• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

रसुवागढी, टिमुरे लगायतका प्रभावित क्षेत्रका लागि फेन्सी व्यवसायी महासंघको राहत संकलन अभियान

  •   सोमबार, भदौ १५, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भाद्र १० गते रसुवागढी, टिमुरे, नुवाकोट, धादिङलगायतका तटीय क्षेत्रमा भएको अकल्पनीय तथा त्रासदीपूर्ण घटनाबाट भएको जनधनको क्षतिप्रति फेन्सी व्यवसायी महासंघ नेपालले गहिरो दुःख व्यक्त गरेको छ।

    महासंघले घटनामा परी घाइते भएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घाइतेहरूको प्रभावकारी उपचार, उचित व्यवस्थापन तथा आवश्यक सहयोगका लागि सम्बन्धित निकायसमक्ष आग्रह गरेको छ। साथै, विपद्मा परी ज्यान गुमाउने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा यस अपूरणीय क्षति सहन सक्ने शक्ति प्राप्त होस् भन्ने कामना गरेको छ।

    विपद्बाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले फेन्सी व्यवसायी महासंघ नेपालले देशका विभिन्न जिल्लामा राहत संकलन अभियान सञ्चालन गर्ने भएको छ। अभियानअन्तर्गत फेन्सी व्यवसायी संघ चितवनले पनि आजदेखि राहत संकलन अभियान सुरु गर्ने जनाएको छ।

    संघले आफ्ना सम्पूर्ण फेन्सी व्यवसायी सदस्य, शुभेच्छुक, सामाजिक अभियन्ता तथा सहयोगी दाताहरूलाई मानवीय सेवाको यस अभियानमा आ–आफ्नो क्षमताअनुसार सहयोग गरी सहभागी हुन हार्दिक अपिल गरेको छ। विपद्को कठिन घडीमा प्रभावित परिवारलाई आवश्यक सामग्री तथा सहयोग उपलब्ध गराउन व्यवसायी समुदायले सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने संघको भनाइ छ।

    संकलित राहत सामग्री तथा आर्थिक सहयोगलाई फेन्सी व्यवसायी महासंघ नेपालको समन्वयमा प्रत्यक्ष प्रभावित क्षेत्रमा पुर्‍याएर पीडित परिवारबीच वितरण गर्ने तयारी गरिएको छ। राहत वितरणलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन प्रभावित क्षेत्रका स्थानीय तह तथा सम्बन्धित निकायसँग आवश्यक समन्वय र सहकार्य गरिने महासंघले जनाएको छ।

    महासंघका अध्यक्ष तथा फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष रामप्रसाद पौडेलले मानवीय विपत्तिको यस कठिन समयमा पीडित परिवारको साथमा उभिनु सबैको साझा दायित्व भएको बताउनुभएको छ। उहाँले देशभरका फेन्सी व्यवसायी, शुभेच्छुक तथा सहयोगी दाताहरूलाई राहत संकलन अभियानमा सक्रिय सहभागिता जनाउँदै सक्दो सहयोग गर्न आग्रह गर्नुभएको छ।

    अध्यक्ष पौडेलका अनुसार राहत संकलन तथा वितरण प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउँदै प्रत्यक्ष प्रभावित क्षेत्रका वास्तविक पीडितहरूको आवश्यकता पहिचान गरिनेछ। त्यसका आधारमा महासंघकै समन्वयमा आवश्यक राहत सामग्री तथा सहयोग सम्बन्धित परिवारसम्म पुर्‍याइनेछ।

    फेन्सी व्यवसायी महासंघ नेपालले विपद्को समयमा व्यवसायी समुदायलाई एकजुट गर्दै प्रभावित नागरिकको सहयोगमा निरन्तर अघि बढ्ने प्रतिबद्धता जनाएको छ। महासंघले राहत तथा पुनःस्थापनाका कार्यमा आवश्यकताअनुसार थप पहल र सहकार्य गर्दै जाने जनाएको छ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.