• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

चितवनमा शनिबार बजार पूर्ण रूपमा सञ्चालन, फेन्सी तथा कपडा व्यवसायी सोमबारकै साप्ताहिक बिदाको पक्षमा

  •   शनिबार, असार २०, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको नारायणगढ बजार शनिबार पूर्ण रूपमा सञ्चालनमा आएको छ। केही समयदेखि शनिबारलाई साप्ताहिक बजार बिदा बनाउने विषयमा विभिन्न तहमा छलफल र निर्णय सार्वजनिक भए पनि त्यसको प्रभाव बजारमा खासै देखिएको छैन। अधिकांश पसल तथा व्यापारिक प्रतिष्ठानहरू नियमित रूपमा खुलेका छन् भने दैनिक किनमेल पनि सामान्य अवस्थामै सञ्चालन भएको देखिएको छ।

    विशेषगरी चितवनका फेन्सी तथा कपडा व्यवसायीहरूले भने पुरानै व्यवस्था अनुसार सोमबारलाई नै साप्ताहिक बजार बिदाका रूपमा कायम राख्ने अडान दोहोर्‍याएका छन्। चितवन फेन्सी तथा कपडा व्यवसायी सङ्घका अनुसार व्यवसाय सञ्चालनको सहजता, ग्राहकको चाप व्यवस्थापन तथा व्यवसायीहरूको साझा हितलाई मध्यनजर गर्दै सोमबार नै उपयुक्त साप्ताहिक बिदा भएको निष्कर्षमा सङ्घ पुगेको हो।

    यता, चितवन उद्योग वाणिज्य सङ्घले शनिबारलाई साप्ताहिक बजार बिदा दिने निर्णय सार्वजनिक गरे पनि नारायणगढ बजारमा त्यसको प्रभाव प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको देखिएन। शनिबार फेन्सी तथा कपडा पसलहरू मात्र होइन, अन्य विभिन्न वस्तुगत व्यवसायसँग सम्बन्धित अधिकांश व्यापारिक प्रतिष्ठानहरू पनि नियमित रूपमा सञ्चालनमा रहे।

    फेन्सी तथा कपडा व्यवसायीहरूले आफ्नै पेशागत सङ्घको निर्णयप्रति एकबद्धता जनाउँदै सोमबार बजार बन्द गर्ने पुरानै व्यवस्थालाई निरन्तरता दिएका छन्। व्यवसायीहरूका अनुसार सबै सदस्यबीच समान धारणा कायम गर्दै व्यवसायीहरूको हित, बजार व्यवस्थापन र उपभोक्ताको सुविधालाई सन्तुलनमा राखेर निर्णय कार्यान्वयन गरिनेछ।

    साप्ताहिक बजार बिदाको दिनलाई लिएर व्यवसायीहरूबीच फरक–फरक धारणा रहे पनि शनिबार नारायणगढ बजार सामान्य रूपमा सञ्चालन भएपछि तत्कालका लागि पुरानै अभ्यास कायम रहने संकेत देखिएको स्थानीय व्यवसायीहरूको भनाइ छ। उनीहरूका अनुसार बजार सञ्चालनसम्बन्धी कुनै नयाँ व्यवस्था लागू गर्नुअघि सबै सरोकारवालाबीच व्यापक छलफल, सहमति र स्पष्ट कार्ययोजना आवश्यक छ। अन्यथा फरक–फरक निर्णयले व्यवसायी, उपभोक्ता तथा समग्र बजार व्यवस्थापनमा अन्योल सिर्जना हुने उनीहरूको तर्क छ। हालका लागि भने नारायणगढ बजारमा अधिकांश व्यवसायी सोमबारलाई नै साप्ताहिक बिदा कायम राख्ने पक्षमा देखिएका छन्।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.