• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

मुक्त कमैया र कमलरीको अवस्था अझै दयनीय, सरकारको ध्यानाकर्षण

  •   बिहिबार, असार ३२, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । थारू आयोगले मुक्त कमैया–कमलरीलाई कानुनी रूपमा मुक्त घोषणा गरिए पनि उनीहरूको पुनःस्थापना, सुरक्षित बासस्थान, शिक्षा, रोजगारी तथा जीवनयापनको सुनिश्चितता हुन नसक्दा समस्या झन् जटिल बनेको जनाएको छ । आयोगले सरकारलाई पटक–पटक अध्ययन प्रतिवेदन र सिफारिस बुझाएपनि कार्यान्वयन हुन नसकेको भन्दै स्रोत–साधन र अधिकार अभावका कारण अपेक्षित काम गर्न कठिन भएको बताएको हो । बिहीबार बसेको प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक मामिला समितिको बैठकमा थारू आयोगको कामकारबाही तथा प्रगति सम्बन्धमा भएको छलफल भएको थियो ।

    उक्त छलफलका क्रममा थारु आयोगका कार्यबाहक अध्यक्ष सुबोध सिंह थारूले मुक्त कमैया र कमल्हरीको अवस्था अझै दयनीय रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले भने, ‘कमैया र कमलरीलाई मुक्त त गरियो, तर त्यसपछि उनीहरूको जीवन झन् विकराल भयो । पहिले कमैया साहुको घरमा बस्ने, काम गर्ने र खान पाउँथे। मुक्त भएपछि त्यहाँ बस्न र काम पनि नपाउने अवस्था आयो। त्यसैले सुरक्षित बासस्थान, शिक्षा, रोजगारी र दैनिक जीवनको व्यवस्थापन राज्यले सुनिश्चित गर्नुपर्छ भन्ने हाम्रो अध्ययन प्रतिवेदनले देखाएको छ ।’ उनका अनुसार आयोगले सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा अध्ययन गरेर सरकारलाई प्रतिवेदन बुझाएको भएपनि त्यसअनुसार काम हुन सकेको छैन । उनले भने, ‘सरकारले जग्गा दियो, तर घर बनाउने पैसा भएन ।

    १० धुर वा एक–दुई कठ्ठा जग्गा पाउँदा पनि घर कसरी बनाउने, खुला आकाशमुनि बस्नुपर्ने अवस्था भयो। त्यसैले मुक्त गरिदिएर मात्रै हुँदैन, उनीहरूको सुरक्षित पुनःस्थापना पनि गर्नुपर्छ ।’ आयोगका सिफारिसहरू संसदमा गम्भीर रूपमा छलफल हुनुपर्ने आवश्यकता रहेको पनि उनले औँल्याए । उनले भने, ‘हामी गाउँ–बस्तीमा गएर प्रत्यक्ष अध्ययन गरेर समस्या र समाधानसहित सिफारिस गर्छौं । तर संसदमा ती विषयमा छलफल नै हुँदैन । आयोगलाई पनि सम्बन्धित छलफलमा बोलाइयो भने हामी प्रत्यक्ष अनुभवका आधारमा समाधान प्रस्तुत गर्न सक्छौं ।’ थारू समुदायको सूचीकरण सम्बन्धमा बोल्दै उनले देशभर ५२३ प्रकारका थारू थर रहेको अध्ययनले देखाएको जानकारी दिए। भाषा र संस्कृतिको संरक्षणबारे उनले थारू समुदाय सांस्कृतिक रूपमा अत्यन्त समृद्ध रहेको उल्लेख गर्दै सबै क्षेत्रका थारू समुदायले स्वीकार्ने साझा मानक भाषा निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिए । आयोगप्रति समुदायमा पर्याप्त जानकारी नपुगेको स्वीकार गर्दै उनले धेरैले आयोगलाई विकास निर्माण गर्ने निकायका रूपमा बुझ्ने गरेको बताए । उनले भने, ‘गाउँमा धेरैले आयोगले बाटो बनाइदिनुप¥यो, धारा खनिदिनुप¥यो भन्ने अपेक्षा गर्नुहुन्छ । आयोगको भूमिका नीति, कानुन र अधिकारको संरक्षण हो भन्ने बुझाउन हामीले जनचेतनामूलक कार्यक्रम गरिरहेका छौं। तर बजेटको अभावले पर्याप्त काम गर्न सकिएको छैन।’

    यस्तै, समिति सभापति आकृति अवस्थीले आयोगले गुनासो संकलनमा मात्र सीमित नभई समुदायको वास्तविक जीवनस्तर सुधार हुने गरी परिणाममुखी काम गर्नुपर्नेमा जोड दिइन्। उनले आयोगका अध्ययन, प्रतिवेदन र अनुसन्धानलाई व्यवहारमा लागू गर्न सम्बन्धित मन्त्रालय, स्थानीय तह तथा सरोकारवाला निकायसँग प्रभावकारी समन्वय आवश्यक रहेको बताइन्। उनले भनिन्, ‘हामीले गुनासोहरू गर्नुभन्दा पनि समुदाय स्तरबाट आएका गुनासोहरूलाई हामीले कसरी अन्यायमा परेका समुदायहरूलाई न्याय दिने, उहाँहरूको जीवनस्तर उकास्ने भन्ने कुरामा आयोगले काम गर्नुपर्छ। गुनासो मात्रै गरेर प्रगतितर्फ जान सकिँदैन।’ सभापति अवस्थीले आयोगका सिफारिसहरू कागजमै सीमित हुने अवस्था अन्त्य गर्न सरकारसँग समन्वय गरेर कार्यान्वयनको अवस्था अनुगमन गर्ने प्रणाली विकास गर्नुपर्ने आवश्यकता औँल्याइन्। उनले भनिन्, ‘सिफारिस गरेर टेबलमा छोड्दैमा कार्यान्वयन हुँदैन। आयोगले सिफारिसको अवस्था ट्र्याकिङ गर्ने सिस्टम बनाउनुपर्छ। अबका सिफारिसमा समयसीमा तोक्नुपर्छ र यति समयभित्र सरकारले काम नगरे समुदायमा कस्तो असर पर्छ भन्ने पनि स्पष्ट गर्नुपर्छ।’

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.