• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

भरतपुरमा सुरक्षित वैदेशिक रोजगारीका लागि प्रहरी–सरोकारवालाबीच अन्तरक्रिया

  •   बुधबार, असार १७, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिकाको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको आयोजनामा वैदेशिक रोजगारीसँग सम्बन्धित समस्या समाधान, समन्वय तथा सहजीकरणलाई प्रभावकारी बनाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालयसहित विभिन्न सरोकारवाला निकायबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
    कार्यक्रममा वैदेशिक रोजगार बोर्डका कार्यक्रम अधिकृत शैलेन्द्र मिश्रले वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका श्रमिकको संरक्षण तथा सहयोगका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो। उहाँले विशेषगरी महिला र बालबालिकाका लागि मनोसामाजिक परामर्श सेवाको आवश्यकता औँल्याउँदै वैदेशिक रोजगार विभागले विभिन्न निकायसँग सहकार्य गर्दै आवश्यक सहजीकरण गरिरहेको जानकारी दिनुभयो।

    उहाँका अनुसार जिल्ला प्रहरी कार्यालयमा दर्ता हुने वैदेशिक रोजगारीसम्बन्धी उजुरी र मुद्दालाई सुरक्षित आप्रवासन (सामी) कार्यक्रमसँग जोड्न सकिए समस्यामा परेका श्रमिकलाई थप प्रभावकारी सेवा तथा न्याय दिलाउन सहज हुनेछ। समुदाय, स्थानीय तह र सुरक्षा निकायबीच साझेदारी र सहकार्यलाई सुदृढ बनाउन सके वैदेशिक रोजगारीसँग सम्बन्धित समस्या न्यूनीकरण गर्न सकिने उहाँको विश्वास थियो।

    प्रमुख जिल्ला अधिकारी रामेश्वर पौडेलले वैदेशिक रोजगारीका क्रममा ठगी वा अन्य समस्या परेपछि अधिकांश नागरिक अन्तिम आशाका रूपमा जिल्ला प्रशासन कार्यालय र प्रहरीको शरणमा आउने गरेको बताउनुभयो। विदेश जानुअघि प्रहरीले आवश्यक जानकारी तथा सोधपुछ गर्दा कतिपयले त्यसलाई नकारात्मक रूपमा लिने गरे पनि ठगीमा परेपछि सहयोगका लागि प्रहरीकहाँ नै पुग्ने अवस्था रहेको उहाँले उल्लेख गर्नुभयो। वैदेशिक रोजगारीमा ठगीमा परेका व्यक्तिहरूले सबै प्रमाण सुरक्षित राख्नुपर्नेमा उहाँले विशेष जोड दिनुभयो।

    भरतपुर महानगरपालिकाको सामाजिक तथा स्वास्थ्य महाशाखा प्रमुख तथा वरिष्ठ महिला विकास अधिकृत शुशिला वाग्लेले महानगरपालिकाले सुरक्षित वैदेशिक रोजगारीलाई प्राथमिकतामा राख्दै विभिन्न नीतिगत तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो। नेपालको अर्थतन्त्रमा रेमिट्यान्सको महत्वपूर्ण योगदान रहेकाले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सबै पक्षको साझा प्रयास आवश्यक रहेको उहाँको भनाइ थियो। पासपोर्ट बनाउने चरणदेखि नै विदेश जान चाहने नागरिकलाई आवश्यक परामर्श उपलब्ध गराउनुपर्ने र अन्तर्राष्ट्रिय विमानस्थलमार्फत कानुनी प्रक्रिया पूरा गरेर विदेश गए ठगीका घटना उल्लेखनीय रूपमा घटाउन सकिने उहाँले बताउनुभयो।

    कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका संयोजक सूर्य पौडेलले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन स्थानीय तह, सुरक्षा निकाय तथा अन्य सरोकारवाला संस्थाबीच प्रभावकारी समन्वय, सहकार्य र सूचना आदानप्रदान अपरिहार्य रहेको बताउनुभयो। कार्यक्रमको सहजीकरण गैरसरकारी संस्था समन्वय तथा सामुदायिक परिचालन शाखा प्रमुख पंचमाया तामाङले गर्नुभएको थियो।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.