• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’

  •   शुक्रबार, भदौ १९, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । दुग्ध किसानको बक्यौता भुक्तानी र उत्पादनको ठूलो मात्रा मौज्दातसहित वित्तीय सङ्कटबीच लामो समयदेखि गुज्रिरहेको दुग्ध विकास संस्थान ९डिडिसी० ले दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने लक्ष्य लिएको छ ।

    संस्थालने दूध लिएबापतको रकम किसानलाई नियमित रुपमा भुक्तानी दिने व्यवस्था सुनिश्चित गरी दुग्ध सङ्कलन तथा दुग्धजन्य पदार्थको बिक्री केन्द्र विस्तार गरेर दैनिक एक लाख ५० हजार लिटर सङ्कलन गर्ने महत्वाकाङ्क्षी लक्ष्य लिएको हो । किसानबाट दैनिक ६५ हजार लिटर दूध खरिद गर्दै आएको संस्थानले अब थप ८५ हजार लिटर वृद्धि गर्ने लक्ष्य लिएको बताएको छ ।

    संस्थानका महाप्रबन्धक डा शरणकुमार पाण्डेले नियमित भुक्तानी व्यवस्थासहित दुग्ध किसानलाई विश्वासमा लिएर उत्पादन तथा बिक्रीवितरणका दृष्टिले उपयुक्त स्थानको पहिचान गरी देशव्यापी रुपमा सञ्जाल विस्तार गरी लक्ष्य हासिल गर्ने योजना रहेको बताउनुभयो ।

    देशका प्रधानमन्त्रीसहित नेपाल सरकारबाट डिडिसीको बजार प्रवर्द्धनमा अमूल्य योगदान भएकामा गर्व गर्दै महाप्रबन्धक डा पाण्डेले भन्नुभयो, “सम्माननीय प्रधानमन्त्रीले खुलेरै डिडिसीको महत्वसहित प्रचार गर्नुभएको छ । यसबाट हामी थप उत्साहित भएका छौँ । अहिले परिस्थिति अनुकूल भएकाले स्पष्ट लक्ष्य–योजनासहित परिणाम देखिनेगरी काम गर्नुपर्ने दायित्व थपिएको छ । सरकार र आमउपभोक्ताको अपेक्षाअनुसार गुणस्तरीय उत्पादनसहित डिडिसीलाई आर्थिक रुपले सवल बनाउनेछौँ ।”

    सहकारी संयन्त्रमार्फत सीमित स्थानमा मात्र दूध सङ्कलन हुँदै आएको र किसानले समयमै दूधको मूल्य नपाएको अवस्थालाई सम्बोधन गर्ने पक्षमा संस्थान रहेको स्पष्ट गर्दै पाण्डेले भन्नुभयो, “दूध उत्पादनका हिसाबले सम्भावना भएका स्थानमा आवश्यक पूर्वाधारको व्यवस्था गरी सङ्कलन केन्द्र विस्तार गर्नेछौँ । यसअघिको बक्यौता छिट्टै फरफारक गरी नियमित रुपमा भुक्तानीको व्यवस्था सुनिश्चित गरी किसानको विश्वास जित्नेछौँ । मात्रात्मक एवं गुणात्मक दृष्टिले दूधको सङ्कलन, उत्पादन तथा बिक्रीवितरणमा जोड दिई लक्ष्य पूरा गर्नेछौँ ।”
    संस्थाले किसानको बक्यौता घटाउनुका साथै दूध सङ्कलन तथा बिक्रीदर बढेको भन्दै पछिल्ला दिनमा दुग्धजन्य वस्तुको मौज्दात घटाएको र नयाँ बजारसहित निर्यातका सम्भावना खोज्न थालेको उहाँले बताउनुभयो । आफूले गत वैशाख १८ गते जिम्मेवारी सम्हाल्दा संस्थानसँग करिब ६०० टन धुलो दूध ९मिल्क पाउडर०, ५०० टन बटर र १० टन पनिर मौज्दात रहेको जानकारी दिँदै त्यसलाई बजारीकरण गरेर मौज्दात घटाइएको उहाँले बताउनुभयो ।

    महाप्रबन्धक डा पाण्डेले भन्नुभयो, “चार महिनाअघि किसानलाई करिब रु ७२ करोड भुक्तानी दिन बाँकी थियो, डिडिसीका कुनै पनि उत्पादन अन्तरराष्ट्रिय बजारमा निर्यात हुने अवस्था थिएन । तर, अहिले बक्यौता रु २० करोडमा झरेको छ र उत्पादित वस्तु विदेशमा बिक्रीवितरण भइरहेको छ, यसबाट अपेक्षा गरिएअनुसारको परिणाम दिन सकिन्छ भन्ने विश्वास लिएको छु ।”

    यसैगरी, करिब ६०० धुलो दूधको मौज्दात घटेर करिब १२० टनमा झरेको, ५०० टन हाराहारीमा रहेको बटरको मौज्दात १२५ टन बाँकी रहेको र पछिल्लो तीन महिना १५ दिनभित्र संस्थानले करिब रु ७० करोड भुक्तानी गरिसकेको डा पाण्डेले जानकारी दिनुभयो ।

    डिडीसीले नियमित रूपमा दूध खरिद गरिरहेकाले भुक्तानी बाँकी रहने रकमलाई क्रमशः व्यवस्थापन गर्दै लैजाने उहाँको भनाइ छ । आफू महाप्रबन्धक हुँदा आठ महिनाको भुक्तानी बाँकी रहेकामा अहिले दुई महिनाको मात्र बाँकी रहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अब मासिक र त्यसपछि १५ दिनमा किसानलाई भुक्तानी दिने गरी काम गर्दैछौँ ।”

    संस्थानले बजार विस्तारलाई पनि प्राथमिकतामा राखेर काम गर्दै आएको छ । काठमाडौँमा यसअघि ‘डेडिकेटेड’ बिक्री काउन्टर नभएको भन्दै उहाँले अहिले डिडिसीका मात्रै १५ वटा डेडिकेटेड काउन्टर सञ्चालनमा ल्याइएको बताउनुभयो । यसअघि दैनिक रु ५० देखि ६० लाख हाराहारीको कारोबार हुने गरेकामा अहिले करिब रु एक करोडको कारोबार हुन थालेको छ । दूध बिक्रीमा वृद्धि भएको उहाँले बताउनुभयो ।

    काठमाडौँमा दैनिक दूध बिक्री करिब ६० हजार लिटरबाट बढेर अहिले ७२ हजार लिटर पुगेको छ । त्यस्तै, दैनिक दूध सङ्कलन ५० हजार लिटर हाराहारीबाट बढेर ६५ हजार लिटर पुगेको छ ।
    हाल दूध उत्पादनको तुलनामा औपचारिक बजारमा खपत कम हुने अवस्था रहेको छ । चाडपर्व तथा गर्मी मौसममा घरमै दूध, दही, खीरलगायतका परिकारमा बढी प्रयोग हुने भएकाले औपचारिक बजारमा दूधको खपत घट्ने गरेको उहाँको भनाइ छ ।

    संस्थानले आन्तरिक बजारसँगै अन्तररारष्ट्रिय बजारमा पनि आफ्नो उपस्थिति विस्तार गर्न थालेको भन्दै उहाँले खाडी मुलुकमा घ्यू निर्यात सुरु भइसकेको बताउनुभयो । हालै ५०० किलो घ्यु दुबईमा निर्यात गरिएको र वार्षिक ५० हजार किलो घ्यु निर्यात गर्ने सम्झौता भएको महाप्रबन्धक पाण्डेले जानकारी दिनुभयो ।

    उहाँका अनुसार चिज र पेडाकोसमेत माग विदेशबाट आउन थालेको छ । दक्षिण कोरिया, मलेसिया र जापानमा डिडीसीका उत्पादन निर्यातका लागि छलफल भइरहेको पाण्डेले जानकारी दिनुभयो ।
    उहाँले भन्नुभयो, “बजारको मागअनुसार नयाँ उत्पादन थप गर्ने तयारीमा हामी लागेका छौँ ।” हाल संस्थाले करिब २० प्रकारका उत्पादन गर्दै आएकामा ‘स्लाइस चिज’ लगायतका उत्पादन बजारमा ल्याउने तयारी भइरहेको छ ।

    बजारमा यस्ता चिजको माग उच्च भए पनि हाल निजी क्षेत्र वा विदेशबाट आयात हुँदै आएको पाण्डेले बताउनुभयो । मोफसलमा उत्पादन र बजार विस्तार गर्ने रणनीतिअन्तर्गत पोखरामा उत्पादन गर्ने गरी सम्झौताको प्रक्रिया अघि बढाइएको छ ।

    संस्थाको मुख्य समस्या कर्मचारी सङ्ख्या बढी हुनु र दूध सङ्कलन तथा बजारबीच उचित तालमेल नहुनु रहेकाले यसलाई व्यवस्थापन गर्दै अघि बढेको उहाँले बताउनुभयो । डिडिसीमा करिब ८०० कर्मचारीहरु छन् ।
    डिडिसीमा हाल करिब रु एक अर्ब २६ करोड ऋण रहेको भन्दै उहाँले आगामी एक वर्ष छ महिनाभित्र ऋण तिर्ने लक्ष्यसहित काम अघि बढाएको बताउनुभयो ।

    डा पाण्डेका अनुसार पछिल्लो अवधिमा मात्रै डिडिसीले करिब रु तीन करोड ऋण तिरेको छ । खर्च नियन्त्रण र वित्तीय अनुशासनमा सुधार ल्याउँदै संस्थालाई क्रमशःआत्मनिर्भर बनाउने योजना रहेको उहाँको भनाइ छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.