• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

‘पेन्सन पट्टा’ सम्बन्ध, भावना र मनोविज्ञानको प्रतिनिधि कथा : दयाहाङ

  •   बुधबार, भदौ ०३, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    पोखरा । अभिनेता दयाहाङ राईका लागि ‘पेन्सन पट्टा’ एउटा फिल्म मात्र होइन, नेपाली समाजको एउटा परिचित कथा हो । भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्मबारे पोखरामा आयोजित पत्रकार सम्मेलनमा राईले ‘पेन्सन पट्टा’ले दर्शकलाई आफ्नै जीवन, परिवार र समाजसँग जोड्ने बताएका छन् । फिल्ममा दयाहाङले निर्वाह गरेको पात्रको कथा लाउरे परिवारसँग जोडिएको छ । तर, आफ्नो वास्तविक जीवनमा भने लाउरे परिवारसँग कुनै पारिवारिक सम्बन्ध नरहेको उनले स्पष्ट पारे । यद्यपि, नेपाली समाजमा लाउरे परिवारका कथा आफूले नजिकबाट देखेको उनको भनाइ छ । “लाउरेसँग मेरो पारिवारिक सम्बन्ध छैन । तर छिमेक र नेपाली समाजमा लाउरे परिवारका कथा धेरै छन्,” दयाहाङले भने ।

    उनका अनुसार ३०–४० वर्षअघिको नेपाली समाजमा ‘पेन्सन पट्टा’को आफ्नै महत्व थियो । भूतपूर्व गोर्खालीहरूले देश र समाजका लागि गरेको योगदानसँग जोडिएको पेन्सन र त्यसले परिवारमा पार्ने प्रभाव फिल्मको कथाको महत्वपूर्ण पाटो बनेको छ । तर ‘पेन्सन पट्टा’को कथा पेन्सनमै सीमित छैन । हराएको पेन्सन पट्टा खोज्ने घटनासँगै फिल्मले प्रेम, भावना, पारिवारिक सम्बन्ध र सामाजिक संरचनाका तहहरूलाई उधिनेको दयाहाङ बताउँछन् । “पेन्सन पट्टा हरेक समाजको कथा हो । यसले इमोसन, प्रेम र समाजको स्ट्रक्चरलाई बोल्छ,” उनले भने, “हराएको पेन्सन पट्टा खोज्नु र त्यससँगै समाजको परिवेशलाई बोल्नु चलचित्रको विशेषता हो ।” दयाहाङका लागि फिल्ममा काम गर्नु नेपाली समाजलाई अर्को कोणबाट बुझ्ने अवसर पनि बनेको छ । चरित्रमार्फत समाजका विभिन्न मनोविज्ञान बुझ्न पाएको बताउँदै उनले फिल्मलाई सरल तर गहिरो कथाका रूपमा व्याख्या गरे । “सिनेमाको चरित्रमार्फत आम नेपाली समाजलाई थोरै भए पनि बुझ्न पाएको छु ।

    पेन्सन पट्टा निकै सरल रूपमा प्रस्तुत गरिएको कथा हो । हरेक वर्गका मानिसले बुझ्न सक्छन् र आफ्नो घरको व्यथा मान्न सक्छन्,” उनले भने । फिल्मका लेखक तथा निर्देशक माओत्से गुरुङले आमाको पेन्सन नपाउँदा नेपाली समाजका धेरै परिवारले भोगिरहेको समस्यालाई कथाको आधार बनाएका छन् । गोर्खालीको निधनपछि परिवारले पाउनुपर्ने पेन्सन सहज रूपमा प्राप्त गर्न नसक्दा उत्पन्न हुने पारिवारिक समस्या, सम्बन्धको उतारचढाव र सामाजिक परिवेश फिल्ममा प्रस्तुत गरिएको छ । “आमाको पेन्सन नमिल्दा समाजका धेरै परिवारमा समस्या छ । त्यसलाई चलचित्रमार्फत प्रस्तुत गर्नुपर्छ जस्तो लाग्यो र कथा बन्यो,” गुरुङले भने, “यो आम समुदायको कथा हो । पेन्सन पट्टा तपाईँ–हाम्रै समाजको विषयवस्तु हो ।” फिल्ममा काम गरेपछि लेखनतर्फ आफ्नो रुचि झन् रहेको दयाहाङले स्वीकारे । तर, तत्काल निर्देशनमा जाने आँट भने नआएको उनले बताए । “लेखन मन पर्छ, तर आँट्न सकिरहेको छैन । अहिलेलाई काम नै गरौँ भन्ने लाग्छ,” उनले भने ।

    माओत्से गुरुङको लेखन तथा निर्देशनमा बनेको ‘पेन्सन पट्टा’मा दयाहाङसँगै गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, स्वर्गीय सुनिल थापा, माया गुरुङ, विश्वास गुरुङ, सोल गुरुङ, मनिका गुरुङ, डिभी गुरुङ, पञ्चसुब्बा गुरुङ (दिलु) लगायतका कलाकारको अभिनय छ । पोखराको ताङतिङ र आसपासका क्षेत्रमा छायांकन गरिएको फिल्म भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    २४ दिनमा सकियो ‘मन बिनाको धन–२’को काठमाडौं छायांकन
    ‘पेन्सन पट्टा’को ‘ऐना हेरेर, कपाल कोरेर’ सार्वजनिक

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.