• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिएर अघि बढ्छन्ः माधवकुमार नेपाल

  •   शनिबार, असार ०६, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं ।  नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपाल ले वर्तमान विश्व परिस्थितिलाई केवल निराशा वा आशाको एकपक्षीय दृष्टिकोणबाट नभई यथार्थवादी र सन्तुलित ढंगले विश्लेषण गर्नुपर्ने बताएका छन्। नेपाल बुद्धिजीवी संगठनको एकता राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले विश्व राजनीतिदेखि नेपाली समाज र राजनीतिक परिवेशसम्मका चुनौतीहरूलाई गम्भीर रूपमा अध्ययन गर्दै समाधानका उपाय खोज्न आवश्यक रहेको बताए।

    उनले आजको विश्व अनेकौँ जटिलता, द्वन्द्व, आर्थिक असमानता, राजनीतिक अस्थिरता र सामाजिक परिवर्तनका प्रक्रियाबाट गुज्रिरहेको उल्लेख गर्दै यस्ता परिस्थितिलाई बुझ्दा निराशा र सम्भावना दुवै पक्षलाई सँगसँगै हेर्नुपर्ने धारणा व्यक्त गरे। उनका अनुसार केही व्यक्तिहरूले वर्तमान अवस्थालाई पूर्ण रूपमा नकारात्मक चित्रण गर्दै सबै कुरा बिग्रिएको निष्कर्ष निकाल्ने गरेका छन् भने अर्को समूहले समस्याको गहिराइ नबुझी केवल सकारात्मक पक्षलाई मात्र प्राथमिकता दिने गरेको छ। दुवै दृष्टिकोण अपूर्ण र एकांगी हुने उनको भनाइ थियो।

    नेपालले आफूहरू द्वन्द्ववादी चिन्तनमा विश्वास गर्ने भएकाले हरेक विषयलाई बहुआयामिक रूपमा हेर्ने गरेको बताए। “हामी जटिलतालाई पनि हेर्छौं, सम्भावनालाई पनि हेर्छौं। निराशालाई पनि हेर्छौं, आशालाई पनि हेर्छौं। समाज र राजनीतिका हरेक प्रक्रियामा रहेका चुनौती र अवसर दुवैलाई बुझेर मात्रै सही निष्कर्षमा पुग्न सकिन्छ,” उनले भने।

    उनले निराशा चिर्नका लागि त्यसका कारणहरूको पहिचान गर्नु पहिलो आवश्यकता भएको बताए। रोगको सही पहिचानबिना प्रभावकारी उपचार सम्भव नहुने उदाहरण दिँदै उनले समाज, राजनीति वा संगठनभित्र देखिएका समस्याहरूको वस्तुगत मूल्यांकन हुनुपर्ने धारणा राखे। वास्तविकता नबुझी समाधान खोज्दा अपेक्षित परिणाम प्राप्त नहुने उनको भनाइ थियो।

    सहसंयोजक नेपालले नेपालको कम्युनिस्ट आन्दोलनले लामो समयदेखि विभिन्न उतारचढाव, संघर्ष र राजनीतिक परिवर्तनका बीच आफ्नो यात्रा अघि बढाएको स्मरण गरे। उनले देशमा भएका महत्वपूर्ण राजनीतिक परिवर्तनहरूमा कम्युनिस्ट आन्दोलनको उल्लेखनीय भूमिका रहेको उल्लेख गर्दै विभिन्न राजनीतिक शक्तिहरूसँग प्रतिस्पर्धा गर्दै लोकतान्त्रिक अधिकार, सामाजिक न्याय र परिवर्तनका मुद्दाहरूलाई स्थापित गर्न कम्युनिस्टहरूले योगदान दिएको बताए।

    उनले नेपालको राजनीतिक इतिहासमा कम्युनिस्ट आन्दोलनले पटक–पटक चुनौतीहरूको सामना गर्दै नयाँ उचाइ हासिल गरेको उल्लेख गरे। कठिन परिस्थितिहरूका बीच पनि आन्दोलन निरन्तर अगाडि बढेको भन्दै उनले विगतका अनुभवहरूबाट सिक्दै भविष्य निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए।

    नेपालले पछिल्ला निर्वाचन परिणामबारे चर्चा गर्दै विशेषगरी २०७९ सालको निर्वाचनपछि नेपाली राजनीतिमा नयाँ प्रकारका परिवर्तनहरू देखिएको बताए। साथै, हालै सम्पन्न निर्वाचनबाट प्राप्त परिणामहरूले पनि राजनीतिक दलहरूलाई गम्भीर समीक्षा गर्न बाध्य बनाएको उनको भनाइ थियो। अपेक्षाभन्दा फरक नतिजा आउनु कुनै दलका लागि चुनौतीपूर्ण भए पनि त्यसलाई सकारात्मक रूपमा ग्रहण गरी शिक्षा लिन सक्नुपर्ने उनले बताए।

    “हामी कम्युनिस्टहरू निराश हुने होइनौं। हामी आशावादी हुन्छौं। आशावादी भएर नै हरेक चुनौतीको सामना गर्छौं। जुनसुकै परिणाम आए पनि त्यसबाट शिक्षा लिने, कमजोरी पहिचान गर्ने र नयाँ ढंगले अगाडि बढ्ने क्षमता कम्युनिस्ट आन्दोलनको विशेषता हो,” उनले भने।

    उनले निर्वाचनका परिणामहरूलाई केवल हार वा जितको रूपमा मात्र नहेरी जनताको भावना, अपेक्षा र सन्देशका रूपमा बुझ्नुपर्ने बताए। त्यसका आधारमा पार्टीभित्र आत्मचिन्तन, आत्मसमीक्षा र वैचारिक मन्थन आवश्यक रहेको उनको धारणा थियो। संगठनलाई थप सुदृढ, प्रभावकारी र जनमुखी बनाउन नेतृत्वदेखि कार्यकर्तासम्म सबै तहमा समीक्षा हुनुपर्ने उनले बताए।

    कार्यक्रममा नेपालले नेपाली समाजमा समयपालनको संस्कार अझै पनि अपेक्षाअनुसार विकास हुन नसकेको टिप्पणी गरे। विभिन्न कार्यक्रमहरूमा समयमै उपस्थित हुने प्रतिबद्धता जनाइए पनि व्यवहारमा ढिलासुस्ती देखिने गरेको भन्दै उनले यस्तो प्रवृत्ति बुद्धिजीवी वर्गमा समेत देखिनु चिन्ताको विषय भएको बताए। उनले समयको सम्मान गर्ने संस्कार विकास गर्न सके मात्रै व्यक्तिगत तथा संस्थागत कार्यक्षमता वृद्धि हुने उल्लेख गरे।

    त्यसैगरी उनले ज्ञान, विज्ञान, प्रविधि र संगठन निर्माणका क्षेत्रमा विश्वका उत्कृष्ट अभ्यास र अनुभवहरू अध्ययन गरी आत्मसात गर्नुपर्ने आवश्यकता औंल्याए। बदलिँदो विश्व परिवेशमा नयाँ सोच, अनुसन्धान र प्रविधिको प्रयोगबिना कुनै पनि संगठन वा राजनीतिक शक्ति प्रभावकारी बन्न नसक्ने उनको भनाइ थियो।

    नेपालले विचारमा स्पष्ट, संगठनमा सुदृढ, कार्यशैलीमा प्रभावकारी र व्यवहारमा जनप्रिय बन्ने दिशामा पार्टीलाई अघि बढाउन बुद्धिजीवीहरूको भूमिका महत्वपूर्ण रहने बताए। उनले नेपाल बुद्धिजीवी संगठनले केवल बौद्धिक बहसमा सीमित नरही पार्टीलाई वैचारिक मार्गदर्शन प्रदान गर्नुपर्ने धारणा व्यक्त गरे।

    संगठन निर्माणलाई केवल नाम, पद र समिति गठनमा सीमित राख्न नहुने उल्लेख गर्दै उनले नियमित बैठक, गम्भीर छलफल, जिम्मेवारी कार्यान्वयन र उपलब्धिको समीक्षा गर्नुपर्नेमा जोड दिए। समितिहरू गठन भए पनि तिनले प्रभावकारी रूपमा काम गरे वा नगरेका, निर्णयहरूको कार्यान्वयन भयो वा भएन भन्ने विषयमा निरन्तर मूल्यांकन आवश्यक रहेको उनको भनाइ थियो।

    संगठनभित्र अपेक्षित समीक्षा र मूल्यांकनको संस्कृति अझै पर्याप्त रूपमा विकास हुन नसकेको स्वीकार गर्दै उनले आगामी दिनमा संगठनात्मक गतिविधिलाई थप परिणाममुखी, उत्तरदायी र प्रभावकारी बनाउन सबै पक्षले ध्यान दिनुपर्ने आवश्यकता औंल्याए। उनले चुनौतीहरूलाई अवसरका रूपमा रूपान्तरण गर्दै आत्मविश्वास, अनुशासन र स्पष्ट दृष्टिकोणका साथ अघि बढेमा कम्युनिस्ट आन्दोलनले भविष्यमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने विश्वास व्यक्त गरे।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.