षक छ । खोलाको मुहानलाई ढलान गरेर बनाइएका चार वटा पोखरीमा अहिले करिब १० हजार माछाका भुरा हालिएका छन् । पोखरी हेर्दा कृत्रिमभन्दा पनि प्राकृतिक तालजस्तो अनुभूति हुन्छ । यहाँ आउने पाहुनाले आफैं माछा समातेर पकाएर खान पाउने व्यवस्था मिलाइएको छ । फार्ममा पुग्नेहरूलाई सबैभन्दा धेरै आकर्षित गर्ने पात्रमध्ये एक हो— “कोको” । कोको फार्ममा पालिएको कुकुर हो । तर, सामान्य कुकुर होइन, फार्मको सुरक्षागार्ड जस्तै । बाख्रा, कुखुरा र सम्पूर्ण फार्मको निगरानीमा कोको सधैं सक्रिय देखिन्छ । सञ्चालक बोहोराका अनुसार कोकोले अत्यन्त इमान्दारिताका साथ आफ्नो ‘ड्युटी’ निभाउँछ । फार्मको व्यवस्थापनमा बोहोराकी धर्मपत्नी मिना कुमारी चपाईं को भूमिका पनि उत्तिकै महत्वपूर्ण छ । उनले फार्मको दैनिक रेखदेख सम्हाल्दै आएकी छन् । फार्मभित्रै बनाइएको सानो तर आकर्षक घरमा उनीहरू स्थायी रूपमा बस्न थालेको तीन वर्ष भइसकेको छ । अहिले बोहोराको अर्को सपना भनेको यही फार्मलाई “फार्म स्टे” का रूपमा विकास गर्नु हो ।

    शहरबाट थाकेका मानिसहरू प्रकृतिसँग नजिक हुन सकून्, गाउँको जीवन अनुभव गर्न सकून् र अर्गानिक खानाको स्वाद लिन सकून् भन्ने उद्देश्यले फार्म स्टेको अवधारणा अघि बढाइएको हो । उनका अनुसार निकट भविष्यमा यहाँ आउने पाहुनाले गाउँघरको जीवनशैली अनुभव गर्न पाउनेछन् । आफैं माछा समात्ने, लोकल कुखुरा रोज्ने, जंगलको शान्त वातावरणमा रात बिताउने र अर्गानिक परिकारको स्वाद लिने सुविधा विकास गरिँदैछ । कुसुमटार केवल बोहोराको फार्मका कारण मात्रै चर्चामा छैन । यो तामाङ समुदायको बसोबास रहेको गाउँ हो, जहाँ अधिकांश स्थानीयको मुख्य पेशा नै बाख्रापालन बनेको छ । प्रायः प्रत्येक घरमा बाख्रा पालिएका छन् । सुधारिएको खोर, प्रशस्त घाँस र खुला चरिचरन क्षेत्र भएकाले यहाँका स्थानीय व्यावसायिक रूपमा बाख्रापालनतर्फ आकर्षित भएका हुन् ।

    स्थानीयका अनुसार बाख्रापालनबाट राम्रो आम्दानी हुन थालेपछि गाउँको जीवनस्तरमा परिवर्तन आएको छ । भौगोलिक हिसाबले पहाडी क्षेत्र भएकाले यहाँ घाँस र चरनको अभाव छैन । त्यसमाथि नारायणगढ बजार नजिक भएकाले उत्पादन भएका खसीबोका बिक्री गर्न पनि समस्या हुँदैन । यो सानो गाउँ अहिले कृषि पर्यटनको सम्भावना बोकेको नमुना गन्तव्य बन्न थालेको छ । शहरको भीडबाट टाढा, जंगलको काखमा बसेर अर्गानिक जीवनको स्वाद लिन चाहनेहरूका लागि यो ठाउँ आगामी दिनमा चितवनकै नयाँ आकर्षण बन्न सक्छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.