• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ७. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. कालिका नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा किरण थापा

भरतपुर–१२ टाउन चोकमा डेरी मार्टको चौँथो शाखा सञ्चालन

  •   सोमबार, साउन २५, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले सञ्चालन गर्दै आएको डेरी मार्टको चौँथो शाखा भरतपुर महानगरपालिका–१२, टाउन चोकमा सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। स्थानीय उपभोक्तालाई शुद्ध, ताजा र गुणस्तरीय दुग्धजन्य पदार्थ सहज रूपमा उपलब्ध गराउने उद्देश्यले सहकारीले डेरी मार्टको सेवा विस्तार गरेको हो।

    नयाँ शाखाको उद्घाटन कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिका वडा नं. १२ का अध्यक्ष लेखराज पन्त (हरि)ले स्थानीय किसानले उत्पादन गरेको दूध तथा दुग्धजन्य पदार्थको बजारीकरणमा डेरी मार्टले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

    ‘स्थानीय किसानले उत्पादन गरेका दूध तथा शुद्ध दुग्धजन्य उत्पादनलाई सीधै उपभोक्तामाझ पुर्‍याउने यो प्रयास सराहनीय छ,’ उनले भने, ‘यसबाट किसानले उचित मूल्य पाउनुका साथै टाउन चोक र आसपासका उपभोक्ताले शुद्ध तथा स्वास्थ्यवद्र्धक दुग्धजन्य पदार्थ उपभोग गर्ने अवसर पाउनेछन्।’ उनले डेरी मार्ट सञ्चालनमा वडा कार्यालयका तर्फबाट आवश्यक सहयोग र सहकार्य निरन्तर रहने प्रतिबद्धता जनाए।

    कार्यक्रममा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले किसानको हित र उपभोक्ताको स्वास्थ्यलाई प्राथमिकतामा राखेर डेरी मार्ट सञ्चालन गरिएको बताए। किसानले उत्पादन गरेको दूधको बजारीकरण सुनिश्चित गर्नुका साथै उपभोक्तालाई गुणस्तरीय र मिसावटमुक्त दुग्धजन्य पदार्थ उपलब्ध गराउनु संघको मुख्य उद्देश्य रहेको उनको भनाइ थियो।

    ‘यसअघि सञ्चालनमा रहेका शाखाबाट प्राप्त जनविश्वास र उत्साहजनक प्रतिक्रियाका कारण टाउन चोकमा चौँथो शाखा विस्तार गर्न सफल भएका हौँ,’ अध्यक्ष बगालेले भने, ‘आगामी दिनमा पनि गुणस्तरमा कुनै सम्झौता नगरी सेवा विस्तार गर्दै लैजानेछौँ।’

    डेरी मार्टमा स्थानीय किसानबाट संकलित शुद्ध दूध, दही, घिउ, पनिर, नौनीलगायत विभिन्न दुग्धजन्य पदार्थ बिक्रीका लागि राखिएको संघले जनाएको छ। मार्टमा नौनी घिउ प्रतिकिलो ९०० रुपैयाँ र घिउ प्रतिलिटर १ हजार २०० रुपैयाँमा उपलब्ध गराइएको छ।

    टोल विकास संस्थाकी अध्यक्ष गायत्री श्रेष्ठले डेरी मार्टले सर्वसुलभ मूल्य र गुणस्तरमा विशेष ध्यान दिनुपर्ने बताइन्। स्थानीय टोलमै डेरी मार्ट सञ्चालनमा ल्याएकोमा उनले सहकारी संघलाई धन्यवाद दिइन्।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.