• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. कालिका नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा किरण थापा

चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  •   बुधबार, असोज २८, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिकाले अङ्गुरखेतीको परीक्षण सुरुआत गरेको छ । रत्ननगर नगरपालिका–९ सिसहीमा सोनाका ग्रिन र सोनाका कालो जातको अङ्गुरको परीक्षण सुरु गरिएको हो । पालिकाको कृषि शाखा प्रमुख प्रवीण लामाका अनुसार परीक्षणस्वरुप पालिकाले चार सय वटा अङ्गुरका बिरुवा लगाएको छ । नगरपालिकाले आफ्नै निगरानीमा बिरुवा लगाएको उहाँले बताउनुभयो । न्यानो हावापानी क्षेत्रमा हुने ती दुई जातको परिक्षण सुरु गरिएको उहाँले जानकारी दिनुभयो । भारतबाट बिरुवा ल्याएर परीक्षण सुरु गरिएको हो । उहाँले भन्नुभयो, “परीक्षण सफल भयो भने कृषकलाई अङ्गुरखेती गर्न प्रोत्साहन गर्ने योजना नगरपालिकाको रहेको छ ।”

    सोनाका ब्ल्याक जातको अङ्गुर किस्मिस बनाउन प्रयोग गरिन्छ भने ग्रिन फलफूलका रुपमा खान प्रयोग गरिने उहाँले जानकारी दिनुभयो । नगरपालिकाले रु पाँच लाखको लागतमा आफ्नै निगरानीमा परीक्षण गरिरहेको छ । यसलाई जाइका नेपालले प्राविधिक सहयोग गरेको उहाँले बताउनुभयो । गत असारमा अङ्गुरको बिरुवा ल्याएर रोपिएको हो । रोपेको एक वर्षपछि उत्पादन दिन थाल्ने उहाँले जानकारी दिनुभयो । अहिले अङ्गुर रोपिएको ठाउँको रेखदेखका लागि जाइकाले एक जना स्वयंसेवी खटाएको छ । जसले नियमित अङ्गुरको रेखदेख र वृद्धिविकासका बारेमा ध्यान दिने गरेको उहाँले बताउनुभयो । अङ्गुरको वृद्धिविकास अहिले राम्रो भएको बताउँदै उहाँले भावि दिनमा उत्पादन कस्तो हुन्छ हेर्न बाँकी रहेको बताउनुभयो ।

    रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटाले कृषि र पर्यटन जोड्नका लागि पालिकाले परीक्षण थालेको बताउनुभयो । पर्यटकीय नगरी सौराहा रत्ननगरमा पर्दछ । यहाँ आउने पर्यटकलाई अङ्गुर फारम घुमाएर कृषिसँग जोड्ने योजना रहेको उहाँले बताउनुभयो । परीक्षण सफल भएमा यसलाई विस्तार गर्दै लगेर उद्योगका रुपमा विस्तार गर्ने योजनाअनुसार काम गरिएको उहाँले बताउनुभयो । धानखेतीमा भन्दा यसमा आम्दानी लिन सजिलो र बढी आम्दानी हुने भएकाले खेती गरिएको हो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.