• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

बाढीपहिरो प्रभावितलाई चितवन मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

  •   शुक्रबार, भदौ १२, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले बाढी, पहिरो तथा डुबानबाट प्रभावित नागरिकलाई निःशुल्क आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ। रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन, नवलपरासी लगायतका नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै सिएमसीले विपद्का बेला प्रभावित नागरिकको उपचारमा सहयोग गर्ने घोषणा गरेको हो। कलेजद्वारा शुक्रबार जारी विज्ञप्तिअनुसार बाढीपहिरो तथा डुबानबाट प्रभावित र घाइते नागरिकलाई अस्पतालमा निःशुल्क आकस्मिक स्वास्थ्य परीक्षण, प्राथमिक उपचार तथा आवश्यक परे भर्ना सेवा उपलब्ध गराइनेछ।

    विपद्का कारण घाइते तथा प्रभावित नागरिकको उपचारलाई प्राथमिकतामा राख्दै अस्पतालको आकस्मिक कक्ष २४ घण्टा र सातै दिन पूर्ण रूपमा सञ्चालनमा रहने कलेजले जनाएको छ। विपद्को अवस्था हेरी विशेषज्ञ चिकित्सक, नर्सिङ जनशक्ति, एम्बुलेन्स तथा आवश्यक औषधि–उपकरणसहितको छुट्टै आकस्मिक प्रतिकार्य टोली (इमर्जेन्सी रेस्पोन्स टिम) तयारी अवस्थामा राखिएको विज्ञप्तिमा उल्लेख छ। आवश्यकता परेको अवस्थामा उक्त टोलीलाई घटनास्थल वा विपद् प्रभावित क्षेत्रमा समेत परिचालन गर्न सकिने कलेजका प्रबन्ध निर्देशक प्रताप देवकोटाले बताउनुभयो । कलेजले विपद् व्यवस्थापन तथा स्वास्थ्य सेवा प्रवाहका लागि नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्थानीय प्रशासन, स्थानीय तह, सुरक्षा निकायलगायत सम्बन्धित सरोकारवाला निकायसँग आवश्यक समन्वय र सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।

    सरकार वा सम्बन्धित सरकारी निकायबाट औपचारिक अनुरोध प्राप्त भएमा चिकित्सक, नर्सिङ स्टाफ, एम्बुलेन्स तथा आवश्यक औषधि–उपकरणसहितको आकस्मिक चिकित्सा टोली जुनसुकै बेला विपद् प्रभावित क्षेत्रमा तत्काल परिचालन गर्न आफू सक्षम र तयार रहेको उहाँको भनाई छ । यसैबीच, कलेजले बाढीपहिरोका कारण ज्यान गुमाउने सम्पूर्णप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै विपद्मा घाइते भएका सम्पूर्ण नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

    मनसुनको अवधिमा चितवनसहित आसपासका जिल्लाहरू बाढी, पहिरो, डुबान तथा अन्य प्राकृतिक विपद्को उच्च जोखिममा रहेको भन्दै कलेजले विपद्को समयमा प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउनु आफ्नो सामाजिक तथा मानवीय दायित्व भएको जनाएको छ। आकस्मिक स्वास्थ्य सहयोग वा विपद् व्यवस्थापनसम्बन्धी समन्वय आवश्यक परेमा चितवन मेडिकल कलेजका प्रबन्ध निर्देशक प्रताप देवकोटासँग सम्पर्क गर्नसमेत कलेजले आग्रह गरेको छ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.