• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

युनाइटेड टेक्निकल कलेजमा अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

  •   सोमबार, असार ०१, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । युनाइटेड टेक्निकल कलेज (यू–टेक), भरतपुरद्वारा आयोजित “International Conference on Digital Technology and Infrastructure in Engineering and Allied Sciences 2026” आज सफलतापूर्वक सम्पन्न भएको छ। इन्जिनियरिङ, डिजिटल प्रविधि, पूर्वाधार विकास तथा दिगो निर्माणका विषयमा केन्द्रित सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ, अनुसन्धानकर्ता, प्राध्यापक, इन्जिनियर तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    सम्मेलनको उद्घाटन पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. डा. विष्णुराज तिवारीले गर्नुभएको थियो। उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले डिजिटल प्रविधि, अनुसन्धान तथा नवप्रवर्तनलाई राष्ट्रको समग्र विकाससँग जोड्न आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष प्रा. डा. पदमबहादुर शाही, त्रिभुवन विश्वविद्यालय अन्तर्गत आईटी इनोभेसन सेन्टरका निर्देशक तथा आईओई पुल्चोक क्याम्पसका प्राध्यापक प्रा. डा. सुबर्ण शाक्य, सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपाल (SOTEN) का अध्यक्ष डा. हरिराम श्रेष्ठ, वरिष्ठ इन्जिनियर तथा पूर्वाधार विज्ञ इन्जिनियर बाबुराम उपाध्याय तथा सम्मेलन संयोजक डा. सुरज लामिछाने लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो।

    उक्त अवसरमा इन्जिनियर बाबुराम उपाध्यायले नेपालमा गुणस्तरीय प्राविधिक शिक्षा, अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिँदै शैक्षिक संस्था, उद्योग तथा सरकारी निकायबीचको सहकार्यलाई सुदृढ बनाउन आवश्यक रहेको बताउनुभयो। उहाँले दिगो पूर्वाधार विकास, प्रविधिमैत्री नीति तथा दक्ष जनशक्ति उत्पादनमा यस्ता अन्तर्राष्ट्रिय सम्मेलनहरूले महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गर्नुभयो।

    सम्मेलनमा कृत्रिम बुद्धिमत्ता (AI), डिजिटल सुशासन, यातायात पूर्वाधार, भवन निर्माण, जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण तथा दिगो विकाससँग सम्बन्धित विभिन्न अनुसन्धानमूलक कार्यपत्रहरू प्रस्तुत गरिएका थिए। विशेष सत्रमा अन्तर्राष्ट्रिय विज्ञ ग्यारी डे पोमेराईले “भूकम्पसम्बन्धी पूर्वसूचना प्रणालीमा कृत्रिम बुद्धिमत्ताको भूमिका” विषयमा प्रस्तुति दिनुभएको थियो भने प्रा. डा. सुबर्ण शाक्यले “AI-Driven Digital Governance Framework for Sustainable Infrastructure Development” विषयमा मुख्य वक्तव्य प्रस्तुत गर्नुभएको थियो।

    सम्मेलनमा देशभरका विभिन्न शैक्षिक संस्था तथा अनुसन्धान केन्द्रबाट प्राप्त अनुसन्धानपत्रमाथि प्रस्तुति, छलफल तथा अन्तरक्रिया गरिएको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले अनुसन्धान संस्कृति, प्राविधिक नवप्रवर्तन तथा ज्ञान आदानप्रदानलाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरेका थिए।

    युनाइटेड टेक्निकल कलेजका प्राचार्य तथा सम्मेलन अध्यक्ष प्रा. डा. माधव प्रसाद कोइरालाले सम्मेलनले अनुसन्धान, नवप्रवर्तन तथा दिगो विकाससम्बन्धी बहसलाई थप प्रभावकारी बनाएको बताउनुभयो। उहाँले शैक्षिक संस्था, उद्योग तथा सरोकारवाला निकायहरूबीच सहकार्य अभिवृद्धिमा सम्मेलनले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

    सम्मेलनको समापन सत्रमा सहभागी, वक्ता, अनुसन्धानकर्ता तथा सहयोगी संस्थाहरूप्रति आयोजकले आभार व्यक्त गरेको थियो। आयोजकका अनुसार सम्मेलनले डिजिटल प्रविधि, इन्जिनियरिङ तथा दिगो पूर्वाधार विकासका क्षेत्रमा अनुसन्धान र सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.