धनगढी । धनगढीमा थप एक जना कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा उपचाररत धनगढी–५ का ९० वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रैष्ठले जानकारी दिए । कोरोना संक्रमण पुष्टि भएपछि शुक्रवार राति ९ बजे अस्पतालमा भर्ना भएका उनमा श्वासप्रश्वास सम्बन्धी समस्या थियो । अस्पताल भर्ना भएको ५ घण्टमै उनको मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । भेन्टिलेटरमा राखेर उपचार गर्ने तयारी भइरहेका बेला उनको मृत्यु भएको हो श्रेष्ठले बताए । यससँगै सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा उपचाररत २८ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।








