• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

आलोचनामा केन्द्रित हुँदा कांग्रेस पार्टी गन्तब्यमा पुग्न सक्दैनः विश्वप्रकाश शर्मा

  •   बिहिबार, साउन ०७, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र हुने आलोचनामा अल्झिनुभन्दा बीपी कोइरालाको विचार, संस्कार र आदर्शलाई २१औँ शताब्दीका युवाको भावनासँग जोडेर समुन्नतिको यात्रामा अघि बढ्नुपर्ने बताएका छन्। बिहीबार काठमाडौंको राष्ट्रिय सभागृहमा नेपाली कांग्रेसद्वारा आयोजित ‘जरा अभियान’ समापन तथा नयाँ अभियान घोषणा समारोहलाई सम्बोधन गर्दै शर्माले पार्टीभित्रको आलोचनाप्रति संकेत गर्दै त्यसमा केन्द्रित हुँदा गन्तव्यमा पुग्न नसकिने बताए। उनले भने, ‘कसैले कहीँ भेला भएर धेरै आलोचना गर्नुभयो भनेर त्यतातिर ढुंगा हानिराख्दा हामी गन्तव्यमा पुग्न सक्दैनौं ।

    बीपी कोइरालाको पुण्यतिथिमा बीपीकै विचार र संस्कारको कुरा गरौं। २१औँ शताब्दीका युवाको भावनासँग बीपीको विचारलाई एकाकार गरेर समुन्नतिको गन्तव्यतर्फ अघि बढ्ने संकल्प गरौं।’ शर्माले जलवायु परिवर्तनलाई विश्वकै गम्भीर चुनौतीका रूपमा उल्लेख गर्दै नेपाल पनि यसको प्रत्यक्ष असरबाट अछुतो नरहेको बताए । उनले दुई वर्षअघि असारमा खडेरी परेको र त्यही वर्ष असोज १२ गते काठमाडौं डुबानमा परेको घटनाको स्मरण गर्दै भारतको टिस्टा क्षेत्रमा आएको बाढी तथा साउदी अरेबियामा हजका क्रममा ५५ डिग्री तापक्रमका कारण एक हजारभन्दा बढी तीर्थयात्रीको मृत्यु भएको उदाहरण प्रस्तुत गरे। उनले भने, ‘आईसीमोडको रिपोर्टले हाम्रो क्षेत्रमा ४७ वटा हिमताल जुनसुकै बेला विस्फोट हुन सक्ने जोखिम रहेको देखाएको छ।’

    शर्माले कांग्रेसले आयोजना गरेको ‘ग्रिन रन’ केवल दौड प्रतियोगिता नभई समाजलाई जलवायु परिवर्तनप्रति सचेत गराउने अभियान भएको बताए। उनले भने, ‘पृथ्वीको रक्षा गर्नुपर्छ भने सबैभन्दा पहिले नेपालका हिमाल जोगाउनुपर्छ भन्ने अपिल गर्न हामी उभिएका हौं। जलवायु परिवर्तनका विषयमा आम नागरिकलाई शिक्षित गर्ने अभियान आवश्यक छ।’ शर्माले बीपी कोइरालाले धेरै पहिले नै वातावरण संरक्षणको महत्व बुझेको उल्लेख गर्दै वन संरक्षणका लागि निजी स्वामित्वका जंगल राष्ट्रियकरण गरेको स्मरण गरे। साथै, पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले ती वन समुदायलाई हस्तान्तरण गरेपछि नेपाल सामुदायिक वन व्यवस्थापनमा विश्वसामु उदाहरण बनेको बताए। उनले भने, ‘आज नेपालले विश्वसामु भन्न सक्छ कि हाम्रो कुल भू–भागको ४५ प्रतिशतभन्दा बढी क्षेत्रमा वन छ। बीपीले त्यो बेला नै पृथ्वी जलवायु संकटसँग जुध्नेछ र त्यसलाई जोगाउने सबैभन्दा ठूलो आधार रुख हुने दूरदृष्टि राख्नुभएको थियो। त्यसैले बीपीले कांग्रेसको चुनाव चिन्ह पनि रुख लिनुभयो।’ न्यूज बैंक

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.