• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

जनहित राष्ट्रिय माध्यमिक विद्यालयको १२ कोठे नव निर्मित भवनको उद्घाटन

  •   शुक्रबार, असार १२, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । कालिका नगरपालिका–३ स्थित जनहित राष्ट्रिय माध्यमिक विद्यालयले निर्माण सम्पन्न गरेको १२ कोठे पक्की विद्यालय भवनको शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ। विद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधार विकासलाई थप सुदृढ बनाउने उद्देश्यले निर्माण गरिएको भवनको उद्घाटन कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मीले गर्नुभयो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख रेग्मीले गुणस्तरीय शिक्षाका लागि आधुनिक तथा सुविधासम्पन्न भौतिक पूर्वाधार आवश्यक रहेको बताउनुभयो। उहाँले विद्यालयको समग्र विकासमा नगरपालिका निरन्तर सहयोगी रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

    कार्यक्रममा कालिका नगरपालिकाकी उपप्रमुख विमला तामाङले शिक्षामा गरिएको लगानी भविष्य निर्माणको आधार भएको उल्लेख गर्दै विद्यालयको भौतिक संरचना विस्तारसँगै शैक्षिक गुणस्तर सुधारमा पनि विशेष ध्यान दिनुपर्ने बताउनुभयो। त्यसैगरी वडा नं. ३ का वडा अध्यक्ष विरेन्द्र तामाङले विद्यालयको विकासमा स्थानीय समुदाय, अभिभावक तथा सरोकारवालाहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै आगामी दिनमा पनि विद्यालयको आवश्यकताअनुसार सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूले नवनिर्मित भवनले विद्यार्थीहरूको सिकाइ वातावरणलाई थप सहज र प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका थिए। भवन निर्माण सम्पन्न भएसँगै कक्षाकोठा अभावको समस्या समाधान हुनुका साथै विद्यार्थीहरूले सुरक्षित र व्यवस्थित वातावरणमा अध्ययन गर्न पाउने अपेक्षा गरिएको छ।

    उद्घाटन कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, शिक्षक–शिक्षिका, अभिभावक, विद्यार्थी, स्थानीय समाजसेवी, जनप्रतिनिधि तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापकले विद्यालयको शैक्षिक प्रगति, भौतिक पूर्वाधार विकास तथा आगामी योजनाबारे जानकारी गराउँदै विद्यालयलाई नमूना शैक्षिक संस्थाका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो। सहभागीहरूले नवनिर्मित भवनले विद्यालयको शैक्षिक गतिविधिलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.