• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

बेलायतबाट फर्केर नेपालमा ठूला क्याटरिङ गर्दै जनप्रकाश

  •   मङ्गलबार, असोज १३, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपालमा राजनीतिक दलका महाधिवेशन, साधारणसभा जस्ता ठूला कार्यक्रममा खाना खुवाउनु पर्दा सम्झने मध्येका एक व्यक्ति जनप्रकाश चापागाई हुनुहुन्छ । दुई ठूला राजनीतिक दलका चार राष्ट्रिय कार्यक्रममा खानाको जिम्मेवारी सम्हालेपछि उहाँ खानाका लागि थप परिपक्क बन्नु भएको हो । त्यसो त बेलायतबाट सेवा क्षेत्रमा अनुभव हाँसिल गरेर नेपाल फर्किएपछि उहाँले काठमाण्डौं, बुटवल र भरतपुरमा होटल र पार्टी प्यालेस सञ्चालन गर्दै आउनु भएको छ । काठमाणडौंमा धेरैले चिनेको अनुपम फुडल्याण्ड, दियालो फुडल्याण्ड, गोधुली रेष्टुरेण्टका सञ्चालक चापागाई सहितको समूह छ । उहाँले नेपाली कांग्रेसका दुई वटा महाधिवेशन, एउटा महासमिति र यसै वर्ष चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा ठूलो संख्यामा रहेका नेता कार्यकर्तालाई खाना खुवाईसक्नु भएको छ । चितवनको शिवनगरमा वि.सं. २०२४ सालमा जन्मिनु भएका चापागाई चितवनको बालकुमारी क्याम्पसमा उच्च शिक्षा हासिल गरी काठमाण्डौं पुग्नु भयो । काठमाण्डौंमा रहेर चार वर्ष सरकारी सेवामा काम गरेपछि उहाँ बि.सं. २०५३ सालमा बेलायत पुग्नु भयो । बेलायतमा रहँदा उहाँ क्याटरिङ तथा होटल व्यवसायमा संलग्न हुनुभयो ।

    त्यहाँको कामका क्रममा खाना व्यवस्थापन, ठूलो संख्यामा ग्राहकलाई सेवा दिने प्रणाली र क्याटरिङ व्यवसायका विभिन्न पक्षबारे अनुभव हासिल गरेको उहाँले सुनाउनुभयो । करिब नौ वर्ष बेलायत बसेपछि वि.सं. २०६२ सालतिर नेपाल फर्किनु भएका चापागाई यहाँ आएपछि व्यवसायमा निरन्तर रुपमा लाग्नुभयो । शुरुमा अस्पताल र घरजग्गामा लगानी गर्नुभएका उहाँले आफूले जानेको सीपलाई उपयोग गर्दै बेलायतबाट फर्किएका पाँच साथीलाई साथमा लिएर पार्टी प्यालेस खोल्नुभयो । काठमाडौंको बसुन्धरामा उहाँको पहिलो दियालो फुडल्याण्ड खुल्यो । त्यसपछि उहाँले भूकम्पका बेला काठमाडौंको बत्तीसपुतलीस्थित तत्कालीन दरबार रहेको क्षेत्रलाई भाडामा लिएर अनुपम फुडल्याण्ड सञ्चालन गर्नुभयो । जग्गाधनी सहितको साझेदारीमा करिब ३० रोपनी जग्गा भाडामा लिएर नयाँ टोलीसहित काम सुरु गरिएको उहाँको भनाइ छ । यी दुवैमा राम्रो सफलता पाएपछि उहाँले बुटवलमा दुई वटा र भरतपुरमा एउटा दियालो फुडल्याण्ड सञ्चालन गर्नुभएको छ । काठमाण्डौको बालाजुमा अर्काे दियालो फुडल्याण्ड सञ्चालनमा छ । काठमाण्डौंकै सामाखुशीमा उहाँकै समूहको गोधुली फुडल्याण्ड सञ्चालनमा छ । फरक फरक ठाउँमा स्थानीय समेतलाई ३० प्रतिशत साझेदार बनाएर उहाँले व्यवसाय बिस्तार गर्नुभएको हो । यससँगै उहाँले आफ्नो अनुभवलाई ठूला कार्यक्रममा केन्द्रीत गर्नुभएको छ ।

    एउटै कार्यक्रममा एक छाकमा पाँच हजारलाई खाना खुवाईसक्नु भएका चापागाई १० हजार जनासम्मलाई खुवाउन सकिने बताउनुहुन्छ । आफूले अनुपम फुडल्याण्डमा दैनिक तीन हजार पाँच सयसम्मलाई खाना खुवाईरहेको सुनाउँदै उहाँले आफ्नै अन्य पार्टी प्यालेसका सामग्री र जनशक्ति प्रयोग गरेर सहजै खाना खुवाउन सकिने बताउनुभयो । उहाँका अनुसार १० हजार जनाका लागि खाना तयार गर्न असाधारण किसिमको पूर्वाधार आवश्यक पर्दैन । किचन व्यवस्थापनलाई विस्तार गर्दै जनशक्ति, खाद्य सामग्री र भाँडाकुँडाको पर्याप्त व्यवस्था गर्न सके ठूलो संख्यामा खाना खुवाउन सकिने उहाँको भनाइ छ । उहाँका अनुसार कार्यक्रममा अपेक्षा गरिएको भन्दा धेरै मानिस सहभागी हुँदा खाना व्यवस्थापनमा सबैभन्दा बढी दबाब पर्ने उहाँको अनुभव छ । उहाँले भन्नुभयो “मान्छे बढेपछि समस्या हुन्छ । न्यूनतम यति मानिस आउँछन् भनेर तयारी गरिएको हुन्छ, तर त्यसमा थप मानिस आएपछि समस्या हुन्छ ।” उहाँले आफ्नो अनुभव सुनाउनुभयो “छिटो ट्याकल गरेर समाधान गर्नुपर्छ । त्यसका लागि हामीले ब्याकअपको तयारी गरेका हुन्छौँ ।”

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.