• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

चितवन जिमका सुर्जेले जिते दोस्रो मिस्टर चितवनको उपाधि

  •   आइतबार, असोज १८, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । सुर्जे सुनारले दोस्रो मिस्टर चितवनको उपाधि जितेका छन् । शनिबार साँझ सम्पन्न दोस्रो मिस्टर चितवन शारीरिक सुगठन, प्रथम पुरुष स्पोर्टस फिजिक्स तथा दोस्रो महिला एथ्लेटिक्स फिजिक्समा अन्य प्रतिस्पर्धिलाई पछि पार्दै सुर्जे मिस्टर चितवन बनेका हुन् ।

    चितवन फिजिकल फिट्नेस सेन्टर गैंडाकोटका सुर्जे ७० केजी तौल समूहमा स्वर्ण जित्दै ओभरअल मिस्टर चितवनको उपाधि समेत जित्न सफल भएका हुन् । उनले मिस्टर चितवनको उपाधि जित्दै नगद एक लाख ५० हजार रूपैयाँ पनि हात पारेका छन् । जितपछि सुर्जेले ६ महिनाको अथक मेहेनतले सार्थकता पाएको प्रतिकृया दिए ।

    उता पुरुष शारीरिक सुगठनतर्फको ५५ केजी तौल समूहमा ईलाका प्रहरी कार्यालय टाँडीका बिकास कुमार शाहले स्वर्ण पदक जितेका छन् । रोयल जिम कालिकाका फुर्बा लामाले रजत तथा गोल्ड जिमका सन्तबहादुर गुरुङले काँस्य जिते । ६० केजीमा रोयल जिमका रामबहादुर गुरुङले स्वर्ण, गोल्ड जिमका शिव भण्डारीले रजत तथा चितवन जिमका अशिम थापाले काँस्य जितेका छन् ।

    ६५ केजीमा फिटजोन पर्साका मदन थापाले स्वर्ण, राइनो फिटनेसका दयाराम पौडेलले रजत र चितवन जिमका साजन अधिकारीले काँस्य तथा ७० केजीमा चितवन जिमका सुर्जे सुनारले स्वर्ण, पावर हाउस जिमका विरबहादुर गुरुङले रजत र रोयल जिमका विजयकुमार मोक्तानले काँस्य जिते ।

    ७५ केजी तौल समूहमा चितवन जिमका सन्जीव कुमार श्रेष्ठले स्वर्ण, द मसल्स फिटनेसका सुमन सुनारले रजत र गोल्ड जिमका रामशरण चौधरीले काँस्य तथा ७५ केजी माथिकोमा चितवन जिमका विकल्पराज श्रेष्ठले स्वर्ण, चितवन जिमकै सन्जोक गुरुङले रजत तथा चितवन जिमकै प्रसन्न न्यौपानेले काँस्य पदक जिते । तौल समूह विजेताले २५ हजार, दोस्रोले १५ तथा तेस्रोले १० हजार रूपैयाँ प्राप्त गरेका छन् ।

    पुरुष स्पोर्टस फिजिक्समा डायमण्ड फिटनेस भण्डाराका अनिस घलेले स्वर्ण, चितवन जिमका रिजन श्रेष्ठले रजत र रोयल जिमका सन्तोष स्याङ्तानले काँस्य तथा महिला एथ्लेटिक्स फिजिक्समा चितवन जिमकी आशा चौधरीले स्वर्ण, सि मोसनकी शर्मिला तामाङले रजत तथा पावरहाउस जिमकी वन्दना कुमारी चौधरीले काँस्य जितिन् । महिला एथ्लेटिक्स फिजिक्स तथा पुरुष स्पोर्टस् फिजिक्सतर्फ विजेताले ३० हजार, दोस्रो हुनेले २० तथा तेस्रोले १० हजार रूपैयाँ प्राप्त गरेका छन् ।

    मास्टर तौल समूहमा ओम फिटनेस भरतपुरका मानबहादुर घर्तिले स्वर्ण जित्दा श्रेष्ठ जिम टाँडीका ईन्द्रबहादुर श्रेष्ठले रजत तथा पावर हाउसका विरबहादुर गुरुङले काँस्य जिते । मास्टरतर्फका विजेताले २५ हजार, दोस्रोले १५ तथा तेस्रो हुनेले १० हजार रूपैयाँ प्राप्त गरेका छन् ।

    विजेताहरुलाई प्रतिनिधि सभा सदस्य प्रभा ढकाल, एनआरएनए आईसिसी भाईस प्रेसिडेन्ट प्रविण गुरुङ, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी रमेश्वर पौडेल, आयोजक चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष प्रकाश गुरुङ, प्रथम मिस्टर चितवन राजकुमार मानन्धरलगायतले पुरस्कार वितरण गरे ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.