• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

लकडाउनको अवधिमा : भक्तपुर अस्पतालमा ओपिडी सेवा सञ्चालन

  •   बिहिबार, चैत २७, २०७६ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भक्तपुर । कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको अवधिमा भक्तपुर अस्पतालले भने ९५६ अन्य बिरामीको स्वास्थ्य परीक्षण एवं उपचार गरेको छ । अधिकांश जिल्लाका निजी अस्पतालले बिरामीको ज्वरोसमेत नहेरी ढोकाबाटै फर्काइरहेको अवस्थामा भक्तपुर अस्पतालले भने आएका कुनै पनि बिरामीलाई नफर्काइ ओपिडी सेवासमेत सञ्चालन गरेको छ ।भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले कोभिड–१९ को परीक्षण एवं आइसोलेसन छुट्टै सञ्चालन गरिएको र अन्य बिरामीका लागि छुट्टै व्यवस्था गरेर सेवा प्रवाह गरिरहेको जानकारी दिनुभयो । अस्पतालमा दैनिक ओपिडी, अल्ट्रासाउण्ड, प्रसूति सेवा सञ्चालन भइरहेको जानकारी दिँदै उहाँले लकडाउनकै अवधिमा पनि हड्डी भाँचिएको, एपेन्डीसाइड, सिजनर ९प्रसूति० का शल्यक्रिया भइरहेको जानकारी दिनुभयो ।

    डा गौतमले भन्नुभयो, “मान्छे बिरामी भएपछि नै अस्पताल आउने हो, निजी अस्पतालले हेर्दै हेरेन, फर्कायो भन्दै आइरहेका छन्, त्यसैले भक्तपुर अस्पताल आउने बिरामीलाई हामीले फर्काएका छैनाँै, स्वास्थ्य परीक्षण, मनोपरामर्श, ओपिडी सेवादेखि आवश्यक पर्दा शल्यक्रियासमेत गरेका छौँ ।”

    अस्पतालले फिबर क्लिनिक सञ्चालन गर्दै आउने बिरामीलाई ढोकामै ज्वरो नापेर थप स्वास्थ्य परीक्षण एवं उपचार गर्ने गरिएको छ । अरु बेलामा निजी अस्पतालमा बिरामी पठाएर सिफारिस केन्द्र बन्यो भनेर आलोचना भइरहेको भक्तपुर अस्पताल सङ्कटको बेलामा भने आम नागरिकको भरोसाको केन्द्र बनिरहेको छ ।

    यहाँ बीमाका बिरामीसमेत उपचारका लागि आउने गरेका छन् । यस अवधिमा बीमाका बिरामीले अस्पतालको फार्मेसीबाट रु ९० हजारको औषधि लगेका छन् । सरकारले सो अस्पताललाई कोरोना हब अस्पताल घोषणा गरेपछि कोरोनाको परीक्षण एवं उपचारका लागि अस्पताल पनि सक्रिय बन्दै आएको छ । अस्पतालमा हाल चार श्ययाको आइसोलेसन वार्ड तयारी अवस्थामा राखेर कोरोना परीक्षणसमेत गरिरहेको छ । आवश्यक पर्दा थप १० श्ययालाई आइसोलेसन बनाउन सकिने गरी तयारी अवस्थामा राखिएको छ ।

    अहिलेसम्म विदेशबाट फर्किएका ८२ जनाको नमूना सङ्कलन गरी परीक्षणका लागि टेकु अस्पताल पठाएकामा ६० जनाको रिपोर्ट नेगेटिभ आएको र २२ जनाको रिपोर्ट आउन बाँकी रहेको उहाँको भनाइ छ । अस्पतालको आइसोलेसनका दैनिक दुई शङ्कास्पद बिरामीको उपचार हुने गरे पनि रिपोर्ट नेगेटिभ आएपछि घर पठाउने गरेको छ । अस्पताल आफैँले पनि व्यक्तिगत सुरक्षा कवच ९पिपीई० खरिद गरेको र अन्य निकायबाट केही पिपीइ सहयोग आए पनि अभाव भने भइरहेको डा गौतमले बताउनुभयो ।

    अस्पतालमा मास्क, ग्लोब्स, पिपीइलगायतका अत्यावश्यक सामग्री अभाव भएपछि अस्पताल आफँैले कपडाको मास्क सिलाएको छ भने र पिपीइसमेत आफैँले एक टेलरमा सिलाउन तयारी गरेको छ । मेसु डा गौतमले विभिन्न निकायबाट आएको पिपीइ सकिएर समस्या आएपछि पिपीइमा प्रयोग हुने गुणस्तरीय कपडा ल्याएर टेलरलाई सिलाउन तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो ।

    कोरोना परीक्षणमा रहेका चिकित्सकदेखि स्वास्थ्यकर्मीलाई अस्पतालले यही खाने तथा बस्ने व्यवस्था गरेको छ भने ज्वरो आएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखेको छ । अस्पतालमा कोभिड बुथसमेत राखेर सुरक्षितरूपमा बुथबाट नमूना सङ्कलन गर्न शुरु गरेको छ । अस्पतालमा आइसीयू सञ्चालनका लागि सरकारले रु एक करोड पठाएको जानकारी दिँदै डा गौतमले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मिलन सुवालसहितको टोली आइसीयू सञ्चालन र सेवा वृद्धिका लागि खटिरहनुभएको जानकारी दिनुभयो ।

    अस्पतालले कोभिड–१९ का बिरामीका लागि दुई भेन्टिलेटर आवश्यक पर्दा तत्काल सञ्चालन गर्न सकिने गरी तयारी अवस्थामा राखेको छ भने थप दुई भेन्टिलेटर शल्यक्रिया कक्षमा सञ्चालनमा राखेको छ । अस्पतालले पाँच श्ययाको आइसीयू सञ्चालनका लागि सरकारले निर्धारण गरेको मूल्यमा सामान खरिदको तयारी गरिरहेको छ । उहाँले आइसीयूका लागि आवश्यक कम्तीमा छ चिकित्सक, एक एनेस्थेसिया र कम्तीमा १६ नर्सको व्यवस्था भने करारमै भए पनि गर्नुपर्ने बताउनुभयो ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    चितवनमा एचआइभी सङ्क्रमण बढ्दो, नौ महिनामा ८० जनामा पुष्टि

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.