• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

क्यान्सर अस्पतालद्वारा एक वर्षमा दुई लाख बढीलाई सेवा

  •   सोमबार, असोज १२, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । यहाँको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले एक वर्षमा बहिरंग (ओपिडी) मा दुई लाख १२ हजार ९७७ जनालाई सेवा दिएको छ । ती बिरामी मध्ये २७ हजार २४३ नयाँ बिरामी हुन् भने बाँकी पुनः परीक्षणका लागि आएका बिरामी हुन् । अस्पतालले आफ्नो वार्षिकोत्सव एवं राष्ट्रिय क्यान्सर सतर्कता दिवसका अवसरमा हरेक वर्ष असोज १० गते यो तथ्यांक सार्वजनिक गर्ने गर्दछ । अस्पतालको वार्षिक प्रतिवेदन समाचार बुलेटिन प्रकाशन उपसमितिका संयोजक डा. सुशील अधिकारीका अनुसार सन् २०२५ मा आएका बिरामी मध्ये ६ हजार ८५८ जना क्यान्सरका नयाँ बिरामी पत्ता लागेका छन् ।

    सन् २०२४ मा दुई लाख ४ हजार ९७१ जना बिरामीले बहिरंग सेवा लिएका थिए । उनीहरु मध्ये ३१ हजार ५६० नयाँ रहेका थिए । सो वर्ष सात हजार नौ जना नयाँ क्यान्सरका बिरामी पत्ता लागेको डा. अधिकारीको भनाई छ । सन् २०२५ मा अस्पतालको आकस्मिक विभागबाट २६ हजार १२६ जनाले सेवा लिएको जानकारी दिंदै डा. अधिकारीले ११ हजार ५५९ जना बिरामीले अन्तरंग (भर्ना भएर) सेवा लिएको बताउनुभयो । अस्पतालमा सोही अवधिमा ठूला तीन हजार ९१ शल्यक्रिया गरिएको छ । सन. २०२४ मा आकस्मिक कक्षबाट ३० हजार ८०१ जनाले सेवा लिएका थिए भने १२ हजार ४७ जना भर्ना भएर सेवा लिएको उहाँले जानकारी दिनुभयो । सो वर्ष तीन हजार १६९ ठूला शल्यक्रिया (मेजर अप्रेसन) गरिएको, २७ हजार ४९३ जनाले डे केयर सेवा लिएको अस्पतालको तथ्यांक रहेका छन् ।

    सन् २०२५ मा अस्पतालमा विकिरण प्रविधि (सेकाई) बाट उपचार गराउनेको संख्या दुई हजार ९७० छ भने डे केअरमा भर्ना भएर केमो थेरापी लिनेको संख्या २६ हजार ४७२ रहेको उहाँको भनाई छ । एक वर्षको अवधिमा ११ हजार बढी विपन्न बिरामीको निःशुल्क उपचार पाएका छन् । अस्पतालले सन् २०२५ मा १० हजार ९२० जना विपन्नको निःशुल्क उपचार गरेको छ । अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उमेश नेपालका अनुसार विपन्नको उपचार वापत रु.४३ करोड १२ लाख १४ हजार १६१.१६ बिरामीले छुट पाएका छन् । यसैगरी क्यान्सर सेवा समाज मार्फत् १७६ जनाले छुट पाएका छन् । सो वापत बिरामीले रु. १५ लाख ७३ हजार १४५ छुट पाएका हुन् । सन् २०२४ मा ९ हजार ११२ जनाले विपन्न सेवा पाएका थिए । त्यस वापत उनीहरुले रु.३५ करोड ५८ लाख २२ हजार २०६.९५ छुट पाएका थिए । सो वर्ष क्यान्सर सेवा समाज मार्फत् २१५ जनाले रु.१३ लाख ९० हजार ३६४ छुट पाएको उहाँले जानकारी दिनुभयो । पाँच सय शैयाको अस्पतालमा आईसियू, एचडियु र क्याविन बाहेकका सम्पूर्ण जनरल बेडहरु निःशुल्क दिंदै आएको डा. नेपालले बताउनुभयो ।

    अस्पतालमा भर्ना भएर उपचार गर्ने बिरामीलाई दुई छाक खाना र एक छाक नास्ता अस्पतालले निःशुल्क उपलब्ध गराउँदै आएको डा. नेपालको भनाई छ । अस्पतालमा ७१८ कर्मचारी रहेका छन् । ती मध्ये एक सय जना चिकित्सक हुन् भने २९५ जना नर्स रहेका छन् । नेपाल सरकारबाट स्वायत्त संस्थाको रुपमा बि.सं. २०५३ मा ऐन मार्फत उपचार, अनुसन्धान, निवारण रोकथामको उद्देश्यले अस्पताल स्थापना भएको हो । चीन सरकारले निर्माण गरेको यस अस्पताल शुरुमा एक सय शैया रहेकोमा अहिले पाँच सय शैयाको भएको छ । यहाँ नेपालभर र भारतबाट समेत बिरामी उपचारका लागि आउने गर्दछन् ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.