• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

नारायणगढ बजार जोगाउन नारायणीमा दीर्घकालीन तटबन्धन गर्न चितवनका व्यवसायीको माग

  •   सोमबार, असोज १९, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नारायणी नदीको कटान र बाढीका कारण नारायणगढ बजारसहित आसपासका क्षेत्र जोखिममा परेको भन्दै चितवनका व्यवसायीले दीर्घकालीन तटबन्धनसहित तत्काल आवश्यक पहल गर्न माग गरेका छन् । उद्योग वाणिज्य संघ चितवनको टोलीले सोमबार चितवन क्षेत्र नं. २ का सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेटेर नारायणी नदी नियन्त्रण तथा नारायणगढ बजार संरक्षणका विषयमा ध्यानाकर्षण गराएको हो । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चिरञ्जीवी सुवेदी, वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओली, निवर्तमान अध्यक्ष सुमन श्रेष्ठलगायतको टोलीले लामिछानेलाई भेटेर नारायणी नदीका कारण उत्पन्न जोखिमको तत्काल प्राविधिक अध्ययन गर्न माग गरेको छ । व्यवसायीहरूले राज्यका सम्बन्धित निकायबाट प्राविधिक टोली तत्काल खटाई नदी कटान, तटबन्धनको अवस्था र सम्भावित जोखिमको अध्ययन गर्नुपर्ने बताएका छन् ।

    नारायणी नदीमा गरिएको तटबन्धन कतिपय स्थानमा अधुरो रहेको तथा भएका संरचनासमेत पर्याप्त र व्यवस्थित नभएको उद्योग वाणिज्य संघ चितवनका बरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीले बताउनुभयो । उहाँले बाढी तथा नदी कटानको जोखिम बढ्दै जाँदा नारायणगढ बजारको व्यापारिक गतिविधि र सर्वसाधारणको सुरक्षामासमेत असर पर्न सक्ने भन्दै तत्कालीन र दीर्घकालीन दुवै प्रकारका समाधान खोज्न माग गरिएको बताउनुभयो । नारायणगढ बजार संरक्षणका लागि स्थानीय संघसंस्था, टोल विकास संस्था र सरोकारवालाले समेत ध्यानाकर्षण गराएको जानकारी सभापति लामिछानेलाई गराएको ओलीले बताउनुभयो । व्यवसायीको आग्रहपछि सभापति लामिछानेले सम्बन्धित मन्त्री तथा सरकारी निकायसँग समन्वय गरी प्राविधिक अध्ययनपछि प्रभावकारी तटबन्धन निर्माण र नदी व्यवस्थापनको काम अघि बढाउने प्रतिबद्धता जनाउनुभयो । नदी नियन्त्रणका लागि कुन क्षेत्रमा कस्तो संरचना आवश्यक छ भन्ने विषयमा प्राविधिक अध्ययन महत्वपूर्ण हुने भएकाले अध्ययनको आधारमा दीर्घकालीन योजना बनाउनुपर्नेमा सभापति लामिछानेको जोड थियो ।

    उद्योग वाणिज्य संघ चितवनका निवर्तमान अध्यक्ष सुमन श्रेष्ठले नारायणी नदीको दीर्घकालीन व्यवस्थापनसँगै चितवनको औद्योगिक वातावरण सुधार र शक्तिखोर औद्योगिक क्षेत्रको विषयमा पनि छलफल भएको बताउनुभयो । उहाँका अनुसार चितवनमा उद्योग व्यवसाय सञ्चालनका लागि अनुकूल वातावरण निर्माण गर्न राज्यको नीतिगत तथा व्यवहारिक सहयोग आवश्यक रहेको भन्दै ध्यनाकर्षण गराइएको छ । यसैबीच उद्योग वाणिज्य संघ चितवनको टोलीले उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिका सभापति रहबर अन्सारीलाई समेत भेट गरेको छ । भेटमा उद्योगी व्यवसायीले भोगिरहेका नीतिगत समस्या तथा तिनको व्यवहारिक समाधानका विषयमा छलफल भएको जनाइएको छ । व्यवसायीहरूले चितवनको शक्तिखोरमा औद्योगिक क्षेत्र स्थापना गर्ने प्रक्रिया तत्काल अघि बढाउन माग गर्दै लिखित रूपमा समेत ध्यानाकर्षण गराएका छन् । लामो समयदेखि औद्योगिक क्षेत्र स्थापनाको विषय उठ्दै आए पनि अपेक्षित रूपमा काम अघि बढ्न नसकेको भन्दै उनीहरूले उद्योग स्थापना र सञ्चालनका लागि आवश्यक पूर्वाधार तथा नीतिगत वातावरण तयार गर्न सरकारसँग आग्रह गरेका छन् ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.