• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

  • १०. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

जनताको अपार समर्थन हुँदाहुँदै कम्युनिस्ट आन्दोलन जोगाउन सकेनौंः प्रचण्ड

  •   आइतबार, भदौ ०७, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन आजको आवश्यकता भएको बताएका छन् । कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रचण्डले देशको परिस्थिति असाधारण रहेको र राष्ट्रिय स्वाधीनताको विषय निकै ठूलो संकटबाट गुज्रिरहेको बताए । लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिहरू खोसिँदै गएको तथा त्यसैमाथि विभिन्न खालका साम्राज्यवादी र प्रतिक्रियावादी शक्तिको दबाब तथा हस्तक्षेप बढिरहेको उनको भनाइ थियो । उनले भने, ‘आज देशको परिस्थिति असाधारण खालको छ । निकै ठूलो संकटबाट राष्ट्रिय स्वाधीनताको विषय गुज्रेको छ ।

    लामो संघर्ष र बलिदानबाट प्राप्त भएका उपलब्धिहरू खोसिँदै छन् । त्यसमाथि विभिन्न खालका साम्राज्यवादी र प्रतिक्रियावादीहरूको दबाब, हस्तक्षेप बढिरहेको छ ।’ यस्तो अवस्थामा विचार मिल्ने शक्तिहरूबीच पार्टी एकता, तत्कालका निश्चित विचार र मुद्दामा सहमति राख्ने शक्तिहरूबीच सहकार्य तथा विगतमा शान्ति र संविधानका पक्षमा र संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा सहकार्य गरेका शक्तिहरूबीच मोर्चा आवश्यक रहेको उनले बताए । प्रचण्डले आफूहरू कुनै न कुनै समयमा एउटै पार्टीका सहयोद्धा रहेको उल्लेख गर्दै अहिलेको समय र परिस्थितिले सबैलाई गम्भीर आत्मसमीक्षा गर्न प्रेरित र बाध्य बनाएको बताए । उनले भने, ‘हामी यहाँ उपस्थित भएकाहरू कुनै न कुनै समयमा एउटै पार्टीका सहयोद्धाहरू थियौं । आज समय र परिस्थितिले फेरि सबैलाई गम्भीर आत्मसमीक्षा गर्न प्रेरित गरेको छ, बाध्य पारेको छ ।’

    उर्वर रूपमा अगाडि बढिरहेको कम्युनिस्ट आन्दोलन अहिले रक्षात्मक अवस्थामा पुग्नुका साथै ठूलो धक्का र संकटमा पर्नुको मूल कारणबारे गम्भीर समीक्षा गर्नुपर्ने अवस्था आएको उनले बताए । इतिहास, वर्ग संघर्ष र राजनीतिक संघर्षले आफूहरू सबैलाई त्यसबारे समीक्षा गर्ने ठाउँमा ल्याइपुर्याएको उनको भनाइ थियो । प्रचण्डले गत भदौ २३ र २४ गते भएको विध्वंसको घटनाले प्रतिक्रान्तिको भयानक विभीषिका देखाएको बताए । उक्त घटनाबाट समेत अनुभव लिएर कम्युनिस्टहरूले आफ्ना गम्भीर त्रुटिहरूबारे समीक्षा गर्नुपर्ने उनले बताए । उनले भने, ‘गत भदौ २३, २४ गतेको विध्वंसले प्रतिक्रान्तिको भयानक विभीषिका हामीले देख्यौं । त्यसका समेत अनुभवहरूबाट मैले के भन्ने गरेको छु भने कहीँ न कहीँ हामी कम्युनिस्टहरूले केही गम्भीर त्रुटि गर्यौं ।’ नेपाली जनताले कम्युनिस्ट पार्टीलाई पटक–पटक विश्वास गरेको, ठूलो त्याग र बलिदानमा सहभागिता जनाएको तथा निर्वाचन प्रक्रियामा समेत अत्यधिक मत दिएको स्मरण गर्दै त्यसका बाबजुद कम्युनिस्ट आन्दोलन र उपलब्धिहरूलाई जोगाउन नसक्नु गम्भीर प्रश्न भएको प्रचण्डले बताए ।

    ‘नेपाली जनताको अपार समर्थन हुँदाहुँदै पटक–पटक कम्युनिस्टहरूलाई विश्वास गरेर जनताहरूले ठूलो–ठूलो त्याग र बलिदानमा सहभागिता मात्र होइन, निर्वाचन प्रक्रियामा पनि अत्यधिक मत दिँदादिँदै पनि बचाउन हामीले किन सकेनौं रु यो एउटा गम्भीर प्रश्न छ,’ उनले भने । उनले कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताले विगतका त्रुटिको गम्भीर आत्मसमीक्षा गरी मुख्य त्रुटि कहाँ भयो भन्ने निष्कर्षमा पुग्नुपर्नेमा जोड दिए । त्यसो गर्न नसके कम्युनिस्ट शक्तिहरूबीच एकता हासिल गर्न र हासिल भएको एकतालाई दिगो बनाउनसमेत कठिन हुने उनको भनाइ थियो । ‘जबसम्म हामी आफूलाई कम्युनिस्ट पार्टीका नेता, कार्यकर्ता भन्नेहरूले यो विषयको गम्भीर आत्मसमीक्षा गरेर त्रुटि कहाँनिर भयो, मुख्य त्रुटि के हो भन्ने निष्कर्षमा हामी पुग्न सक्दैनौं भने एकता पनि फेरि हासिल गर्न र त्यो एकतालाई दिगो बनाउन पनि सकिँदैन,’ प्रचण्डले भने ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.