• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

हिमाल छिचोल्दै नेपाल बसाइँ सारेर आउने चराको चहलपहल बढ्यो

  •   बिहिबार, पुष ०२, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    कञ्चनपुर । कञ्चनपुरका नदी, तालतलैया, सिमसमार क्षेत्रमा बसाइँ सरेर आउने चराको चहलपहल बढ्न थालेको छ । साइबेरिया, किर्गिस्तान, जापान, उत्तरी चीन, मङ्गोलियालगायतका क्षेत्रमा माइनस डिग्री तापक्रम पुगेपछि चरा जाडो छल्नका लागि हिमाल छिचोल्दै आउने गरेका छन् । चिसो छल्न र आहारको कमी भएपछि आहारा खोज्नका लागि चरा आउने प्रक्रिया वर्षौँदेखि निरन्तररूपमा चल्दै आएको छ । बसाइँ सारेर आउने चरामा अधिकांश जलपन्छी र शिकारी प्रजातिका रहने गरेका छन् । शुक्लाफाँटा राष्ट्रिय निञ्कुजभित्रका शिकारी ताल, बाबा ताल, सलगौडीताल, रानीताललगायतमा बाह्य क्षेत्रबाट आएका पाहुना चराको सङ्ख्या बढ्न थालेको छ । निकुञ्ज बाहिरका कालीकिच, बन्दाताल, महाकाली, चौधर, स्याली, सनवोरा, दोदा नदीलगायतका क्षेत्रमा चरा आउने क्रम जारी रहेको छ । असोजको पहिलो हप्तादेखि बसाइँ सारेर आउने चरा आउने क्रम पुसको दोस्रो हप्तासम्म जारी रहने गर्दछ । गर्मी बढ्न थालेपछि चैतदेखि पाहुना चरा पुरानै ठाउँमा फर्कने गरेका छन् । नेपाल पन्छी संरक्षण सङ्घका चराविज्ञ हिरुलाल डगौराका अनुसार प्रतिवर्ष नेपालमा १५० प्रजातिका चरा जाडो छल्नकै लागि आउने गरेका छन् । तीमध्ये आधा हाँस प्रजातिका चरा रहने गरेका छन् । कञ्चनपुर, कैलालीका तालतलैया, नदी र सिमसार क्षेत्रमा ३० भन्दा बढी प्रजातिका बसाइँ सारेर आउने चराको सङ्ख्या देखा पर्ने गरेको छ । उनका अनुसार मालक हाँस, खरखसे हाँस, हरियो टाउके हाँस, सिन्दूरे हाँस, कैले टाउके हाँससहितका जीवल फिस्टो, डुवुल्के, लालकण्ठे, झेकझेक भ्रयाप्सी, खैरो भद्राई, मोटोठाँडे, ट्याकट्याकेलगायतका बसाइँ सारेर आउने चरा यहाँका देखिने गरेका छन् । पछिल्लो केही वर्षदेखि बसाइँ सारेर आउने चराको सङ्ख्यामा समेत कमी आउन थालेको उनको भनाइ छ ।“निञ्कुज क्षेत्रभित्रका तालतलैया क्षेत्र चराका लागि सुरक्षित भए पनि निकुञ्ज बाहिर रहेका तालतलैयालाई माछापालनका लागि ठेक्कामा दिने चलन बढ्दै गएकाले हिउँदे बसाइँ बस्नका लागि आउने चरालाई आहारको कमी हुन थालेको छ”, उनले भने, “प्राकृतिक तालमा माछापालन गरिन थालेपछि चरालाई पटाका पड्काएर भगाउने, विषादीको प्रयोग गरी र गुलेली हानेर मार्ने कार्य हुन थालेको छ । मानव अतिक्रमणका कारण ताल सुक्न थालेपछि चरा जोगाउनका लागि निकै चुनौती थपिएको छ ।”जलवायु परिवर्तनका कारण प्रतिवर्ष तालको पानीको स्रोतमा समेत घटबढ हुने क्रमले समेत चरालाई आहाराको कमी हुन थालेको उहाँको बुझाइ रहेको छ । “बाह्य क्षेत्रबाट बसाइँ सारेर आउने चरा जोगाउनका लागि संरक्षण कार्यसँगै चेतनामूलक शिक्षा जलाधार क्षेत्र नजिकका बासिन्दालाई दिइन थालेपछि शिकार गर्ने कार्यमा भने कमी आएको छ”, चराविज्ञ डगौराले भने, “चरा जोगाउनु पर्छ भन्ने भावना स्थानीय बासिन्दामा विस्तारै देखिन थालेको छ ।” पहिलाको जस्तो चरा मार्ने कार्यमा निकै कमी आएको छ ।शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज चरा अवलोकनकर्ताका लागि गतिलो गन्तव्यका रूपमा समेत रहेको छ । निकुञ्जमा ४५० प्रजातिका चरा पाइने गर्दछन् । निकुञ्जभित्र रहेका र बाह्य क्षेत्रबाट आउने चरा संरक्षणका लागि गरिएका प्रयासअनुरूप चराको तस्करी र शिकार गर्ने कार्य भने हुन पाएको छैन । विद्यालय र मध्यवर्ती क्षेत्रका बासिन्दालाई चरा संरक्षण शिक्षा दिने कार्यसमेत हुँदै आएको छ । निकुञ्ज कार्यालयले प्रतिवर्ष जलपन्छी र अन्य चराको अनुगमन र गणनाको कार्यसमेत गर्दै आएको छ । यसबाट चरा संरक्षणका लागि गरिने प्रयासमा सुधार ल्याउने गरिन्छ । जलचरको बासस्थानमा सुधार, सिमसारको संरक्षण तथा चराको चोरी शिकारीलाई न्यूनीकरण गर्नुपर्ने चरा विज्ञको भनाइ छ ।

     

    विभेदमुक्त समाज बनाउन सबै जिम्मेवार बनौँः प्रदेश प्रमुख मियाँ
    तरकारीखेतीमै भविष्यका सपना देख्दै महादेव
    सयपत्री फूलको प्रयोग बढ्दा कृतिम फूलको आयात घट्यो

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.