हेटौंडा । मकवानपुरको मनहरीमा आज सम्पन्न तेस्रो मनहरी अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधी वडा नंबर ३ ले हात पारेको छ । शनिबार भएको फाईनल खेलमा वडा नंबर ७ लाई ट्राईब्रेकरमा ५(४ गोल अन्नतरले हराउँदै वडा नंबर ३ उपाधी हात पार्न सफल भएको हो । खेलको ६३ औं मिनटमा वडा नंबर ७ को एक खेलाडीले आत्मघाती गोल गरेपछि वडा नंबर ३ एक गोल अन्तर अघि बढेको थियो । निकै रोमाञ्चक खेलको खेलको अतिरिक्त समयमा वडा नंबर ७ का रविन खड्काले गोल गर्दै टिमलाई बराबरीमा फर्काएका थिए । तर टाईब्रेकरमा वडा नंबर ३ संग पराजित भयो। उपाधी हात पारेको वडा नंबर ३ ले नगद १ लाख सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता टिम वडा नंबर ७ ले नगद ५० हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको उत्कृष्ट किपर वडा नंबर ३ का आषिश मोक्तान,डिफेण्डर वडा नंबर ७ का सुदिप सापकोटा,मिडफिल्डर वडा नंबर ७ का रविन खड्का,फरवार्ड वडा नंबर सञ्जिव बल र सवोत्कृष्ट खेलाडी वडा नंबर ३ का सुनिल रुम्बा भए । उनीहरुले नगद ५ हजार तथा शिल्ड, मेडल प्राप्त गरे । यसैगरि प्रतियोगितामा उदयमान खेलाडी वडा नंबर ४ का विशाल प्रजा भएका छन् । प्रतियोगितामा विजेताहरुलाई मनहरी गाउँपालिका अध्यक्ष तथा प्रमुख अतिथि एकराज उप्रेती,मनहरी गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष नविन सुवेदी तथा वडा अध्यक्षहरु सहित जनप्रतिनिधिहरुले पुरस्कार वितरण गरेका थिए ।








