चितवन । आरम्भ कलेज, भरतपुरले विद्यार्थीहरूको नेतृत्व क्षमता, व्यक्तित्व विकास तथा व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको ‘आरम्भ स्टुडेन्ट्स एक्सलेन्स समिट’ सम्पन्न भएको छ।
शनिबार मौलाकालिकास्थित इला रिसोर्टमा सम्पन्न समिटमा वित्तीय साक्षरता, व्यवस्थापन तथा योजना, स्टार्टअप तथा उद्यमशीलताको मनोविज्ञान, रणनीतिक व्यवस्थापन, आत्मविश्वास अभिवृद्धि तथा सार्वजनिक कार्यक्रममा बोल्ने कलालगायतका विषयमा विद्यार्थीहरूलाई प्रशिक्षण दिइएको थियो।
कलेजका प्रिन्सिपल सुरज शिवाकोटीका अनुसार कार्यक्रममा विद्यार्थीहरूले विभिन्न क्षेत्रका विज्ञहरूसँग प्रत्यक्ष संवाद गर्दै नेतृत्व, नवप्रवर्तन तथा व्यावसायिक विकाससम्बन्धी ज्ञान र अनुभव हासिल गरेका छन्।
समिटमा नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) चितवन च्याप्टरकी उपाध्यक्ष सन्ध्या कँडेल, एफसीए निसान पौडेल र चितवनका पहिलो आवाजका मनोज पन्तले प्रशिक्षण दिएका थिए।
कार्यक्रमले विद्यार्थीहरूमा नेतृत्व क्षमता विकास, आत्मविश्वास अभिवृद्धि तथा नवप्रवर्तनशील सोचको विकास गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास कलेजले लिएको प्रिन्सिपल शिवाकोटीले बताए।








