• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

असोज ९ देखि ११ गतेसम्म देशभर भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

  •   सोमबार, असोज ०५, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    आगामी असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म देशभर भारीदेखि अति भारी वर्षा र उच्च हिमाली क्षेत्रमा भारी हिमपात हुने सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गतको नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सोमबार अपराह्न ‘विशेष मौसमी बुलेटिन-३’ जारी गर्दै बङ्गालको खाडीमा विकसित शक्तिशाली मौसमी प्रणालीका कारण तीन दिन देशभर विपद्को जोखिम उच्च रहने जनाएको हो। महाशाखाका अनुसार उत्तर अन्डमान सागर आसपास बनेको न्यून चापीय प्रणाली हाल बङ्गालको खाडीको मध्य भू-भागमा रहेको छ।

    उक्त प्रणाली थप शक्तिशाली बनेर डिप डिप्रेसनका रूपमा परिणत भई पश्चिम-उत्तरपश्चिम दिशातर्फ सर्दैछ। यसको प्रभावले बुधबारदेखि नै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षा सुरु हुनेछ। गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको जोखिम बुलेटिनअनुसार असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुनेछ भने एक-दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना छ। यस्तै, मधेश, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको आकलन गरिएको छ।

    मुलुकका अधिकांश भूभागमा भने मध्यम वर्षाको सम्भावना रहेको छ। मौसम प्रणालीका कारण देशको उच्च हिमाली भूभागमा भारी हिमपात हुन सक्ने भएकाले पर्वतारोही, पदयात्री तथा सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। यसैगरी, हाल पाकेको धानबाली भित्र्याउने समय भएकाले मौसमी सूचना र सम्बन्धित कृषि विज्ञहरूको सल्लाह लिएर मात्र कृषि कार्य गर्न किसानहरूलाई महाशाखाले अनुरोध गरेको छ भारी वर्षाका कारण पहिरो, भू-क्षय, गेग्रान बहाव तथा नदी-खोलामा बाढी आउने जोखिम छ। विशेषगरी तराई तथा सहरी क्षेत्रहरूमा डुबानको समस्या देखिन सक्ने महाशाखाले चेतावनी दिएको छ।

    वर्षाले सडक तथा हवाई यातायात, दैनिक जनजीवन, नदी तटीय क्षेत्रका निर्माण कार्य, कृषि, स्वास्थ्य र पर्यटन क्षेत्र प्रभावित हुन सक्ने भएकाले पूर्वतयारीमा रहन आम सर्वसाधारण तथा सरोकारवाला सम्पूर्ण निकायलाई अनुरोध गरिएको छ। महाशाखाले प्रणालीको निरन्तर अनुगमन भइरहेकाले नियमित रूपमा अद्यावधिक मौसमी सूचना लिनसमेत आग्रह गरेको छ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.