एजेन्सी । बार्सिलोनाले स्पेनिस लिगको शीर्ष क्लब रियल सोसिडाडलाई पराजित गरेको छ । गएराति नाउ क्याम्पमा बार्सिलोनाले ला लिगाको शीर्ष क्लब रियल सोसिडाडलाई २–१ गोल अन्तरले पराजित गरेको हो । खेलमा अग्रता पाहुना टोली सोसिडाडले डी सिल्भाको गोलमा लिएको थियो । त्यसको चार मिनेटपछि जोर्डी अल्बाले बार्सिलोनाका लागि बराबरी गोल फर्काए । पहिलो हाप सकिन तीन मिनेट अघि डी जोङले गोल गर्दै बार्सिलोनालाई २–१ ले अघि बढाएका थिए । दोस्रो हाफमा थप गोल हुन नसकेपछि खेल बार्सिलोनाले जितेको हो । जितसँगै बार्सिलोना २० अंकसहित पाँचौ स्थानमा उक्लिएको छ । सोसिडाड हारसँगै २६ अंकसहित दोस्रो स्थानमा झरेको छ ।








