• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ४. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

कालिकामा भूमि प्रशासन सेवा सुरु,आजमात्रै ७ वटा लिखत पास र २ वटा घर कायम, २ लाखबढी राजश्व संकलन

  •   बिहिबार, साउन १४, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको कालिका नगरपालिकाले स्थानीय तहबाटै भूमि प्रशासन सेवा सञ्चालनमा ल्याएको छ। भूमि व्यवस्थापन शाखा स्थापना गर्दै नगरपालिकाले बुधबारदेखि नापी, जग्गा प्रशासन तथा विभिन्न लिखत पारितसम्बन्धी सेवा औपचारिक रूपमा सुरु गरेको हो। यससँगै चितवनका सात स्थानीय तहमध्ये भूमि प्रशासन सेवा सञ्चालन गर्ने कालिका पहिलो नगरपालिका बनेको छ। नेपालको संविधानले भूमि प्रशासनसम्बन्धी अधिकार स्थानीय तहलाई प्रत्यायोजन गरे पनि आवश्यक पूर्वाधार र जनशक्तिको अभावका कारण हालसम्म यी सेवा संघीय सरकारअन्तर्गतका मालपोत, भूमि सुधार तथा नापी कार्यालयमार्फत प्रवाह हुँदै आएका थिए।

    आवश्यक तयारी पूरा गरेपछि कालिका नगरपालिकाले आफ्नै कार्यालयबाट सेवा सुरु गरेको हो। नगरप्रमुख विनोद रेग्मीले सेवा सञ्चालनसँगै कालिका नगरपालिकाका ११ वटै वडाका नागरिकले अधिकांश भूमि प्रशासनसम्बन्धी सेवा आफ्नै पालिकाबाट प्राप्त गर्न सक्ने बताए। उनका अनुसार यसअघि सामान्य कामका लागि समेत सेवाग्राही भरतपुरस्थित मालपोत, भूमि सुधार तथा नापी कार्यालय धाउनुपर्ने बाध्यता थियो। भूमि प्रशासन अधिकृत रामप्रसाद अधिकारीका अनुसार सेवा सुरु भएको पहिलो दिनमै ६ वटा जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिएको छ। पहिलो सेवाग्राहीका रूपमा गोरखा भुङ्लिचोककी चन्द्रमाया आलेले सेवा लिएकी थिइन्। पहिलो दिनमै करिब २ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको उनले जानकारी दिए।

    आज विहीवार ७ वटा लिखत पास र २ वटा घर कायम गरिएको भूमी प्रशासन अधिकृत अधिकारीले जानकारी दिए । उनका अनुसार अनुसार आजमात्रै भूमी प्रशासन शाखामा २ लाख ७ हजार राजश्व संकलन भएको छ । नगरबासीहरुलाई सहजताका लागि साउन १२ गतेदेखि नै भूमि प्रशासन शाखाले काम सुरु गरेको थियो । भरतपुर महानगरपालिका निवासी सुमित्रा श्रेष्ठले कालिका नगरपालिका–५ मा रहेको जग्गाको किनबेचका लागि स्थानीय तहबाटै लालपुर्जा प्राप्त गर्न पाउँदा खुसी लागेको बताइन्। जग्गा विक्रेता निर्मला ढकालले पनि आफ्नै पालिकाबाट किनबेच प्रक्रिया सम्पन्न गर्न पाउँदा समय र खर्च दुवै बचत भएको प्रतिक्रिया दिइन्। प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईंका अनुसार हालका लागि जग्गाको श्रेस्ता कायम गर्ने सेवा भने भरतपुरस्थित सम्बन्धित कार्यालयबाटै उपलब्ध हुनेछ।

    अन्य अधिकांश भूमि प्रशासनसम्बन्धी सेवा भने नगरपालिकाबाटै प्रदान गरिने उनले बताए। नगरपालिकाले सगोलनामाको लिखत पारित, मृत्युपछिको नामसारी, राजीनामा लिखत पारित, छोडपत्र लिखत पारित, हालैदेखिको बकसपत्र, शेषपछिको बकसपत्रलगायतका सेवा सञ्चालनमा ल्याएको जनाएको छ। नगर उपप्रमुख विमला तामाङले सेवा विकेन्द्रीकरणसँगै अब सामान्य भूमि प्रशासनका कामका लागि भरतपुर पुग्नुपर्ने बाध्यता हट्ने विश्वास व्यक्त गरिन्। यसबाट सेवाग्राहीको समय, श्रम र खर्च बचत हुनुका साथै स्थानीयस्तरमै छिटो, सहज र प्रभावकारी सेवा प्रवाह हुने उनको भनाइ छ। नापी अधिकृत सुन्दर अधिकारीका अनुसार नापी शाखाबाट प्रदान गरिने अधिकांश सेवा अब कालिका नगरपालिकाबाटै उपलब्ध हुनेछन्। कित्ताकाट, कित्ता एकीकरण, नक्सा प्रिन्ट, नक्सा संशोधनलगायतका कामका लागि अब भरतपुर वा खैरहनी जानुपर्ने अवस्था अन्त्य भएको उनले बताए।

    भूमि प्रशासन सञ्चालनमा सहजीकरणका लागि खटिएका नायब सुब्बा भोजराज ढकालका अनुसार मालपोत नियमावलीको पछिल्लो संशोधनअनुसार जग्गाधनी संकेत नम्बर कायम भएका लालपुर्जामा आधारित राजीनामा, अंशबन्डा, सट्टापट्टा, बकसलगायतका लिखत यहीँबाट पारित हुनेछन्। घर कायम, विवरण संशोधनजस्ता अन्य संशोधनसम्बन्धी सेवा पनि नगरपालिकाबाटै उपलब्ध गराइने उनले जानकारी दिए। भूमि प्रशासन सेवा स्थानीय तहबाटै सुरु भएसँगै कालिका नगरपालिकाका नागरिकले अब अधिकांश नापी तथा मालपोतसम्बन्धी सेवा आफ्नै पालिकाबाट सहज रूपमा प्राप्त गर्ने भएका छन्। यसले सेवाप्रवाहलाई थप प्रभावकारी बनाउनुका साथै सेवाग्राहीको समय र आर्थिक भारसमेत घटाउने नगरपालिकाको अपेक्षा छ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ४.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.