• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

दही–चिउरा खाँदा स्वास्थ्यलाई हुन्छन् यस्ता फाईदा

  •   सोमबार, असार १५, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाण्डौं । आज असार १५, खेतीपाती गर्ने महत्त्वपूर्ण दिनको रूपमा नेपाली समाजमा यो दिन प्रचलित छ । नेपालमा असार १५ लाई सरकारले समेत धान दिवस भनेर धान रोप्ने वा मुठी रोपेर मानो उब्जाउने पर्वका रूपमा मनाउन अपिल गरेको छ ।

    परम्परादेखि नै असारमा खेतीबाली लगाउने, धान रोप्ने वा कुनै बिरुवा रोप्ने र कम्तीमा वर्षमा एकपटक भए पनि हिलो छुनुपर्ने मान्यतामा असार १५ लाई नेपाली समाजमा मनाउने गरिन्छ । यही दिनलाई दही–चिउरा खाने दिन भनेर पनि बुझिन्छ ।

    दिनभर काम गर्ने र खाजाको रूपमा दही–चिउरा खानुपर्छ भन्ने मान्यता नेपाली समाजमा प्रचलित छ । दही–चिउरा नै किन खाने वा यसको प्रचलन किन चलाइएको रहेछ ? विश्लेषण गरी हेर्दा दही र चिउराको सेवन गर्नु वर्षायाममा फाइदाजनक छ कि छैन ? छ भने किन त भन्नेबारे आधारित रही यो आलेख तयार गरिएको छ ।

    दही

    प्राचीनकालदेखि नै प्रयोगमा ल्याइएको पौष्टिकताले भरिपूर्ण स्वादिलो दुग्धजन्य पदार्थ दही हो । दूधलाई विभिन्न फाइदाजनक ब्याक्टेरियाले प्रशोधन गरी जमाएर दही बनाइदिन्छन् । दूधमा पाइने सुगरलाई ब्याक्टेरियाले ल्याक्टिक एसिडमा परिणत गराई दूधको प्रोटिन तयार गर्दा दही बन्न जान्छ ।

    दही गाईभैँसी, बाख्रा, ऊँट, याक र केही वनस्पतिको दूधबाट तयार गर्न सकिन्छ । ल्याक्टोबेसिलस, स्ट्रेप्टोकोकस, ल्याक्टोबेसिलाई, बिफिडोब्याक्टेरिया आदिले दूधलाई दही बनाइदिन्छन् । दही बनाउन सर्वप्रथम दूधलाई तताउनुपर्छ र चिसो भएपछि त्यसमा प्राकृतिक ब्याक्टेरियाले आफ्नो काम सुरु गर्न थाल्छन् र केही घन्टापछि दहीमा परिणत गरिदिन्छन् ।

    वनस्पतिजन्य दूधबाट समेत दही तयार गरिन्छ । यस्तो दही जनावरजन्य दूधमा पाइने ल्याक्टोज एलर्जी हुनेहरूका लागि र भेगान वर्गका लागि लाभदायक हुन्छ । दही प्रशोधित दुग्ध पदार्थ हो, जुन निकै स्वादिलो र स्वस्थकर हुन्छ । यसमा उच्च गुणस्तरको चिल्लो, प्रोटिन, क्याल्सियम, पोटासियम, पानी, कार्बोहाइड्रेट्स, फस्फोरस, सेलेनियम र विभिन्न भिटामिन (भिटामिन ए, बि १२, बि २, कोलिन आदि) पाइन्छन् । यसको सेवनले हाड मजबुत हुने, रक्तचाप कम हुने, कोलेस्टेरोल कम हुने, पाचन राम्रो हुने, प्रतिरोध क्षमता बढ्नेजस्ता फाइदा हुन्छन् ।

    धेरै मात्रामा दही उत्पादन गर्दा पास्चुराईज गरेर वा हानिकारक ब्याक्टेरिया मारेर मात्र तयार गरिन्छ । त्यस्तै दहीलाई प्रोबायोटिक्स्का रूपमा तयार गर्दा सुरुमा हानिकारक ब्याक्टेरिया नष्ट गरी त्यसमा लाभदायक ल्याक्टोबेसिलस ब्याक्टेरिया राखिन्छ र प्याकिङ गर्नुअघि राम्रोसँग ब्याक्टेरियाको मात्रा निर्धारण गरी बजारमा पठाइन्छ । दहीलाई प्रोबायोटिक्स् पनि भनिन्छ, जसले पेटको स्वास्थ्यलाई असाध्यै राम्रो गर्छ ।

    छोटकरीमा भन्दा शरीरलाई फाइदा गर्ने जीवित व्याक्टेरिया नै प्रोबायोटिक्स् हुन् । यस्ता लाभदायक ब्याक्टेरिया राम्रोसँग हुर्कन र वृद्धि विकास हुन सहयोग गर्ने खाद्यपदार्थलाई प्रिबायोटिक्स् भनिन्छ । प्रिबायोटिक्स् ओट्स, केरा, बेरी, लसुन, प्याज, फलफूल, तरकारी तथा गेडागुडीमा प्रशस्त पाइन्छ भने प्रोबायोटिक्स् दही र प्रशोधित खाना (किम्ची, केफिर, केही अचार) मा पनि पाइन्छ । त्यसकारण पेटका अधिकांश समस्यामा प्रोबायोटिक्स् प्राप्त गर्नका लागि दही खानु राम्रो हुन्छ । यी दुवै शरीरका लागि आवश्यक छन् ।

    फाइदाजनक ब्याक्टेरिया (प्रोबायोटिक्स्)ले हाम्रो शरीरमा रोगविरुद्ध लड्ने क्षमता बढाउने, डिप्रेसनका लक्षण सुधार गर्ने, मोटोपन घटाउन सहयोग गर्ने, ल्याक्टोज नपचाउने व्यक्तिमा देखापर्ने लक्षण हटाउने, रोग प्रतिरोध क्षमता बढाउने, एन्टिबायोटिक सेवन गर्दा हुने झाडापखालाको रोकथाम गर्ने, पेटको गम्भीर समस्या ‘इल्फ्लामेटरी बाउल डिजिज (आइबिडी) को रोकथाम गर्ने, कोलेस्टेरोल नियन्त्रणमा राख्ने, भिटामिन ‘के’ र आवश्यक तत्व (सर्ट चेन फ्याटी एसिड) बनाउने आदि काम गर्छन् ।

    यस्ता तत्त्व (फ्याटी एसिड) ले ठूलो आन्द्राको भित्री तहलाई सुरक्षा गर्ने र बलियो बनाई हानिकारक पदार्थ, भाइरस र अन्य हानिकारक ब्याक्टेरियाको असरबाट बचाउँछन् । साथै इन्फ्लामेसन घटाउने र क्यान्सरको जोखिम पनि घटाउने काम गर्छन् ।

    दहीका फाइदा

    सादा, कम चिल्लो र चिनी नराखेको दही स्वास्थ्यका लागि राम्रो हुन्छ । यस्तो दहीको सेवन गर्दा हुने फाइदा यस प्रकार छन् :

    दहीमा प्रोटिन उच्च मात्रामा पाइने हुँदा यसको सेवनले ऊर्जा दिने, भोक लाग्नेक्रम कम हुने र अन्तमा तौल समेत कम बनाउँछ । डिप्रेसन र चिन्ता घटाउँछ किनकि प्रोबायोटिक्स्मा हुने ‘ल्याक्टोबेसिलस हेल्भिटिकस एन्ड फिफिडोब्याक्टेरियम लङ्गम’ कीटाणुले चिन्ता र डिप्रेसन घटाउँछन् ।

    रगतमा हुने खराब कोलेस्टेरोल (एलडीएल) घटाउँछ । विभिन्न मुटुको रोगका साथै रक्तचाप घटाउँछ । सङ्क्रमण कम गराई रोग विरुद्ध लड्ने क्षमता बढाउँछ । डण्डीफोर, एक्जिमा लगायत अन्य छालाका समस्यामा उपयोगी हुन्छ ।

    कोषहरूको विभाजन, कार्य र क्षमतामा बृद्धि ल्याई बुढो हुनबाट बचाउँछ । साथै यसमा पाइने विभिन्न भिटामिन तथा खनिज तत्त्वले हाड कमजोर हुने वा मक्किने रोग (ओस्टोपोरोसिस्)लाई पनि निको बनाउँछ ।

    पाचन राम्रो बनाउने र स्नायुसम्बन्धी विकृति कम गर्ने जस्ता काम पनि गर्छ । दहीमा हाम्रो शरीरलाई चाहिने लगभग धेरै किसिमका पौष्टिक तत्त्वले (क्याल्सियम, भिटामिन बी कम्प्लेक्स् र खनिज) भरिपूर्ण हुने भएकाले दहीको सेवनले रोगविरुद्धको प्रतिरोध क्षमता बढाई सम्पूर्ण स्वास्थ्यलाई सामान्य रूपमा राख्न सहयोग गर्छ ।

    दहीको सेवन गर्दा यसमा पाइने प्रोबायोटिक्स्ले पाचन प्रणालीलाई राम्रो बनाउँछ, जसले गर्दा ग्यास्ट्राइटिस्, वायु गोला, पखाला वा कब्जियत हुन पाउँदैन र भएमा निको हुन्छ ।

    दही सेवन गर्न नहुने अवस्था

    दहीको सेवन गर्दा कसैलाई सुरुका केही दिनसम्म पाचन गडबड हुने, ग्यास चल्ने, सामान्य पेट दुख्ने आदि प्रतिअसर हुन्छन् भने पछिपछि यी समस्या घट्दै जान्छन् । दहीको सेवन गर्दा अन्य समस्या देखापर्ने गरेका छन् भने दहीका प्रतिअसर पनि हुन सक्छन् । उदाहरणका लागि दूधको एलर्जी हुने वा ल्याक्टोज पाचन गर्न नसक्ने समस्या भएका व्यक्तिले कुनै पनि दुग्ध पदार्थ र दहीको समेत सेवन गर्नु हुँदैन । योबाहेक निम्न अवस्थामा दही सेवन गर्नु हानिकारक हुन्छ ।

    ल्याक्टोज पचाउन नसक्ने अवस्था : कसैकसैको शरीरमा ल्याक्टेज तत्त्वको अभाव भएको अवस्थामा दूधमा भएको ल्याक्टोज सुगर पच्दैन, जसले गर्दा पेटका विभिन्न समस्या देखिन्छन् । त्यस्ता व्यक्तिमा ल्याक्टेज इन्जाइमको अभाव छ भने दही वा कुनै पनि दुग्ध पदार्थको सेवन गर्दा पेट दुख्ने, पखाला लाग्नेजस्ता लक्षण देखिन्छन् ।

    दूधको एलर्जी : दुग्ध पदार्थमा पाइने ‘केसिन’ र ‘ह्वे’जस्ता प्रोटिनको कसैलाई एलर्जी हुनसक्छ । यस्तो अवस्थामा छाला चिलाउने, विभिन्न प्रतिक्रिया देखिने र कहिलेकाहीँ मृत्युजन्य अवस्था (एनाफाइलेटिक सक) आउन सक्ने हुँदा त्यस्ता व्यक्तिले दही लगायत दुग्ध पदार्थको सेवन गर्नुहुँदैन ।

    चिनी राखेको दही : दहीमा चिनी राखेर खाँदा बढी मात्रामा सुगरको तह बढ्न सक्ने भएकाले यस्तो दही खाएमा मोटोपन, मधुमेह तथा अन्य स्वास्थ्य समस्याको सम्भावना पनि हुने हुँदा दहीमा चिनी राखेर खानु राम्रो हुँदैन ।

    विरुद्ध आहार : चिया, कफी, दूध, पनिर, खीर, काँक्रा, खरबुजा, मेवा आदि दहीविरुद्ध आहार हुने भएकाले यस्ता पदार्थ दहीको साथमा खानुहुँदैन ।

    चिउरा

    चिउरा नेपाली परम्परागत र लोकप्रिय खाद्यपदार्थ हो । चिउरा खान पनि स्वादिलो हुनुका साथै यसमा प्रशस्तै पौष्टिक तत्त्व पाइन्छन् । मुख्यगरी चिउरामा भिटामिन, खनिज, फाइबर, कार्बोहाइड्रेट र प्रोटिन पनि पाइन्छ ।

    चिउरा पकाउननपर्ने भएकाले तयारी खानाका रूपमा र अन्य खाद्य पदार्थसँगै खान सकिन्छ, यसमा अलि बढी मात्रामा कार्बोहाइड्रेट पाइने हुँदा शक्तिको मुख्य स्रोत हुन सक्छ, चिउरा सेवन गर्दा डम्म अघाएको महसुुस हुने र अडिलो बनाउँछ । यसका साथै चिउरा तयार गर्दा फलामको मिलमा कुटिने हुँदा आइरन तत्त्व पनि पाउन सकिने भएकाले चिउराको बढी नै फाइदा रहेको छ ।

    दही–चिउराका फाइदा

    नेपाली परम्परामा दही र चिउरा मिसाएर खाने प्रचलन छ । दही–चिउरा खाने दिन भनेर असार १५ लाई भनिए पनि अरु बेला पनि दही–चिउरा खाजाका रूपमा खाने प्रचलन छ ।

    दही र चिउरा मिसाएर खाँदा थप फाइदा पाउन सकिन्छ । गर्मी याममा बढी पसिना जाने, बढी परिश्रमका साथ काम गर्नुपर्दा शक्ति खपत हुने हुँदा दही–चिउरा मिसाएर खाँदा पानीको मात्र पनि परिपूर्ति हुन्छ, शीतल हुन्छ, तिर्खा मेटिन्छ, डम्म अघाइन्छ र पुनः काम गर्न सकिन्छ ।

    खेर गएको शक्ति आपूर्ति हुन्छ र शरीरमा आवश्यक अन्य तत्व पनि प्राप्त गर्न सकिन्छ । दही र चिउराका साथ केरा, आँप वा अन्य फलफूल पनि मिसाएर खाएमा अझ राम्रो हुन्छ, किनकि यसबाट थप शक्ति र अन्य तत्वहरू पनि प्राप्त हुन्छ, तर दहीमा सकभर चिनी मिसाएर खानु राम्रो हुँदैन ।

    गुलियोको आवश्यकता परेमा केरा वा आँप मिसाएर खाँदा धेरै लाभ पाउन सकिन्छ । दही–चिउरासँगै थप तरकारी वा अचार मिसाएर खान पनि सकिन्छ । दही–चिउरा तयार गर्न पनि सजिलो हुने किनकि कामको चाप परेको बखत यो राम्रो खाजाको रूपमा हुन सक्छ । बढी परिश्रम गर्नुपर्ने, बढी पसिना आउने, गर्मी हुने बखतमा दही–चिउरा सेवन गर्नु स्वास्थ्यका लागि अति लाभदायक छ ।

    अन्त्यमा

    विभिन्न गुणले भरिपूर्ण दही र चिउराको सेवन गर्नु स्वास्थ्यका लागि राम्रो हुन्छ । गर्मी मौसममा त दही मानिसका लागि एक वरदान नै हो, जसको सेवनले शीतलता दिन्छ र छिटो प्यास लाग्दैन ।

    दहीमा पाइने प्रोबायोटिक्स्को गुणले गर्दा पाचन प्रणालीमा हुने लाभदायक ब्याक्टेरियाको सङ्ख्या बढ्न गई पाचन प्रणालीमा लाग्ने तमाम रोगहरू समाधान हुन्छन्, तर दही खाँदा समय मिलाउनुपर्ने हुन्छ ।

    बिहानको खानामा दही, छाछ, मही, कम नुन राखेको अचार आदि खानुपर्छ र राम्रोसँग पाचन हुने गर्छ । दही खाँदा बिहानको समय उत्तम र त्यसपछि दिउँसोको समयमा पनि ठीक हुन्छ, तर दही रातमा खानु त्यति राम्रो मानिँदैन ।

    राति खाएको दहीले चिसो लाग्न सक्ने र पाचनमा प्रतिकूल प्रभाव पर्न सक्छ । अपच हुने र पेट बिग्रने एउटा मुख्य कारण खाना खान नजान्नु, नमिलाउनु र समयका बारेमा जानकार नहुनु हो ।

    जेहोस् दही–चिउरा खान असार १५ गते नै कुर्नुपर्दैन र यसलाई कहिलेकाहीँ स्वस्थकर खाजाको विकल्पका रूपमा समेत खाँदा फाइदा नै हुन्छ र आफ्नो स्वास्थ्यको ख्याल गरेर खानु नै उत्तम हुन्छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.