• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ४. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ५. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ६. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ९. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • १०. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

चितुवा बस्तीमाः स्थानीयवासी त्रसित

  •   शुक्रबार, साउन २९, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर आसपासका बस्तीमा बच्चासहित चितुवा देखिन थालेपछि स्थानीयवासीमा त्रास फैलिएको छ। चितवन राष्ट्रिय निकुञ्जभित्र बाघको संख्या धेरै भएकाले चितुवाले आफ्नै छुट्टै क्षेत्र बनाउन कठिन हुँदा मानवबस्ती आसपास प्रवेश गर्ने गरेको वन्यजन्तु प्राविधिकहरूले बताएका छन्।

    राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिक तीर्थ लामाका अनुसार बस्तीमा देखिएको पोथी चितुवा आफ्ना बच्चालाई सुरक्षित राख्न त्यहाँ आएको हुनसक्छ। चितुवाका बच्चालाई बाघका साथै भाले चितुवाबाट समेत खतरा हुने गर्छ। भाले चितुवाले अरू पोथीका वा आफ्नै बच्चासमेत मार्ने जोखिम रहने भएकाले पोथीले बच्चा हुर्काउँदा सुरक्षित स्थान खोज्ने गर्छ।

    हाल नियन्त्रणमा लिइएको एउटा चितुवा करिब नौ महिनाको रहेको लामाले जानकारी दिनुभयो। अर्को माउ चितुवा र एउटा बच्चा अझै बस्ती आसपास घुमिरहेको अनुमान गरिएको छ। चितुवा सामान्यतया दुईदेखि तीन वर्षको उमेरमा वयस्क हुन्छ। बच्चा करिब एकदेखि दुई वर्षको भएपछि माउबाट छुट्टिएर आफ्नै क्षेत्र बनाएर बस्ने गर्छ। बच्चा हुर्काएपछि चितुवाले एउटै क्षेत्रमा मात्र सीमित भएर जीवन बिताउँदैन। यसको सरदर आयु करिब १० वर्ष हुने बताइएको छ।

    बस्तीमा प्रवेश गरेको चितुवालाई नियन्त्रणमा लिन डिभिजन वन कार्यालय, चितवनले विभिन्न उपाय अपनाएको छ। कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार दिउँसो ड्रोनमार्फत खोजी गर्ने, सिसी क्यामेरा जडान गर्ने, खोरमा राखेर ट्रयापिङ गर्ने तथा खुट्टामा पर्ने लेग ट्रयाप प्रयोग गर्ने काम भइरहेको छ।

    यसै क्रममा अविनाश पोल्ट्री फार्मको झाडीबाट एउटा बच्चा चितुवा नियन्त्रणमा लिएर राष्ट्रिय प्रकृति संरक्षण कोषको जिम्मेवारीमा दिइएको छ। माउ चितुवा भने अर्को बच्चासहित बस्तीमै घुमिरहेको बताइएको छ। चितुवा रुख चढ्न सक्ने भएकाले त्यसलाई सुरक्षित रूपमा नियन्त्रणमा लिन चुनौती हुने प्राविधिक लामाले बताउनुभयो।

    चितुवा प्रायः गाउँघर तथा बस्ती वरपरका सामुदायिक वनमा बस्ने गर्छ। यसले कुकुरलगायत साना तथा मध्यम आकारका जनावरको सिकार गर्ने गरेको पाइन्छ। वन क्षेत्रमा पर्याप्त सुरक्षित बासस्थान र आहारको अवस्था प्रभावित हुँदा चितुवा मानवबस्ती नजिक आउने सम्भावना बढ्ने गर्छ।

    बस्तीमा चितुवा देखिएपछि स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ। वन कार्यालयका अनुसार चितुवालाई नियन्त्रणमा लिन तथा सम्भावित जोखिमबाट बस्तीलाई सुरक्षित राख्न खोजी र नियन्त्रणका सबै सम्भावित प्रयास जारी राखिएको छ। स्थानीयवासीले पनि रातको समयमा अनावश्यक रूपमा घरबाहिर ननिस्कन र चितुवा देखिएमा आफैँ समात्ने वा लखेट्ने प्रयास नगरी सम्बन्धित निकायलाई खबर गर्नुपर्ने बताइएको छ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ४.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ५.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.