• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

भरतपुर अस्पतालमा पनि स्वर उपचार सेवा

  •   बुधबार, असोज २१, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर अस्पतालमा स्वरसम्बन्धी समस्या भएका बिरामीका लागि (भ्वाइस थेरापी) स्वर उपचार सेवा सुरु गरिएको छ । अस्पतालका श्रवण, बोली तथा भाषा विशेषज्ञ सुश्मा लामिछानेका अनुसार आवाजमा परिवर्तन आउने, स्वर बस्ने वा भासिने, लामो समयसम्म घाँटीमा असहज महसुस हुने, बोल्दा स्वर थाक्नेलगायत समस्या भएका बिरामीले उक्त सेवा लिन सक्नेछन् । उहाँले भन्नुभयो, “स्वर उपचार, बोली उपचार र भाषा उपचार फरक–फरक सेवा हुन् । स्वरसम्बन्धी समस्याको कारण पहिचान गरी बिरामीको आवश्यकताअनुसार उपचार योजना बनाइ सेवा प्रदान गरिन्छ ।”

    घाँटीमा रहेको स्वरयन्त्रको पर्दाको कम्पनबाट आवाज उत्पन्न हुने भएकाले त्यहाँ गाँठो, सानो मासु पलाउने वा अन्य समस्या भएमा आवाजमा परिवर्तन आउन सक्ने विशेषज्ञ लामिछाने बताउनुहुन्छ । स्वरयन्त्रका पर्दा पूर्ण रूपमा जोडिन नसक्दा पनि आवाज कमजोर वा अस्वाभाविक हुनसक्ने उहाँको भनाइ छ । विशेषज्ञ लामिछानेका अनुसार स्वरयन्त्रको पक्षाघात, स्नायु प्रणालीसँग सम्बन्धित स्वर समस्या तथा मानसिक कारणबाट उत्पन्न स्वर समस्यामा पनि आवश्यकताअनुसार उपचार गर्न सकिने छ । पुरुषमा असामान्य रूपमा पातलो आवाज हुने तथा महिलामा अपेक्षाकृत मोटो वा गहिरो आवाज हुने समस्यामा पनि स्वर उपचार उपयोगी हुने उहाँले बताउनुभयो । स्वर उपचार सुरु गर्नुअघि समस्याको कारण पहिचान गर्नु आवश्यक हुने भएकाले सेवा लिन आउने बिरामीले सुरुमा अस्पतालको नाक, कान तथा घाँटी विभागको परामर्श लिनुपर्नेछ ।

    सोही परामर्शका आधारमा चिकित्सकको मूल्याङ्कनपछि आवश्यकताअनुसार घाँटी तथा स्वरयन्त्रको भित्री अवस्था हेर्न विशेष परीक्षण गरिनेछ । अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाले स्वरसम्बन्धी समस्या भएका बिरामीलाई समयमै परीक्षण, परामर्श तथा उपचारको व्यवस्था गर्न स्वर उपचार सेवा सुरु गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बिरामीले लामो समयसम्म स्वरमा समस्या भइरहेमा सामान्य रूपमा नलिई चिकित्सकीय परामर्श लिनुपर्छ । कारण पहिचान गरेर समयमै उपचार गर्न सकेमा समस्या न्यूनीकरण गर्न सहयोग पुग्छ । अस्पतालले आगामी दिनमा बोली तथा भाषा उपचारको सेवालाई थप गुणस्तरीय रूपमा विस्तार गरिने जनाएको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.