• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

छवटा सङ्कल्प पारित गर्दै सम्पन्न भयो तस्रो संस्करणको ‘अङ्कुरम्–मोडल युनाइटेड नेसन्स’

  •   सोमबार, असोज ०५, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुरस्थित अङ्कुरम् एकेडेमीमा सञ्चालित त्रिदिवसीय अङ्कुरम्–मोडल युनाइटेड नेसन्स’को तेस्रो संस्करण सोमबार विभिन्न छवटा सङ्कल्प पारित गर्दै सम्पन्न भएको छ । संयुक्त राष्ट्रसंघका छवटा कमिटीमा अध्ययन, अनुसन्धान र छलफलपछि ती सङ्कल्प पारित भएका हुन् । कार्यक्रम समापनलाई सम्बोधन गर्दै प्रमुखअतिथि तथा भरतपुर–७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्लेले भोलिका नेतृत्वदायी नागरिक उत्पादन गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताए । उनले स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण र जलवायु परिवर्तनजस्ता समय सान्दर्भिक विषय समेटेर लगातार तीन वर्षदेखि गरिएको तीनवटै संकरण फलदायी भएको बताए । संयुक्त राष्ट्रसंघीय वातारण कार्यक्रम (युएनइपी)अन्तर्गत ‘सुरक्षित भविष्यका लागि जलवायु उत्थानशीलता’, विश्व स्वास्थ्य सङ्गठनअन्तर्गत ‘वाधाविहीन स्वास्थ्यसेवाको पहुँच’, संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्अन्तर्गत ‘सुरक्षित वर्तमान ः स्थिर भविष्य’, मानवअधिकार परिषद्अन्तर्गत ‘सुरक्षित भविष्यका लागि नागरिक गरिमा’ विषयहरू समेटिएका थिए । मानवअधिकार परिषद्ले अनगानिस्तानमा भइरहेको नीतिगत हिंसा तथा मानवअधिकार उल्लङ्घनको विषयमा केन्द्रित रहेको थियो ।

    त्यस्तै, संयुक्त राष्ट्रसंघीय बालकोषअन्तर्गत ‘कृत्रिम बुद्धिमत्ताको युगमा अनलाइन शोषणविरुद्ध विश्वव्यापी बाल संरक्षण संयन्त्रलाई सुदृढ बनाउने, युनेस्कोअन्तर्गत ‘वाधाविहीन शिक्षा प्राप्ति’को विषयलाई प्राथमिकताका साथ उठाइएको छ । जसअन्तर्गत ‘द्वन्द्व र संकटमा उदीयमान प्रविधिमार्फत शिक्षाको अधिकारको सुरक्षा गर्ने विषयहरू उठान गरिएको छ । कुन समितिबाट कुन एजेन्डा भयो पारित ? त्रिदिवसीय कार्यक्रममा विभिन्न देशका प्रतिनिधिहरूले विविध विषयको प्रतिनिधित्व गरेका थिए । छवटा समितिमध्ये संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्ले ‘उदीयमान रणनीतिक क्षेत्रहरूमा महत्वपूर्ण पूर्वाधारको सुरक्षाः अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा रहेका खतराहरूको सम्बोधन’ विषयक सङकल्प पारित भएको छ । जसअनुसार विभिन्न प्रभावकारी उपायहरूसँगै, यस प्रस्तावले सैन्य, साइबर र अन्य उदीयमान प्राविधिक खतराहरूका सबै प्रकारबाट महत्वपूर्ण नागरिक पूर्वाधारहरूको सुरक्षालाई सुदृढ गर्ने, साइबर घटना प्रमाणीकरण संयन्त्रसहित राष्ट्रिय तथा क्षेत्रीय ’महत्वपूर्ण पूर्वाधार सुरक्षा ढाँचाहरू’ स्थापना गर्ने परिकल्पना गरिएको छ । त्यस्तै, संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमअन्तर्गत ‘एल निनो’ र ‘ला निनो’सँग सम्बन्धित चरम मौसमी घटनाविरुद्ध विश्वव्यापी जलवायु उत्थानशीलता सुदृढ गर्ने कार्यसूचीलाई सम्बोधन गर्ने सङ्कल्प पारित गरिएको छ ।

    एमुन च्याप्टर ३.० का महासचिव प्रमोद थपलियाले ‘वर्षा, पानीको उपलब्धता, बाढी, खडेरी, कृषि तथा जोखिममा रहेका समुदायहरूमा ‘एल निनो’ र ‘ला निनो’को बारम्बार पर्ने प्रभावहरूलाई स्वीकार गर्दै मौसमसम्बन्धी निगरानी, पूर्व–सूचना प्रणाली, प्राविधिक सहयोग र क्षमता अभिवृद्धिमा जोड दिने सङ्कल्प पारित गरिएको बताए । त्यस्तै, संयुक्त राष्ट्रसंघको अर्को संगठन युनेस्कोअन्तर्गत ‘उदीयमान प्रविधिहरूका माध्यमबाट द्वन्द्व र सङ्कटको अवस्थामा शिक्षाको अधिकारको संरक्षण’ गर्ने सङ्कल्प पारित भएको उपमहासचिव रीताकुमारी उपाध्यायले जानकारी दिइन् । यसअन्तर्गत सशस्त्र द्वन्द्व र सङ्कटका कारण शिक्षामा पर्ने अवरोधलाई स्वीकार गर्दै, शिक्षाको निरन्तरता कायम राख्न तथा गुणस्तरीय शिक्षामा पहुँच सुदृढ गर्न उदीयमान प्रविधिहरूको सम्भावनालाई आत्मसात गरिएको उनले जानकारी दिइन् । त्यस्तै, संयुक्त राष्ट्रसंघीय बाल कोषअन्तर्गत कृत्रिम बुद्धिमत्ता (एआई)को युगमा अनलाइन शोषण विरुद्ध विश्वव्यापी बाल संरक्षण संयन्त्रहरूलाई सुदृढ पार्ने सङ्कल्प पारित भएको छ । यो प्रस्तावले विशेष गरी विकासोन्मुख राष्ट्रहरूका लागि ‘सेफ्टी–बाइ–डिजाइन’ उपायहरू, डिजिटल वाटरमार्किङ, एआई पहिचान उपकरणहरू, डिजिटल प्रमाण आदान–प्रदानमा सुधार र क्षेत्रीय एआई साइबर–फरेन्सिक क्षमता अभिवृद्धिमार्फत एआईसिर्जित शोषणविरुद्ध बाल संरक्षणलाई सुदृढ पार्नमा केन्द्रित हुने बताइएको छ ।

    त्यसैगरी, विश्व स्वास्थ्य संगठनअन्तर्गतको ‘चिकित्सासम्बन्धी नवीन आविष्कारहरूमा असमान पहुँचका कारण सिर्जित विश्वव्यापी स्वास्थ्य असमानताहरूको रोकथाम’ विषयक कार्यसूचीमा अध्ययन, अनुसन्धान र छलफल गरी खोप, रोग निदान विधि, उपचार पद्धति, चिकित्सा उपकरण र अन्य अत्यावश्यक स्वास्थ्य प्रविधिहरूमा पहुँचसम्बन्धी विद्यमान असमानताहरूलाई सम्बोधन गरी विशेषतः यस्ता असमानताले विकासोन्मुख देशहरू, ग्रामीण समुदायहरू र जोखिममा रहेका जनसमुदायलाई प्रभावित पार्ने तथ्यमाथि जोड दिइएको छ । यस्ता असमानताविरुद्ध अन्तर्राष्ट्रिय सहयोग, किफायती चिकित्सा प्रविधिहरूमा समान पहुँच, प्रविधि हस्तान्तरण, क्षेत्रीय उत्पादन, सुदृढ स्वास्थ्य पूर्वाधारलगायतका विषयमा गहन छलफल गरी पारित गरिएको छ । त्यसैगरी संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्अन्तर्गत ‘अफगानिस्तानमा व्याप्त प्रणालीगत हिंसा र मानव अधिकार उल्लङ्घनको सम्बोधन’ विषयमा छलफल भएको थियो । प्रभावित तथा जोखिममा रहेका जनसमुदायको संरक्षणका लागि मौलिक अधिकारको रक्षा, जवाफदेहिताको सुनिश्चितता र अन्तर्राष्ट्रिय सहयोग सुदृढीकरणको महत्त्वबारे समितिमा छलफल गरिएको बताइएको छ ।

    कार्यक्रमका सल्लाहकार एवं विद्यालयका प्रधानाध्यापक सुमन पौडेलले ‘एएमयूएन’ विद्यार्थीको प्रतिभा प्रस्फुटन, नेतृत्व विकास र कूटनीतिक सीप अभिवृद्धिको प्रभावकारी मञ्च भएको बताए । उनका अनुसार कार्यक्रमले सहभागीलाई विश्वव्यापी समस्याबारे बुझ्न, तिनका कारण पहिचान गर्न र सम्भावित समाधान प्रस्तुत गर्न अवसर दिन्छ । ‘एएमयूएनले विद्यार्थीलाई आफ्नो विचार आत्मविश्वासका साथ प्रस्तुत गर्न र प्रतिभा प्रदर्शन गर्न प्रेरित गर्छ,’ उनले भने । कार्यक्रमका महासचिव सहप्राचार्य प्रमोद थपलियाले भविष्यका नेतृत्व उत्पादन गर्न सहयोग गर्ने यो कार्यक्रममार्फत सहभागीहरुले सामाजिकीकरणको महत्त्व बोध गरेको, ‘डिवेट’ गर्ने कला सिकेको र सहभागीहरुमा समालोचनात्मक चिन्तनको विकास भएको र सहभागीहरुमा कुटनीतिक सीपको विकास भएको बताए ।

    कार्यक्रममा चितवन, नवलपरासी र काठमाडौँका विद्यालयहरूबाट २१६ जना विद्यार्थीहरूको सहभागिता रहेको र सहभागी विद्यार्थीहरूले विश्वव्यापी समस्याका बारेमा आफूहरूले गरेको अनुसन्धानका आधारमा सामूहिक छलफलमार्फत समाधनसमेत सुझाएको उपमहासचिव उपाध्यायले जानकारी दिइन् । विद्यालयका आवासीय निर्देशक नईम चौधरीले स्वागत गरेको समापन कार्यक्रमको सञ्चालन तेजस्वी पन्त, ओजस्वी न्यूरे र अनुष्का भण्डारीले गरेका थिए ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.