हेटौँडा । वाग्मती प्रदेश सरकारले क्षतिग्रस्त भौतिक पूर्वाधारको पुनर्निर्माणका लागि संघीय सरकारसँग एक अर्ब माग्ने निर्णय गरेको छ । बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालय तथा सो मातहतका कार्यालय र निकायहरूको सङ्गठन सर्वेक्षण प्रतिवेदनसमेत स्वीकृत गरेको सरकारका प्रवक्ता भरत बहादुर केसीले बताए ।
संगठन संरचना तथा जनशक्ति व्यवस्थापनलाई व्यवस्थित गर्ने उद्देश्यले तयार गरिएको प्रतिवेदन मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो । यस्तै, प्रदेश सरकारका विभिन्न मन्त्रालय तथा निकायका सचिवहरूको जिम्मेवारी हेरफेर गरिएको छ । उमेश ढकाल र रामबाबु पुरीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी दिइएको छ ।








