• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

खगेरी खोलाको अस्तित्व नै सङ्कटमा

  •   मङ्गलबार, असोज ०६, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । बरन्डाभार जैविक मार्गको जीवनरेखा मानिने खगेरी खोलामा बढ्दो अतिक्रमण, फोहर व्यवस्थापनको समस्या र अव्यवस्थित उत्खननका कारण यसको अस्तित्व नै सङ्कटमा पर्न थालेपछि डिभिजन वन कार्यालय चितवन संरक्षण अभियानमा सक्रिय भएको छ । बरन्डाभार क्षेत्र हुँदै बग्ने मुख्य जलाधार तथा चितवन राष्ट्रिय निकुञ्जको महत्वपूर्ण पानीको स्रोतका रूपमा रहेको खगेरी खोलाको दीर्घकालीन संरक्षणका लागि कार्यालयले सरोकारवालाबीच छलफल सुरु गरेको हो । कार्यालयका अनुसार खोलाको संरक्षणले बरन्डाभार जैविक मार्ग, बीसहजारी ताल क्षेत्र, चितवन राष्ट्रिय निकुञ्ज र यहाँको समग्र पारिस्थितिक प्रणाली जोगाउन महत्वपूर्ण भूमिका खेल्नेछ । डिभिजन वन कार्यालयका प्रमुख वरिष्ठ डिभिजनल वन अधिकृत विष्णुप्रसाद आचार्यले खगेरी खोलाको महत्व जनस्तरसम्म पु¥याउन र स्थानीय तहलाई पनि संरक्षण अभियानमा सहभागी गराउन बृहत् छलफल सुरु गरिएको बताउनुभयो ।

    उहाँले बरन्डाभार क्षेत्र निकुञ्जको दिगो संरक्षणका लागि अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै खगेरी त्यस क्षेत्रको प्रमुख जलाधार भएकाले यसको संरक्षणलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बरन्डाभार क्षेत्र जोगाउन खगेरी जलाधार जोगिनुपर्छ । यो केवल खोला मात्र होइन, बरन्डाभारको जीवन प्रणालीसँग जोडिएको जलाधार हो ।” खगेरी खोला इच्छाकामना गाउँपालिका–७ बाट सुरु भई बरन्डाभार क्षेत्र हुँदै बीसहजारी तथा आसपासका ताल–तलाउमा पानी पु¥याउँदै चितवन राष्ट्रिय निकुञ्जभित्र बुढीराप्ती नदीमा मिसिन्छ । यसले इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका, भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाका विभिन्न क्षेत्रमा प्रत्यक्ष रूपमा सिँचाइ सुविधा पु¥याउँदै आएको छ । जलाधारविज्ञ डा नवीन ढुङ्गानाले खगेरी जलाधार बरन्डाभार जैविक मार्गको जीवनरेखा रहेको बताउनुभयो । उहाँका अनुसार खगेरी खोलाको प्रभाव क्षेत्र करिब १७२ वर्ग किलोमिटर रहेको छ भने बीसहजारी, राइनो ताल, टाइगर ताललगायत दर्जनौँ ताल–तलाउमा पानीको आपूर्ति गर्ने मुख्य स्रोत पनि यही हो ।

    उहाँले भन्नुभयो, “खगेरी सिँचाइ र जल पुनर्भरण गर्ने प्रणाली हो । बीसहजारी क्षेत्रलगायत यहाँका ताल–तलाउ जीवित राख्न यसको महत्वपूर्ण भूमिका छ ।” डा ढुङ्गानाले बरन्डाभार जैविक मार्ग दक्षिणमा भारतको वाल्मीकि टाइगर रिजर्भदेखि उत्तरमा अन्नपूर्ण संरक्षण क्षेत्रसम्म वन्यजन्तुको आवागमनका लागि महत्वपूर्ण जैविक मार्गका रूपमा विकास हुने सम्भावना रहेको उल्लेख गर्नुभयो । त्यसैले खगेरी जलाधारको संरक्षण वन्यजन्तु, जैविक विविधता र समग्र पारिस्थितिक प्रणालीका लागि आवश्यक रहेको उहाँको भनाइ छ । उहाँले खोलाबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन, विभिन्न स्थानमा फोहर डम्पिङ, पिकनिकस्थलबाट हुने फोहर तथा अव्यवस्थित उपयोगले जलाधार र वन्यजन्तु दुवैमा प्रत्यक्ष असर परेको बताउनुभयो । वरिष्ठ डिभिजनल वन अधिकृत आचार्यले बरन्डाभार क्षेत्र पर्यटन, वन्यजन्तुको बासस्थान र जलाधार व्यवस्थापनका दृष्टिले महत्वपूर्ण भए पनि विभिन्न स्थानमा फोहर डम्पिङ, अव्यवस्थित उत्खनन र अन्य मानवीय गतिविधिका कारण संरक्षणमा चुनौती थपिएको बताउनुभयो । उहाँले बरन्डाभारको जङ्गल, राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रलाई आवश्यक पर्ने पानीको प्रमुख स्रोत खगेरी खोला नै भएकाले यसको स्वच्छता र प्राकृतिक अवस्था जोगाउनु अपरिहार्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “खगेरीले बरन्डाभारको जङ्गल, वन्यजन्तु र कृषियोग्य जमिनसम्म पानी पु¥याउने काम गर्दै आएको छ ।

    त्यसैले यसको संरक्षण सबैको साझा जिम्मेवारी हो ।” प्रमुख आचार्यले खगेरी जलाधारलाई संरक्षण गर्दै बरन्डाभारलाई वन विज्ञान अध्ययन गर्ने विद्यार्थीका लागि अनुसन्धान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा पनि जोड दिनुभयो । उहाँले यहाँका वन्यजन्तु, वनस्पति तथा जैविक विविधताको अवलोकन गर्न पैदल यात्रा र जिप सफारीजस्ता पर्यापर्यटन गतिविधि सञ्चालन गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “यो क्षेत्र पर्यटनदेखि अनुसन्धानसम्मका गतिविधिका लागि उपयुक्त छ । वन विज्ञानका विद्यार्थी र अनुसन्धानकर्ताका लागि पनि यो अध्ययन केन्द्र बन्न सक्छ । ” उहाँले कार्यलयमार्फत केही दिनपछि विस्तृत योजनासहित संरक्षण अभियान अघि बढाइने जानकारी दिनुभयो । त्यसका लागि खगेरी सिँचाइ जल उपभोक्ता समिति, बरन्डाभार उपभोक्ता समिति, बीसहजारी ताल व्यवस्थापन समिति, चितवन राष्ट्रिय निकुञ्ज, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र अन्य सरोकारवालाको सहभागितामा छलफल गरी दीर्घकालीन संरक्षण, दिगो व्यवस्थापन, फोहर नियन्त्रण, जलाधार संरक्षण तथा सम्बन्धित निकायबीच समन्वय गरेर अभियान सञ्चालन गरिने बताउनुभयो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.