• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

हरियाली र स्वच्छतासँगै सेवाग्राही मैत्री बन्दै भरतपुर अस्पताल

  •   सोमबार, भदौ ०८, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । यहाँको सरकारी अस्पताल भरतपुर अस्पताललाई हरियाली संगै सेवाग्राही मैत्री बनाउने गरी काम अघि वढाईएको छ । बिरामीको उच्च चापको व्यवस्थापन गर्दै अस्पताल प्रशासनले चिकित्सक, कर्मचारीलाई सेवाग्राही संग गरिने व्यवहार राम्रो वनाउन अभिमुखिकरण कार्यक्रम समेत गर्न सुरु गरेको छ । बिरामीको सेवामा रहने चिकित्सक, स्वास्थ्य कर्मी र कर्मचारीलाई सेवाग्राही संग मिठो बोल्न र राम्रो व्यवहार गर्न भनिएको छ । अस्पतालका प्रमुख मेडीकल सुपरिटेण्डेन्ट डा. बिश्वबन्धु बगालेका अनुसार सबै बिभागहरुमा व्यवहारलाई राम्रो गराउन अभिमुखिकरण गर्न थालिएको छ । तीन वटा त्यस्ता कार्यक्रम गरि सकिएको छ । उहाँले भन्नुभयो “यहाँ आउने सेवा ग्राहीलाई हामी सबैले राम्रो व्यवहार गरेर उपचार दिनु पर्छ भन्ने भावनाको बिकास गरिरहेका छौ ।”

    कतिपय समयमा काम गर्ने क्रममा हुने व्यवहारका कारण समस्या आउने गरेको छ । यसैका कारण अस्पतालमा आउने सेवाग्राही र अस्पतालका चिकित्सक कर्मचारी बिचमा द्धन्द्ध समेत हुने गरेको छ । अस्पतालमा उपचारका लागि आउने बिरामी तथा आफन्तले भोग्ने व्यवहार र अस्पतालको वातावरणले उपचार सेवाप्रतिको विश्वासमा समेत प्रभाव पार्ने भएकाले कर्मचारीको व्यवहार सुधारलाई प्राथमिकतामा राखिएको बगाले बताउनुहुन्छ । चिकित्सक, नर्स तथा अन्य कर्मचारीलाई सेवाग्राहीसँग सम्मानजनक, सहयोगी र शिष्ट व्यवहार गर्न निर्देशन दिइएको छ। यसलाईनै प्राथमिकता दिदैं अभिमुखिकरण गरिएको हो । अस्पतालले स्वास्थ्य बिमा कार्यक्रममा इन्चार्ज लिलाधर पौडेलको संयोजकत्वमा हस्पिटल व्यूटीफिकेसन कमिटी समेत वनाएको छ । यसले अस्पताललाई हरियाली, सफा संगै सेवाग्राही मैत्री वनाउन काम गर्ने उहाँ बताउनुहुन्छ । बातावरणीय रुपमा सरसफाई संगै हरियाली वनाउन, सेवाग्राहीसंग राम्रो व्यवहार गर्न, सहज रुपमा सेवा प्रवाह गर्न, पूर्बाधारलाई सुन्दर वनाउने जस्ता काम कमिटीले गरिरहेको छ ।

    डा. वगालेका अनुसार चिकित्सक स्वास्थ्यकर्मीलाई राम्रो व्यबहारका लागि अभिमुखिकरण, कम्तिमा १५ दिनमा एक पटक अभियानका रुपमा पूर्ण सरसफाई, शौचालयहरुमा सरसफाईको रेकर्ड बोर्डमा राख्ने जस्ता काम अस्पतालले थालेको छ । उहाँले उपचार मात्र नभएर यस संग–संगै रहेका धेरै कामहरु जसले सेवाग्राहीलाई प्रभाव पार्न सक्छ त्यस सम्बन्धि काममा ध्यान पु¥याईएको बताउनुभयो । समितिका संयोजक पौडेलका अनुसार अहिले १५ दिनको एक पटक बृहत रुपमा सरसफाई गरिदै आईएको छ । अस्पताल परिषरमा एउटा बाल उद्यान सहित ६ वटा साना पार्कहरु रहेका छन् । चिनिया दुबो लगाईएका ती पार्कहरुमा हरियाली हुने विरुवाहरु छन् । तीनिहरुको सरसफाई, गोडमेल, छाटकाँट जस्ता काम गरिदैं आइएको छ । यसका अतिरिक्त अस्पताल परिषरमा बिरुवाहरु लगाउने, छाटकाँट, गोडमेल, भौतिक पूर्बाधारहरुमा रंगरोगन जस्ता कामहरु भईरहेका छन् । यस संगै बिरामी र आफन्तहरु कुन भवनमा जाने हो त्यहाँ पुग्नका लागि सहज वनाउने काम भईरहेको छ । रंगहरु मार्फत सहजै जान चाहेको ठाउँमा पुग्ने गरी अस्पतालले व्यवस्थापन गर्दै छ । पौडेलका अनुसार अस्पतालका कर्मचारीहरुबाट सेवाग्राही संगको व्यवहारमा सुन्दरता ल्याउने गरी काम भईरहेको छ । बिरामी र आफन्तहरुलाई अस्पताल भित्रका सूचना सहज वनाउने काम पनि गरिएको छ ।

    शौचालय सहित अन्य ठाउँहरुमा सरसफाईको नियमित अनुगमनको काम पनि थालिएको छ । पौडेलले भन्नुभयो “कम खर्चमा फरक पना दिलाउने गरी हामी काममा लागेका छौ ।” अस्पताल प्रशासनले अगाडी रहेको पुरानो भवन भत्काएर त्यहाँ पानीका फोहोरा, ढुङ्गेधार, बगैंचा वनाउने तयारी गरेको छ । पौडेलले भन्नुभयो “जो कोही अस्पताल आउँदा जतिनै तनाब लिएर आए पनि यहाँ छिरि सकेपछि बातावरणीय रुपमा शान्त वनाउने गरी काम गरिरहेका छौ ।” बिरामीको उपचारसँगै उनीहरूले पाउने सम्मान, स्वच्छ वातावरण र सहज सेवा पनि अस्पतालको गुणस्तरको महत्वपूर्ण पक्ष भएकाले भरतपुर अस्पतालले सुरु गरेको यो अभियानले सेवा संस्कृतिमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ। यस अस्पतालमा २५ जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् । एकै दिनमा ३ हजार ८ सय जना सम्म बहिरंग सेवामा बिरामी आएको तथ्याङ्क छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.