• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ४. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ५. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ६. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ९. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • १०. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

मतदाता नामावली शुद्धीकरण गर्दै जिल्ला निर्वाचन कार्यालय चितवन

  •   शनिबार, भदौ ०६, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय तथा वस्तुगत बनाउन नामावली शुद्धीकरणको कामलाई तीव्रता दिएको छ । कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार पछिल्लो निर्वाचनमा चितवनमा चार लाख ४२ हजार ८२ मतदाता रहेकामा ती मतदाताको विवरण अद्यावधिक गर्ने काम भइरहेको हो । विशेषगरी मृत्यु भएका मतदाताको नाम हटाउनेलगायत विवरण शुद्धीकरण गर्नुपर्ने भएकाले कार्यालयले भरतपुर महानगरपालिकाबाट काम सुरु गरेको कार्कीले बताउनुभयो । उहाँका अनुसार कार्यालय रहेको वडा १० बाट सुरु गरिएको शुद्धीकरण कार्यक्रमअनुसार भरतपुर महानगरपालिकाका २९ वटै वडामा क्रमशः काम गरिनेछ ।

    त्यसपछि अन्य पालिकामा शुद्धीकरणको काम गरिने कार्कीले बताउनुभयो । गत साउन २५ गतेदेखि कार्यालयले वडा-वडामा मतदाता नामावली पठाएर शुद्धीकरणको काम सुरु गरिएको प्रमुख कार्कीले बताउनुभयो । उहाँका अनुसार वडा कार्यालयले घटना दर्ता किताबमा रहेको विवरणसँग मतदाता नामावली रुजु गरी मृत्यु भएका व्यक्तिको हकमा मतदाता परिचयपत्र नम्बरसमेत उल्लेख गरेर विवरण पठाउने व्यवस्था गरिएको छ । भरतपुर महानगरपालिकाका सबै वडाबाट यही भदौ १० गतेसम्म विवरण माग गरिने र १५ गतेभित्र महानगरपालिकाको मतदाता नामावली शुद्धीकरणको काम सम्पन्न गरिने उहाँले बताउनुभयो । आगामी असोज २ गतेदेखि जिल्लाका अन्य स्थानीय तहमा मतदाता नामावली शुद्धीकरणको काम सुरु गरिने कार्कीले जानकारी दिनुभयो । मृत्यु भएका परिवारका सदस्य वा आफन्तले मृत्यु दर्ता प्रमाणपत्रसहित जिल्ला निर्वाचन कार्यालयमा आएर जानकारी गराई मतदाता नामावली अद्यावधिकमा सहयोग गर्न प्रमुख कार्कीले सबैमा आग्रह गर्नुभयो ।

    राष्ट्रिय परिचयपत्र प्राप्त गरेका नागरिकले परिचयपत्रको विवरणका आधारमा मतदाता नामावलीमा दर्ता गर्न सक्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो । राष्ट्रिय परिचयपत्र नभएका नागरिकले निर्वाचन आयोगको प्रणालीमार्फत अनलाइन फारम भरी जैविक विवरणका लागि जिल्ला निर्वाचन कार्यालयमा उपस्थित हुनुपर्ने उहाँले बताउनुभयो । मतदाता नामावलीमा रहेका नाम, थर, ठेगानालगायत त्रुटि सच्याउने, आफूलाई पायक पर्ने मतदानस्थल परिवर्तन गर्ने, दोहोरो नाम हटाउने तथा मृत्यु वा बसाइँसराइका कारण विवरण अद्यावधिक गर्नुपर्ने भएमा अनलाइनमार्फत आवेदन दिन सकिने उहाँले जानकारी दिनुभयो । यसैगरी, पछिल्लो निर्वाचनयता चितवनमा छ हजार ७७५ जना नयाँ मतदाता थपिएको प्रमुख कार्कीले जानकारी दिनुभयो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ४.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ५.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.