• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

बलियो ब्रिक्सका लागि सीले अघि सारे पाँचबुँदे योजना

  •   आइतबार, भदौ २८, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले बलियो ब्रिक्सका लागि पाँचबुँदे योजना अघि सारेका छन् । नयाँ दिल्लीमा आयोजित ब्रिक्स शिखर सम्मेलनको अन्तिम दिन आइतबार उनले ुग्लोबल साउथुको सामूहिक आवाज बलियो बनाउनेसम्बन्धी प्रस्ताव अघि सारेका हुन्

    अबको सहकार्य कृत्रिम बौद्धिकता, व्यापार तथा लगानी, डिजिटल अर्थतन्त्र, स्मार्ट उत्पादन र प्राविधिक प्रतिभा विकासमा केन्द्रित हुनुपर्ने भन्दै उनले पाँचबुँदे प्रस्ताव अघि सारेका हुन् । “बलियाको नै जीत हुन्छ भन्ने तर्क मान्य हुँदैन र यसलाई धेरै पहिले त्याग्नुपर्थ्यो,ुु उनले भनेका छन् ।

    आफ्नो सम्बोधनमा उनले सदस्य राष्ट्रहरूलाई स्थिर औद्योगिक तथा आपूर्ति शृंखलाको रक्षा गर्दै उदयमान बजार र विकासशील देशहरूसँगको सम्बन्धको अधिकतम उपयोग गर्न आग्रह गरे । आर्थिक सहकार्य बलियो बनाउँदै ब्रिक्सको विकासलाई गति दिन विशाल र एकीकृत बजार निर्माणको प्रयासलाई समर्थन गर्नुपर्ने उनको भनाइ छ ।

    खुला स्रोत र समावेशी एआई
    पहिलो पहल खुला स्रोत र समावेशी एआईमा केन्द्रित छ । चीनले ठूला भाषा मोडलको विकास तथा प्रयोगमा सहकार्य प्रवर्द्धन गर्न ‘ब्रिक्स एआई खुला स्रोत समुदाय’स्थापना गर्ने प्रस्ताव गरेको छ । यसअन्तर्गत एआईसम्बन्धी विशेष गोष्ठी तथा तालिम सञ्चालन गरिनेछ । यसको उद्देश्य एआईका क्षेत्रमा खुला र समावेशी पारिस्थितिक प्रणाली निर्माण गर्नु रहेको चीनले जनाएको छ ।

    व्यापार तथा लगानी सहजीकरण
    दोस्रो पहल व्यापार तथा लगानी सहजीकरणसँग सम्बन्धित छ । यसअन्तर्गत चीनले ‘ब्रिक्स विशेष आर्थिक क्षेत्र साझेदारी’ स्थापना गर्ने सुझाव दिइएको छ । यसमा सदस्य राष्ट्रहरूबीच नीतिगत समन्वय र खुला आर्थिक गतिविधिलाई प्रवर्द्धन गर्न ‘इन्टेलिजेन्ट पोर्टल’ समावेश गरिने बताइएको छ । चीनले आगामी वर्ष ‘सेवा व्यापारसम्बन्धी ब्रिक्स फोरम’ आयोजना गर्ने योजना पनि अघि सारेको छ र सदस्य राष्ट्रहरूलाई सहभागी हुन आमन्त्रण गरेको छ ।

    डिजिटल अर्थतन्त्र र क्लाउड प्लेटफर्म

    तेस्रो पहल डिजिटल अर्थतन्त्रमा केन्द्रित छ । यसअन्तर्गत ‘डिजिटल पारिस्थितिक प्रणाली क्लाउड प्लेटफर्म’ स्थापना गरी ब्रिक्स देशहरूबीच डिजिटल क्षेत्रमा थप समन्वय बढाउने प्रस्ताव गरिएको छ । चीनका अनुसार यस पहलमार्फत डिजिटल सीपसम्बन्धी तालिम, प्राविधिक आदानप्रदान र औद्योगिक समन्वयलाई एकीकृत गरिनेछ । यसको उद्देश्य सदस्य राष्ट्रहरूलाई आफ्ना डिजिटल उद्योग विस्तार गर्न सहयोग गर्नु हो ।

    स्मार्ट उत्पादनमा सहकार्य
    चौथो पहल उत्पादन क्षेत्रमा केन्द्रित छ । ‘इन्टेलिजेन्ट म्यानुफ्याक्चरिङ सहकार्य पहल’ मार्फत चीनले अन्य ब्रिक्स सदस्यलाई स्मार्ट कारखाना निर्माण तथा सम्बन्धित मापदण्ड र नियम विकासमा सहयोग गर्ने जनाएको छ । सदस्य राष्ट्रहरूले आफ्ना औद्योगिक आधारलाई आधुनिक बनाउने प्रयास गरिरहेका बेला यस पहलमार्फत उत्पादन उद्योगको रूपान्तरण र स्तरोन्नतिमा सहयोग पुग्ने चीनको अपेक्षा छ ।

    विज्ञान तथा प्रविधि प्रतिभा विकास

    पाँचौँ पहल विज्ञान तथा प्रविधिका लागि दक्ष जनशक्ति विकासमा केन्द्रित छ । चीनले ‘विज्ञान तथा प्रविधि प्रतिभा विकास पहल’ अघि सारेको छ । यसअन्तर्गत इन्जिनियरिङ प्रतिभाको संयुक्त विकास तथा योग्यता मापदण्डको पारस्परिक मान्यता प्रवर्द्धन गर्न ‘ब्रिक्स इन्जिनियर प्रशिक्षण गठबन्धन’ स्थापना गर्ने प्रस्ताव गरिएको छ ।

    यसका साथै वैज्ञानिक तथा प्राविधिक नवप्रवर्तनमा केन्द्रित ‘युवा आदानप्रदान कार्यक्रम’ सञ्चालन गरिने बताइएको छ । चीनका अनुसार यसले ब्रिक्स राष्ट्रका लागि उच्चस्तरीय दक्ष जनशक्ति विकास गर्न सहयोग पुर्‍याउनेछ ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.