• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

बाढीपछि महामारी जोखिम : के छ स्वास्थ्य मन्त्रालयको तयारी ?

  •   मङ्गलबार, भदौ १६, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ। खानेपानीका मुहानमा बाढी तथा ढल मिसिएर वातावरण दूषित भई रसुवा र नुवाकोट लगायतका प्रभावित क्षेत्रमा झाडापखाला, हैजा र डेंगुजस्ता महामारीजन्य रोगको जोखिम उच्च बनेको छ ।

    पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत फिजिसियन डा. मनोज यादवका अनुसार विस्थापितहरू अस्थायी शिविरमा खाँदिएर बस्नुपर्ने र साझा शौचालय तथा खानेपानी प्रयोग गर्नुपर्ने बाध्यताले सङ्क्रमण तीव्र रूपमा फैलिन सक्ने खतरा हुन्छ ।

    यस विषम परिस्थितिमा सम्भावित स्वास्थ्य सङ्कट टार्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले उच्च सतर्कता अपनाउन आग्रह गर्दै शुद्धीकरण गरिएको पानी पिउन, सरसफाइमा ध्यान दिन र खानुअघि तथा शौचालय प्रयोगपछि साबुनपानीले हात धुन विशेष अपिल गरेको छ । हालसम्म बाढीबाट नौ सय जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।

    फिजिसियन डा.मनोज यादवले बाढी–पहिरोका कारण ढल र खानेपानीका मुहानहरू एकै ठाउँमा मिसिने हुँदा वातावरण दूषित हुने, यस्तो बेला मुख्यगरी अस्वस्थकर खानपान र सरसफाइको कमीले सर्ने रोगहरू बढी फैलिन सक्ने बताए ।

    उनले भने, ‘यो समयमा झाडापखाला, हैजा (कोलेरा) र पानी जमेका ठाउँमा लामखुट्टेको वृद्धि भई डेंगु फैलिने जोखिम उच्च हुन्छ । यसबाट बच्न पानी सधैँ उमालेर वा शुद्धीकरण गरेर मात्र पिउनुपर्छ । खाना खानुअघि र शौचालय प्रयोग गरेपछि साबुनपानीले राम्ररी हात धुनुपर्छ ।’

    उनले विपद्का बेला धेरै मानिस अस्थायी शिविरमा खाँदिएर बस्ने र साझा सेवा–सुविधा प्रयोग गर्ने हुँदा सङ्क्रमण तीव्र रूपमा फैलिने जोखिम रहने प्रस्ट पारे । उनले भने, ‘विपद्का बेला धेरै मानिसका घरबार नष्ट हुने भएकाले उनीहरू सीमित ठाउँ वा अस्थायी शिविर (सेल्टर) मा बस्नुपर्ने हुन्छ । एउटै सेल्टरमा धेरै मानिस खाँदिएर बस्नुपर्ने, एउटै शौचालय र खानेपानीको प्रयोग गर्नुपर्ने अवस्था हुन्छ । सामूहिक रूपमा खाना पकाउने र खाने गर्दा सङ्क्रमण तीव्र रूपमा फैलिन्छ ।’

    डा. यादवले सामान्य अवस्थामा बिरामीलाई आइसोलेसनमा राखेर उपचार गरिने तर विपद्को बेला एउटै ठाउँमा धेरै जना बस्दा एकै दिनमा धेरै मानिसमा सङ्क्रमण सर्न गई महामारीको रूप लिन सक्ने बताए । उनले भने, ‘सरकारले आफ्नो पूर्ण क्षमता परिचालन गरी पर्याप्त जनशक्ति खटाउनुपर्छ । व्यवस्थित सेल्टर, औषधि आपूर्ति र आवश्यक परे सामूहिक खोप (मास इम्युनाइजेसन) को व्यवस्था मिलाउनुपर्छ ।’

    स्वास्थ्य मन्त्रालयका पूर्वअतिरिक्त सचिव महेन्द्र श्रेष्ठले बाढीपछिको यो विषम परिस्थितिमा प्रभावित क्षेत्रहरूमा महामारी फैलिने जोखिम अत्यन्तै उच्च रहेको बताए । पानीजन्य रोगहरू, लामखुट्टेको टोकाइबाट सर्ने मलेरिया, डेंगु, कालाजार जस्ता कीटजन्य सरुवा रोगहरूका साथै कुपोषण र मानसिक समस्याहरूले उग्र रूप लिन सक्ने भएकाले सरकार तथा स्वास्थ्य मन्त्रालयले यसतर्फ विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।

    उनले भने, ‘सरकारले आफ्ना तर्फबाट काम भइरहेको दाबी गरे तापनि पीडित जनताले त्यसको अनुभूति गर्न सकिरहेका छैनन् । यस्तो सङ्कटको घडीमा सम्भावित महामारीको रोकथामका लागि पूर्वतयारीलाई तीव्रता नदिने हो भने बाढीले पुर्‍याएको क्षतिभन्दा पनि ठुलो क्षति महामारीका कारण हुन सक्ने खतरा छ ।’

    श्रेष्ठले विपत्तिको समयमा खोज तथा उद्धारका कामहरू पहिलो प्राथमिकतामा परेता पनि प्रभावित क्षेत्रमा अस्थायी स्वास्थ्य संरचना र सेल्टरहरूको उचित व्यवस्थापन गर्न आवश्यक रहेको बताए । उनले भने, ‘सरकारले ‘एकद्वार प्रणाली’ मार्फत काम गर्ने नीति लिएको भए तापनि सरकारी स्रोत र साधनले मात्रै सबै क्षेत्र समेट्न सम्भव हुँदैन । त्यसैले, पहिलाका अनुभवहरूलाई समेत दृष्टिगत गर्दै पूर्वाधार निर्माण र राहत वितरणका लागि लचिलो नीति अपनाउनु बुद्धिमानी हुन्छ ।’

    विगतका ठुला विपदमा गैरसरकारी संस्था, निजी क्षेत्र, तथा विभिन्न दातृ निकायहरूको सहयोग लिएर द्रुत गतिमा अस्थायी संरचनाहरू बनाइएको स्मरण गराउँदै उनले सरकार एक्लैले सबै जिम्मेवारी बहन गर्न खोज्दा उद्धार तथा पुनर्स्थापनाका कामहरू सुस्त हुने बताए ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.