• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

नयाँ पुस्ताले इतिहास र अग्रजको सम्मान गर्नुपर्छ: माधव नेपाल

  •   आइतबार, साउन १७, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधव नेपालले जननायक तुलसीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा जेनजी आन्दोलनका क्रममा महत्वपूर्ण ऐतिहासिक दस्तावेज, सरकारी भवन तथा विभिन्न नेताका घरमा आगजनी भएको उल्लेख गर्दै त्यसबाट मुलुकको राजनीतिक र बौद्धिक सम्पदामा क्षति पुगेको बताएका छन् । उनले जेनजी आन्दोलनका क्रममा विभिन्न महत्वपूर्ण दस्तावेज, नेताहरूका घर तथा सरकारी भवनमा आगजनी भएको भन्दै उक्त घटनाको असर विभिन्न संस्थाले पनि भोग्नुपरेको बताए ।

    उनले नेकपा एमालेको पुस्तकालय तथा त्यहाँ रहेका बहुमूल्य पुस्तकसमेत आगजनीबाट नष्ट भएको उल्लेख गरे । उनले भने, ‘जेनजी आन्दोलनमा निकै नै महत्वपूर्ण दस्तावेजहरू जलाइए, विभिन्न नेताहरूका घरहरू जलाइए, सरकारका विभिन्न भवनहरू जलाइए । यसरी विनाशलीला नै रचाउने काम भयो । यसको असर यो प्रतिष्ठानले पनि भोग्नुपर्यो। सबैभन्दा दुःखद कुरा भनेको प्रतिष्ठानसँग रहेको सामग्री पनि नष्ट हुनु हो । त्यसपछि नेकपा एमालेसँग भएको पुस्तकालय र पुस्तकालयमा रहेका अत्यन्तै बहुमूल्य पुस्तकहरू पनि सबै जलाइए ।’ माधव नेपालले मुलुकको राजनीति र इतिहासमा योगदान पुर्याएका अग्रज व्यक्तित्वहरूको सम्मान गर्नुपर्नेमा जोड दिए । नयाँ पुस्ताले इतिहास र त्यसमा योगदान दिने व्यक्तित्वलाई चिन्न, बुझ्न र सम्मान गर्न नसक्नु दुःखद विषय भएको उनको भनाइ थियो । उनले भने, ‘मुलुकको राजनीतिमा, मुलुकको इतिहासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने, हाम्रो आजको सान र मानलाई अगाडि बढाउने ती योद्धाहरूलाई हामी सबैले सम्मान गर्नुपर्छ ।

    जुन देशमा नयाँ पुस्ताहरूले पुरानो पुस्ताको सम्मान गर्न सक्दैनन्, इतिहासमा महत्वपूर्ण योगदान गर्ने को हुन्, को होइनन् भन्ने कुरा बुझ्न पनि सक्दैनन्, तिनीहरूको कदर पनि गर्न जान्दैनन् भने त्योभन्दा लाजमर्दो कुरा अरू केही हुन सक्दैन ।’ उनले समाजमा बढ्दो हिंसा र आगजनीका घटनाप्रति चिन्ता व्यक्त गर्दै अरूको घर, सम्पत्ति तथा परिवारमाथि हुने हिंसाको पीडा आफूलाई परेको भए कस्तो हुन्थ्यो भन्ने सोच्न आवश्यक रहेको बताए । समाजमा सहिष्णुता, सम्मान र जिम्मेवारीको संस्कार विकास गर्नुपर्नेमा उनले जोड दिए । उनले भने, ‘हामीले कस्तो पुस्ता जन्माएका छौं ? कस्तो पुस्ता हुर्काएका छौं ? कस्तो संस्कार दिएका छौंरु कस्तो संस्कृति सिकाएका छौं ? यो आफैंलाई पनि सोध्न मन लाग्छ । हामी सबैले आफूले आफैंलाई सोधौं । आत्ममन्थन गरौं ।

    वास्तवमा ठीक कति भयो ? बेठीक कति भयो ? अरूको घर जलाउनेले सम्झिऊन्, उनीहरूको आफ्नै घर जलेको भए के हुन्थ्यो ? अरूको परिवारमाथि हातपात गर्ने कामहरू भए, जलाउने कामहरू भए, हात काट्नुपर्ने स्थिति बन्यो, त्यही आफ्नै परिवारका सदस्यहरूमाथि भएको भए के हुन्थ्यो ? यति पनि सोच्न नसक्ने हो भने के भन्नु मैले ।’ उनले सबैलाई आत्ममन्थन गर्दै सही र गलत कार्यको समीक्षा गर्न तथा हिंसा र विनाशको संस्कृतिबाट टाढा रहन आग्रह गरे ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.