• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

नारायणगढ–हेटौंडा खण्ड स्तरोन्नति हुँदैः टिकौलीमा २ किलोमिटरको फ्लाइओभर, ४२ महिनामा सक्ने लक्ष्य

  •   बुधबार, भदौ ३१, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको टिकौली जंगलमा सडक दुर्घटनाबाट वन्यजन्तु जोगाउने उद्देश्यले करिब २ किलोमिटर लामो फ्लाइओभर-भायाडक्ट निर्माण हुने भएको छ । पूर्व–पश्चिम राजमार्गको हेटौंडा–नारायणगढ खण्ड स्तरोन्नतिको योजनाअन्तर्गत टिकौली जंगलमा सवारीसाधन माथिबाट र वन्यजन्तु तलबाट आवतजावत गर्न सक्ने गरी फ्लाइओभर निर्माण गर्न लागिएको हो । यसका लागि सडक विभागअन्तर्गत आयोजना निर्देशनालय (एडीबी) ले हेटौंडाको राप्तीपुलदेखि भरतपुरको गोद्राङसम्मको करिब ७० किलोमिटर सडक विस्तार तथा स्तरोन्नतिका लागि ग्लोबल टेण्डर आह्वान गरेको छ । लामो समयदेखि दुई लेनमा सञ्चालन हुँदै आएको यो सडक अब चार लेनमा विस्तार गर्न लागिएको छ । एशियाली विकास बैंक (एडीबी) को ऋण सहयोग तथा नेपाल सरकारको लगानीमा सञ्चालन हुने आयोजनाको अनुमानित लागत करिब ४२ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।

    कुल लागतको १८ प्रतिशत नेपाल सरकारले व्यहोर्नेछ भने बाँकी ८२ प्रतिशत एडीबीको ऋणबाट जुटाइनेछ । आयोजनाअन्तर्गत सडक विस्तारसँगै टिकौली क्षेत्रमा निर्माण हुने फ्लाइओभरलाई वन्यजन्तु संरक्षणसँग जोडिएको विशेष संरचनाका रूपमा अघि सारिएको छ । सडक विभागका अनुसार संरक्षित वन क्षेत्रमा निर्माण हुन लागेको यो नेपालकै पहिलो फ्लाइओभर हुनेछ । पथलैया–हेटौंडा–नारायणगढ सडक आयोजनाका इन्जिनीयर नारायण पन्थीका अनुसार ७० किलोमिटर सडकलाई तीन छुट्टाछुट्टै प्याकेजमा विभाजन गरेर ठेक्का प्रक्रिया अघि बढाइएको छ । पहिलो प्याकेजमा राप्तीपुलदेखि लोथरपुलसम्मको ३९.९२ किलोमिटर सडक समेटिएको छ । दोस्रो प्याकेज लोथरपुलदेखि टिकौलीसम्मको २६.१८ किलोमिटर र तेस्रो प्याकेज टिकौलीदेखि गोद्राङसम्मको ३.८२ किलोमिटर सडकका लागि तोकिएको छ। टिकौलीमा निर्माण हुने फ्लाइओभर तेस्रो प्याकेजभित्र पर्नेछ। इच्छुक निर्माण कम्पनीहरूले असोज २६ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । योजनाअनुसार टिकौली जंगल क्षेत्रमा पूर्वतर्फ जाने र पश्चिमतर्फ आउने सवारीका लागि अलग–अलग फ्लाइओभर निर्माण गरिनेछ । दुवै संरचनाको कुल लम्बाइ एप्रोच सडकबाहेक १.९९२ किलोमिटर हुनेछ । फ्लाइओभरको दुवैतर्फ थप ६००-६०० मिटर लामो एप्रोच सडकसमेत निर्माण गरिनेछ । यसरी मुख्य संरचनामा सवारीसाधन प्रवेश र बाहिरिने व्यवस्था मिलाइनेछ ।

    टिकौलीमा फ्लाइओभर निर्माण गर्नुको मुख्य उद्देश्य सडकमा हुने वन्यजन्तुको मृत्युदर घटाउनु हो । व्यस्त राजमार्गका कारण जंगल वारपार गर्ने क्रममा सवारीसाधनको ठक्करबाट वर्षेनी वन्यजन्तु मर्ने गरेका कारण सडकलाई वन्यजन्तुमैत्री बनाउने अवधारणाअनुसार यो संरचना प्रस्ताव गरिएको हो । फ्लाइओभरमाथिबाट सवारीसाधन गुड्नेछन् भने त्यसको तलबाट वन्यजन्तुले सुरक्षित रूपमा जंगलको एक भागबाट अर्को भागमा आवतजावत गर्न सक्नेछन् । यसका लागि संरचनामुनि पर्याप्त उचाइ राखिनेछ । योजनाअनुसार वन्यजन्तुको सहज आवागमनका लागि करिब ७ देखि ७.५ मिटरको भर्टिकल क्लियरेन्स अर्थात् उचाइ कायम गरिनेछ । यसले ठूला वन्यजन्तुसमेत संरचनामुनिबाट आवतजावत गर्न सक्ने वातावरण बनाउने अपेक्षा गरिएको छ । एकतर्फी फ्लाइओभरको चौडाइ ११ मिटर रहनेछ । त्यसमा ७.५ मिटर भाग सवारीसाधन सञ्चालनका लागि प्रयोग हुनेछ भने २.७५ मिटर चौडाइको फुटपाथ पनि रहनेछ । बाँकी भागमा आवश्यक संरचनागत व्यवस्था गरिनेछ । इन्जिनियर पन्थीका अनुसार टिकौली जंगलमा वन्यजन्तुको जोखिमलाई ध्यानमा राखेर अन्तर्राष्ट्रिय मापदण्डअनुसार फ्लाइओभरको डिजाइन गरिएको हो । सडकमा सवारीको चाप बढ्दै जाँदा वन्यजन्तुको आवागमनमा अवरोध नहोस् उद्देश्यले सडकलाई उनीहरूको प्राकृतिक मार्गभन्दा माथि लैजाने अवधारणा अपनाइएको हो ।

    करिब २ किलोमिटर लामो फ्लाइओभर संरचनामा ६७ वटा पिलर रहनेछन् । यसको अनुमानित लागत मात्रै करिब ७ अर्ब रुपैयाँ रहेको छ । हेटौंडा–नारायणगढ सडकको स्तरोन्नति फ्लाइओभरमा मात्र सीमित रहनुका साटो हाल दुई लेनमा सञ्चालन भइरहेको सडकलाई कम्तीमा चार लेनमा विस्तार गरिनेछ । समग्र सडक खण्डको चौडाइ क्षेत्रअनुसार फरक–फरक हुने गरी डिजाइन गरिएको छ । केही सहरी क्षेत्रमा सडक ५० मिटरसम्म फराकिलो हुनेछ। सहरी क्षेत्रमा पर्ने १९.३०५ किलोमिटर सडकलाई ६ लेनसम्म विस्तार गर्ने योजना छ । मुख्य सडकको दुवैतर्फ सर्भिस लेनसमेत निर्माण गरिनेछ । अर्धसहरी क्षेत्रमा पर्ने १६.७ किलोमिटर सडक ३७.४ मिटर चौडाइको बनाइनेछ । त्यसैगरी ग्रामीण तथा वन क्षेत्रअन्तर्गत पर्ने ३३.९१५ किलोमिटर सडक २४ मिटर चौडाइमा विस्तार गरिनेछ । यसरी एउटै राजमार्ग खण्डमा क्षेत्रको प्रकृति, सवारी चाप र बस्तीको अवस्थाअनुसार सडकको चौडाइ निर्धारण गरिएको छ । सडक विस्तारसँगै हेटौंडा–गोद्राङ खण्डमा विभिन्न संरचनागत कामसमेत गरिनेछ। फ्लाइओभरबाहेक पुल, कल्भर्ट तथा अण्डरपास निर्माण गर्ने योजना छ ।

    आयोजनाअन्तर्गत १० वटा नयाँ पुल र १० वटा बक्स कल्भर्ट निर्माण गरिनेछ। त्यस्तै ५ वटा ओभरपास तथा अण्डरपास संरचना निर्माण गर्ने योजना छ । सिमलटाँडीमा अण्डरपास निर्माण गरिनेछ भने खैरहनी, शान्ति चोक र भानु चोकमा समेत गरी थप पाँचवटा अण्डरपास बनाइनेछ । यसका साथै हाल सञ्चालनमा रहेका ११ वटा पुलको पनि स्तरोन्नति गरिनेछ । यसले सडकको क्षमता विस्तारसँगै स्थानीय बस्ती, पैदलयात्री र सवारीसाधनको आवागमनलाई थप व्यवस्थित गर्ने अपेक्षा गरिएको छ । सडक विभागले ठेक्का सम्झौता भएको मितिदेखि ४२ महिनाभित्र सम्पूर्ण निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । निर्माण सम्पन्न भएपछि पनि सम्बन्धित निर्माण कम्पनीले पाँच वर्षसम्म सडक तथा संरचनाको मर्मतसम्भार गर्नुपर्ने व्यवस्था गरिनेछ । हेटौंडा–नारायणगढ खण्ड पूर्व–पश्चिम राजमार्गको महत्वपूर्ण हिस्सा भएकाले यसको स्तरोन्नतिले लामो दूरीका सवारीसाधनको आवागमन सहज बनाउने अपेक्षा गरिएको छ । सडक विस्तारसँगै सहरी क्षेत्रमा सवारी व्यवस्थापन, अर्धसहरी क्षेत्रमा आवागमनको क्षमता र वन क्षेत्रमा वातावरणीय तथा वन्यजन्तु सुरक्षालाई समेत आयोजनाले समेटेको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.