• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

  • १०. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

भरतपुरको बाथरोग उपचार क्लिनिकमा प्रमुख जिल्ला अधिकारीको छड्के,यसकारण गरियो

  •   शनिबार, असार १३, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको भरतपुर महानगरपालिका–१० मा रहेको भरतपुर मेट्रो क्लिनिकलाई मापदण्डविपरीत सञ्चालन गरिएको पाइएपछि सम्बन्धित निकायले तत्कालका लागि बन्द गराएको छ। शुक्रबार प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको नेतृत्वमा स्वास्थ्य कार्यालय चितवन र भरतपुर महानगरपालिकाको स्वास्थ्य शाखाको संयुक्त अनुगमन टोलीले क्लिनिकमा निरीक्षण गरेको थियो। अनुगमनका क्रममा क्लिनिकले विभिन्न कानुनी तथा प्राविधिक मापदण्ड पूरा नगरेको भेटिएपछि सेवा सञ्चालन रोक्न निर्देशन दिइएको हो।

    स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य प्रशासक निर्मल घिमिरेका अनुसार क्लिनिक ‘भरतपुर मेट्रो क्लिनिक’ नाममा दर्ता भएको भए पनि ‘नेशनल बाथरोग सेन्टर’ नाम प्रयोग गरेर सेवा प्रदान गरिरहेको पाइएको छ। साथै, क्लिनिकको दर्ता २०८१ सालसम्म मात्र नवीकरण भएको र त्यसपछि आवश्यक प्रक्रिया पूरा नगरी सेवा सञ्चालन जारी राखिएको भेटिएको उहाँले जानकारी दिनुभयो।

    घिमिरेले ‘नेशनल बाथरोग सेन्टर’ जस्तो विशिष्टीकृत स्वास्थ्य सेवा सञ्चालन गर्न सम्बन्धित सङ्घीय निकायमा दर्ता तथा स्वीकृति आवश्यक पर्ने स्पष्ट पार्नुभयो। तर, सो प्रक्रिया पूरा नगरी सेवा सञ्चालन गरिएको भेटिएकाले यो कानुनविपरीत रहेको उहाँको भनाइ छ।

    अनुगमन टोलीले क्लिनिकको भौतिक संरचना पनि आवश्यक मापदण्डअनुसार नभएको पाएको जनाएको छ। उपचार सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार, सेवा प्रवाहका न्यूनतम मापदण्ड तथा व्यवस्थापन पक्षमा समेत कमजोरी देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ।

    त्यसैगरी, क्लिनिकमा सेवा प्रदान गरिरहेका चिकित्सकहरूसँग औपचारिक सम्झौता नगरिएको, प्रयोगशाला नवीकरण नगरी सञ्चालन गरिएको तथा अन्य प्रशासनिक प्रक्रिया पनि पूरा नगरिएको अनुगमनबाट खुल्न आएको छ। यस्ता कमजोरीले स्वास्थ्य सेवाको गुणस्तर र बिरामीको सुरक्षामाथि प्रत्यक्ष असर पार्न सक्ने भन्दै सम्बन्धित निकायले गम्भीर चासो व्यक्त गरेका छन्।

    प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले स्वास्थ्य संस्थाले कानुन र मापदण्डको पूर्ण पालना गर्नुपर्नेमा जोड दिँदै लापरवाहीपूर्वक सञ्चालन गरिएको पाइएकाले क्लिनिकलाई तत्कालका लागि बन्द गरिएको बताउनुभयो। उहाँले आवश्यक सबै प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा विधिवत् दर्ता तथा नवीकरण गरेपछि मात्र सेवा पुनः सञ्चालन गर्न निर्देशन दिइएको जानकारी दिनुभयो।

    अनुगमन टोलीले जिल्लाभर सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरूको नियमित निरीक्षणलाई निरन्तरता दिइने जनाएको छ। स्वास्थ्य सेवा प्रदान गर्ने सबै संस्थालाई प्रचलित कानुन, मापदण्ड र गुणस्तरीय सेवा सुनिश्चित गर्न निर्देशन दिँदै अनियमितता भेटिएमा आवश्यक कानुनी कारबाही गरिने चेतावनीसमेत दिइएको छ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.