• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

भरतपुर आँखा अस्पतालमा खुला रक्तदान, ३४ जनाले गरे रक्तदान

  •   सोमबार, भदौ २२, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । नेपाल नेत्रज्योति संघ हिरालाल–सन्तुदेवी प्रधान नेत्र विज्ञान अध्ययन संस्थान, भरतपुर आँखा अस्पतालको आयोजनामा सोमबार अस्पताल परिसरमा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। लायन्स क्लब अफ भरतपुर आँखा अस्पतालको सहकार्य तथा नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा ३४ जनाले रक्तदान गरेका छन्।

    नेपाल नेत्रज्योति संघ चितवनका सभापति तथा भरतपुर आँखा अस्पताल सञ्चालक समितिका अध्यक्ष जयराम श्रेष्ठको अध्यक्षता तथा लायन्स क्लब अफ भरतपुर आँखा अस्पतालका अध्यक्ष आयुष पौडेलको सहअध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा लायन्स क्लब्स इन्टरनेशनल ३२५ आरका गभर्नर प्रभाकर पण्डित प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

    कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले बाढीका कारण ज्यान गुमाउनेहरूप्रति अस्पताल परिवारका तर्फबाट भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभयो। उहाँले बेपत्ता भएकाहरूको शीघ्र खोजी तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो।

    प्रमुख अतिथि पण्डितले रक्तदानजस्तो मानवीय सेवाको उत्कृष्ट कार्यमा सहकार्य गर्न पाएकोमा भरतपुर आँखा अस्पतालप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले विपद्को समयमा रक्तदानजस्ता सामाजिक तथा मानवीय सेवाका कार्यक्रमले पीडित तथा घाइतेको उपचारमा महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो।

    कार्यक्रममा नेपाल नेत्रज्योति संघका केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेशका सभापति ऋषिराम पौडेल, नेपाल नेत्रज्योति संघ चितवनका उपसभापति तेजेन्द्रबहादुर खड्का, सचिव केशवप्रसाद अधिकारी, निवर्तमान सभापति कृष्णराज धरेललगायतको सहभागिता थियो। यस्तै, लायन्स इन्टरनेशनल ३२५ आरका पूर्व डिस्ट्रिक्ट गभर्नर सिद्धार्थलाल चुके, सेकेण्ड डिस्ट्रिक्ट गभर्नर कमल श्रेष्ठ, सचिव पूर्ण शर्मा, क्लस्टर चिफ मोहन केसीलगायतको पनि उपस्थिति रहेको थियो।

    भरतपुर आँखा अस्पताल सञ्चालक समितिका सदस्य दिनेश खनाल, अस्पतालका चिफ मेडिकल डाइरेक्टर सहप्रा.डा. पुष्पा गिरी, डा. सुनु दुलाल, डा. राजा हुसेन, डा. हिमाल गिरी, डा. मारिया गौतम, बाह्य कार्यक्रम संयोजक रमेश घिमिरे, आई बैंक कोअर्डिनेटर छायाँ श्रेष्ठ तथा नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि सिजन लामिछानेलगायत कार्यक्रममा सहभागी थिए।

    अस्पतालका वरिष्ठ अस्पताल प्रशासक दयाशंकर चौधरीका अनुसार भाद्र १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट र धादिङमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको उपचारमा सहजता पु¥याउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको हो।

    चौधरीले अस्पतालको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम आयोजना गरिएको जानकारी दिँदै रक्तदानबाट संकलित रगतले विपद्का कारण घाइते भएकाहरूको उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.