• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

शव कुहिन थालेपछि पहिचान हुन नसकेका शब आईसीआरसी मापदण्ड अनुसार चितवनमा गाड्ने तयारी

  •   शनिबार, भदौ १३, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । रसुवा बाढीपछिका दिनमा त्रिशूली र नारायणी नदी किनारबाट सङ्कलन गरिएका अज्ञात शवहरूलाई अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) को मापदण्डअनुसार चितवनमा समाधिस्थ गर्ने तयारी गरिएको छ। शव व्यवस्थापनका लागि भरतपुर महानगरपालिका–१ स्थित देवघाटको वन क्षेत्रमा खाल्डो खन्ने कार्य सुरु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार आईसीआरसीको मापदण्डअनुसार लामो खाल्डो तयार गरी शवहरूबीच करिब ४० सेन्टिमिटर दूरी कायम गरेर राखिनेछ।

    शवलाई सुताएर राखिने र भविष्यमा पहिचान गर्न सहज होस् भनेर प्रत्येक शवसँग तथा माथिल्लो भागमा छुट्टाछुट्टै सङ्केत चिन्ह राखिने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो। रेडक्रस सोसाइटी चितवन शाखाका सभापति हरि पौडेलले अन्तर्राष्ट्रिय मापदण्डले शवको पहिचान, अभिलेखीकरण तथा सम्मानजनक व्यवस्थापनलाई प्राथमिकता दिएको बताउनुभयो। उहाँका अनुसार तत्काल परिवारलाई जिम्मा लगाउन नसकिने शवहरू सुरक्षित रूपमा समाधिस्थ गरिनुका साथै तिनको स्थान, तस्बिर, पहिचानसम्बन्धी विवरण र अन्य आवश्यक अभिलेख सुरक्षित राखिनेछ, जसले भविष्यमा पहिचान प्रक्रिया अघि बढाउन सहयोग पुर्‍याउनेछ।

    हालसम्म चितवनमा २३३ वटा शव सङ्कलन गरिएकामा केवल छवटाको मात्रै सनाखत भएको छ। बाँकी शव भरतपुर अस्पताल र अस्थायी शवगृहमा राखिएका भए पनि समय बित्दै जाँदा शव कुहिन थालेकाले स्वास्थ्य जोखिम बढ्ने अवस्था देखिएको प्रहरीको भनाइ छ। शवको पहिचान सम्भावना जोगाइराख्न सबै शवबाट डिएनए नमुना सङ्कलन गरिसकिएको छ। त्यसपछि मात्रै समाधिस्थ गर्ने प्रक्रिया अघि बढाइएको हो। जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले अज्ञात शवहरूलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार समाधिस्थ गर्ने निर्णय गरेपछि व्यवस्थापनको काम तीव्र पारिएको हो। ती शवहरू रसुवाको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी नदीबाट सङ्कलन गरिएका हुन्।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.