हेटौंडा । मकवानपुर प्रहरीले लकडाउन उल्लंघन गर्दै अति आवश्यक सवारी भनि सुचना टाँसेर मदिरा ढुवानी गर्ने अटो र स्कुटरबाट बरामद गरिएको घरेल मदिरा नष्ट गरेको छ ।
प्रहरीले जनप्रतिनिधि र पत्रकारको रोहवरमा पोखेर मदिरा नष्ट गरेको हो । प्रहरीले अटो र स्कुटरबाट करिब १ सय ८० लिटर घरेलू मदिरा बरामद गरेको थियो । लकडाउनको समयमा प्रहरी, प्रशासनले अतिआवश्यक सवारी वाहेक संचालनमा रोक लगाएकाले एक अटोले दुग्ध दुवानी सेवाको व्यानर राखेर मदिरा ओसार्ने क्रममा प्रहरीले बरामद गरेको थियो । प्रहरीले बुधबार एक स्कुटरबाट करिब ४० लिटर मदिरा बरामद गरेको थियो ।
मकवानपुर प्रहरीद्वारा घरेलू मदिरा नष्ट
मकवानपुर प्रहरीद्वारा घरेलू मदिरा नष्ट
- अ
- अ
- अ








