चितवन । नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत माडी नगरपालिकामा वडा सभापति सहित वडा समितिहरु चयन भएका छन् ।
वडा अधिवेशनबाट माडी नगरपालिका वडा नं. १ मा भोजराज पौडेल, वडा नं. २ मा ईश्वरी महतो, वडा नं. ३ मा पञ्चम महतो, वडा नं. ४ मा जिबलाल चापागाईं र वडा नं. ५ मा कृष्ण सुवेदी वडा सभापतिमा सर्बसम्मत चयन (निर्वाचित) हुनुभएको छ ।
त्यस्तै, वडा नं. ६ मा गणेश मकाजु, वडा नं. ७ मा लालकृष्ण आचार्य, वडा नं. ८ मा मुक्तिनाथ न्यौपाने र वडा नं. ९ मा भक्तिराम पौडेल वडा सभापति चयन (निर्वाचित) हुनुभएको छ ।
नवनिर्वाचित वडा सभापतिहरुमध्ये भोजराज पौडेल, पञ्चम महतो, जिबलाल चापागाईं, कृष्ण सुवेदी, लालकृष्ण आचार्य र मुक्तिनाथ न्यौपाने सो पदमा पहिलोपटक जिम्मेवारी पाउनुभएको हो ।
वडा अधिवेशनबाट वडा सभापतिसंगै एक महिलासहित दुई उपसभापति, एक सचिव, एक सहसचिव र सदस्य निर्वाचित भएको निर्वाचन समिति संयोजक कुलानन्द भुसालले जनाउनुभयो । (फोटो: नेपाली कांग्रेस, माडी नगरपालिका वडा नं. ६ को अधिवेशनका सहभागीहरु।








