• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

रामनगरदेखि लेवाटारसम्म होटल तथा उद्योगहरूको अनुगमन, सरसफाइमा कमजोरी भेटिएपछि जरिवाना

  •   आइतबार, जेठ २४, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले उपभोक्तालाई सुरक्षित, स्वच्छ तथा गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले आइतबार रामनगरदेखि लेवाटार क्षेत्रसम्म रहेका होटल, रेस्टुरेन्ट तथा विभिन्न उद्योगहरूको अनुगमन गरेको छ। उक्त अनुगमन खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय चितवन र उद्योग तथा वाणिज्य कार्यालय चितवनको संयुक्त सहकार्यमा सम्पन्न गरिएको हो।

    अनुगमन टोलीले व्यवसायिक प्रतिष्ठानहरूमा खाद्य वस्तुको गुणस्तर, सरसफाइको अवस्था, म्याद नाघेका सामग्रीको प्रयोग भए वा नभएको, व्यवसाय दर्ता तथा सञ्चालनसम्बन्धी कानुनी मापदण्डको पालना गरिएको छ वा छैन भन्ने विषयमा विस्तृत निरीक्षण गरेको जनाएको छ। साथै उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्न सक्ने गतिविधिहरूको निगरानी गर्दै आवश्यक निर्देशनसमेत दिइएको थियो।

    निरीक्षणका क्रममा इच्छाकामना गाउँपालिका–४, लेवाटारस्थित कृपा बेकरी क्याफेमा उद्योग उत्पादन परिसर तथा वरपरको वातावरण फोहोर रहेको पाइएको थियो। सरसफाइमा गम्भीर कमजोरी देखिएको र उत्पादन स्थलमा आवश्यक स्वच्छता कायम नगरिएको निष्कर्षपछि उद्योग तथा वाणिज्य कार्यालय चितवनले उक्त उद्योगलाई २५ हजार रुपैयाँ जरिवाना गरेको जनाएको छ।

    अनुगमन टोलीले व्यवसायीहरूलाई खाद्य सुरक्षा, सरसफाइ तथा कानुनी मापदण्डको पूर्ण पालना गर्न आग्रह गरेको छ। सम्बन्धित निकायले उपभोक्ताको स्वास्थ्य र अधिकारको संरक्षणका लागि यस्ता अनुगमनलाई नियमित र प्रभावकारी रूपमा निरन्तरता दिइने जनाएको छ।

    प्रशासनका अनुसार बजार अनुगमनको मुख्य उद्देश्य व्यवसायिक क्षेत्रलाई जिम्मेवार, पारदर्शी र उपभोक्तामैत्री बनाउनु हो। अनुगमनबाट नियम उल्लङ्घन गर्ने व्यवसायीलाई सचेत गराउनुका साथै आवश्यक कारबाही गरेर बजार व्यवस्थापनलाई थप प्रभावकारी बनाइने विश्वास व्यक्त गरिएको छ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.